ज्ञान बायुङ राई ज्यु, कता हराउनु भयो ?

  निनाम लोवात्ती
203 Shares

निनाम लोवात्ती

ज्ञान बायुङ राई ज्यु, विगतमा त हजुरले विभिन्न अनलाइनहरुमा लेख लेख्ने गर्नु हुन्थ्यो, राई जातिका बारेमा । तर, आजभोलि कतै केही लेखेको देख्दिन । भूमिगत नै हुनु भएको हो ? हो भने, भूमिगत हुनुपर्ने के कारण आई लँगयो ? यसरी धेरै समयसम्म हजुरको लेख–रचना पढ्न, हेर्न नपाउँदा खल्लो मलाई त साह्रै खल्लो लाग्छ ।

त्यसैले अरु बारेमा नभए पपनि राई केकति कारण जात वा जाति नै हो ? सो बारेमा फेरि पनि अर्को लेख प्रस्टसँग जस्तै राई अलग्गै भूगोल, अलग्गै भाषा, अलग्गै भेषभुषा, अलग्गै गरगहना, अलग्गै संस्सकार, संस्कृति, रहनसहन, चालचलन, कस्तो हुन्छ ? थाहा पाएमा म पनि सोही दिनदेखि राई हुनेछु । त्यसैले आजभोलि हजुरको लेखहरु साल्पा अनलाइन,  सार्बजनिक अनलाइन (विगतमा), लिब्जुभुम्जु,…आदि अनलाइनहरुमा प्रकाशित भएको नदेख्दा खल्लो लाग्छ ।

स्मरणीय छ, ती अनलाइनहरुले ज्ञान बायुङ राई ज्युको मात्रै नभएर खुक्सङ (राई !) खम्बु पछिल्लोपटक खुक्सङ खम्बु राई लेख्नु हुन्छ, लगायत अन्य राईवादी कामरेडहरुको लेख, रचनाहरु पनि छाप्नु हुन्छ, जो जाति र राईवादी कामरेडहरुलाई समर्थन हुने खालको हुन्छ । हुन पनि त्यस्तो लेखहरु साभार गरेर वा पहिले नै प्रिन्ट मिडिया वा अन्य अनलाइमा प्रकाशित वा भनौं छापिई सकेको र, धेरै पूरानो भए पनि, त्यसो लेखहरु समेत अनेकपटक पुनः प्रकाशिन गर्ने/छाप्ने गरेको देखिन्छ, जसलाई अन्यथा मान्नु पनि हुँदैन ।

जे, होस्, म ज्ञान बायुङ राई ज्युको, विभिन्न अनलाइनहरुमा प्रकाशित हुने लेखहरु जस्तै साल्पा, सार्बजनिक, लिब्जुभुम्जु, सकेसम्म नछुटाई पढ्ने गर्छ । हजुरको सो लेखहरु पढेर म हजारौंपटक दंगदास हुने गरेको छु, र पुलकित भएको छु ?!… खासगरी नेपालका जातजाति, भाषाभाषी, आदिवासी जनजाति, आईएलओ १६९, प्रतिष्ठान ऐन, नेपालबारे नेपाली तथा विदेशीहरुले लेखेको किताबबारेको अध्ययन, त्यसबाट हजुरले लिनु भएको ज्ञान ! र त्यसमा भएको सामग्रीको कोड गराई, अझ कथित् राई जातिका बारेमा त तपाईँमा भएको वा रहेको अथाह जानकारी, ज्ञान, विवेक, चैतन्य, चेतना, बुझाईको स्तर ?…आदिको त यहाँ उल्लेख गरेर साध्य नै छैन ?

तापनि यहाँले कथित् राई जातिवालाहरुको संस्था राई यायोक्खाको ‘हाहाहुहुमा लागेर (मेरो बुझाई गलत हुन पनि सक्छ) वा … कथित् बा..यु.. राई भनी कथित् राई भाषिक संस्था ?’ भनेर दर्ता गरेर फेरि किरात महासंघमा पनि आवद्घता (तर, कथित् एक जाति राई ? अनि २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२, ३३, ३४, ३५, ३६… ???? भनिनेहरुलाई किन चाहियो होला र ?) का लागि दिनु भएको निवेदन पत्र हेर्दा त…हुन त मैले यहाँको हरेक लेखहरु भेटेसम्म कपी गरेर वा भनौं तानेर राखेको पनि छु । किनभने, हजुरको नामै ज्ञान बहादुर बायुङ/ज्ञान बायुङ !? त्यसमाथि राई केकसरी र ककस्तो आधारमा जात वा जाति हो ? आधार दिनोस् ?, व्याख्या गर्नोस्, भनेर इन्द्र कुलुङले भनेपछि तपाईँ हाम्रो छेऊछाऊ नै पर्न छाड्नु भयो, भेटघाट गर्न आउनै छाड्नु भो ?? …

बरु कथित् राई जातिको सर्मथन ? मा र हाम्रो (आदिवासी जनजाति सूचीमा सूचीकृत हुन चाहने जातिहरुको) विरोधमा ? साल्पा, सार्बजनिक, लिब्जुभुम्जु, …. आदि अनलाइनहरुमा अन्टसन्ट लेख्दै आउनु भएको छ, ती अनलाइनका सञ्चालक अर्थात् मालिकहरुले पनि हजुरहरुको पूरानो भए पनि राईको फेबरमा भएको लेखहरु साभार गरीगरी छाप्ने गरेका छन्, प्रकाशित गर्ने गरेका छन् । जे होस्, ज्ञान राई ज्युको प्रयास धेरै राम्रो छ ? तर, जेजसरी… कथित् राई जातिको सर्मथन ? मा र हाम्रो (आदिवासी जनजाति सूचीमा सूचीकृत हुन चाहिने आधार प्रशस्तै भएका जातिहरुको) विरोधमा ?? साल्पा, सार्बजनिक, लिब्जुभुम्जु, …. आदि अनलाइनहरुमा अन्टसन्ट लेखी रहनु भएको छ, त्यसरी नै अब ज्ञान राई ज्युले ‘राई केकसरी जात वा जाति हो आधार दिनोस् ?’ भनेर इन्द्र कुलुङले भनेजस्तै तपाईँले कथित् राई जाति भन्नेहरुको पूर्खाको नाम के हो ? हालसम्म आईपुग्दा राईको कति पुस्ता भयो ? राईको उत्पत्ति थलो अर्थात् पुख्र्यौली भूमि कहाँ हो ? अनि साँँच्चै एक जाति राई  २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२, ३३, ३४, ३५, ३६… ???? राई हुन सक्छ ? सक्छ भने, त्यसरी म एक जाति राई हुँ, तर मेरो भाषाचाहिँ २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२, ३३, ३४, ३५, ३६… ???? छ ??? भनेर खरररर…. बोल्न सक्ने कुनै माईकालाल राई भेटाई दिन सक्नुहुन्छ कि हजुर (ज्ञान राई) ? कि हजुरले नै एक जाति राईको २२ देखि २९, ३०, ३१, ३२, ३३, … भाषामा खररररर…..बोल्न सक्नु हुन्छ ? सक्नु हुन्छ भने, मलाई पनि त्यसरी एक जाति राई २८, ३३, ३३ …भाषी राईको भाषामा खररर….. बोलेर देखाउनु वा भनौं सुनाउनु हुन्छ कि ? अर्को भनेको एक जाति राई, २२, २३ देखि २९, ३०,…., भाषी राई भन्ने र, भनिने कामरेडहरुलाई किरात महासंघको आवद्घता पनि किन पो चाहियो ?

खासमा बुभ्mनेहरुले त राईचाहिँ पो बरु प्रतिष्ठान ऐनले तोकेको आधारबिना नै जाति सूचीमा सूचकिृत भएको देख्नुपर्ने ! त्यसैले नेपालका जातजातिका बारेमा त्यत्रो अथाह जानकारी, ज्ञान, विवेक, चैतन्य, चेतना, बुझाईको स्तर ?…आदि भएको ज्ञान राई ज्युले अब त प्रतिष्ठान ऐनले तोकेकोबाहेक ऐतिहासिक भूमि, अरुको भन्दा छुट्टै मातृभाषा, इतिहास, पितापूर्खाको इतिहास, वंश, परम्परा, छुट्टै भेषभुषा, परम्परागत कानुन, हामी भन्ने भावना आदि भएको कुलुङ लगायतको विरोध गरेर वा दिनलाई रात र रातलाई दिन ??? भनेर वकालत गर्नु भन्दा त प्रतिष्ठान ऐनले तोकेको आधार नै नभई सूचीकृत भएको राईलाई आदिवासी जनजाति सूचीबाट हटाऊ ?, सरकार ??? भनेर पो देख्नुपर्ने/लेख्नुपर्ने देखिन्छ ? फेरि हजुर जस्तो नेपालका जातजातिका बारेमा अथाह जानकारी, ज्ञान, विवेक, चैतन्य, चेतना, बुझाईको स्तर ?…आदिको भएको र, प्रतिष्ठान ऐन लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरु खेस्राखेस्र कोरेर अथवा पढेर वा हेरेर व्याख्या गर्न, लेख्न सक्ने विद्घान ज्युले कथित् राई जातिवालाहरु आप्mनो संस्थाको नाम बान्तावा जातिको भाषामा यायोक्खा राखेको र, राईको नाच वा भनौं चाड भनेर चाम्लिङ जातिको साकेला नाच्ने गरेको अर्थात् राईको भन्दै चािम्लङ जातिको नाच नाच्दै उफ्रीपाफ्री गरेको नदेख्नु वा थाहा नपाउन भएकै हो ?

त्यसैले यहाँको कलम घरिघरि साल्पा, सार्बजनिक, लिब्जुभुम्जु आदि राईवादी ? अनलाइनहरुमा बिकिरहने भएकोले र, नेपालका जातजातिका बारेमा त्यत्रो अथाह जानकारी, ज्ञान, विवेक, चैतन्य, चेतना, बुझाईको स्तर ?…आदि पनि भएको हुनाले ज्ञान राई ज्युले आदिवासी जनजाति सूचीबाट राईलाई हटाई पाऊँ, सरकार ! भनेर एक लेख लेख्नुहोला भन्ने आशा लिएको छु ।

साथै अर्को महत्वपूर्ण कुरो भनेको आखिरमा ठूलो संख्या र भीड देखाएर राजनीति गर्ने र व्यक्तिगत रुपमा फाईदा लिन चाहने तपाईँहरु जस्तो अथवा राईको नाममा संख्या र भीड देखाएर राजनीति गर्न र, व्यक्तिगत फाईदा लिन चाहने कथित् राई जातिवालाहरुको पछि कुद्ने र, आप्mनो असली जातीय स्वपहिचानलाई गोली मार्ने ? हरुले राई भन्दा पनि अबदेखि आप्mनो नामको पछाडि राई होइन नेपाली लेख्नु होस्, आपूmलाई अरुहरुमाझ परिचय गराउँदा पनि राई होइन, नेपाली भनी परिचय गराउनुहोस् । किनभने, अब हुने (१२ औं) जनगणनामा राईको संख्या त फेरि पनि घट्नेवाला छ । किनकि हालसम्म जानेर वा नजानेर वा राई लेख्दा ठूलो मान्छे होइन भनेर आपैm पनि राई लेखेर, राई भनेर आएका अर्थात् राईकरणको मारमा परेका कुलुङ लगायत १२ वटा किराती जातिहरुले यही आउँदो १२ औं राष्ट्रिय जनगणनामा अलग–अलग जातिगत कोड पाएको भन्नेबारेमा त ज्ञान राई ज्युले नै लेख्नु भएको छ ।

त्यसैले ठूलो संख्या र भीड देखाएर राजनीति गर्ने र व्यक्तिगत रुपमा फाईदा लिन चाहने तपाईँहरु जस्तो अथवा राईको नाममा संख्या र भीड देखाएर राजनीति गर्न र, व्यक्तिगत फाईदा लिन चाहने कथित् राई जातिवाला कामरेडहरुको पछि कुद्ने र, आप्mनो असली जातीय स्वपहिचानलाई तिलाञ्जली दिने अथवा गोली मार्ने !? हरुले राई भन्दा पनि अबदेखि आप्mनो नामको पछाडि राई होइन नेपाली लेख्नु होस्, आपूmलाई अरुहरुमाझ परिचय गराउँदा पनि राई होइन, नेपाली नै भनी भन्नुहोस्, त्यसो गर्दा राईको संख्या भन्दा लगभग २६० गुणा ठूलो संख्या र भीड देखाउन सकिन्छ, समग्र नेपालीहरुको  ।

आखिर तपाईँहरु जस्तो जाति हुने आधार नै नभए पनि कथित् राई जाति हुनुमा र समग्रमा नेपाली हुनुमा के फरक पर्छ ? बरु राईको संख्याभन्दा लगभग २६० गुणा ठूलो संख्या र भीड नेपालीहरुको देखाउन सकिन्छ । त्यसपछि समग्र नेपालीहको नाममा कता हो, कता ठूलो फाईदा लिन सकिन्छ । उता यो देशका आदिवासी जनजाति, महिला, मधेसी, दलित, मुस्लिम, पिछडिएको क्षेत्र, तेस्रो लिंगी, भिन्न क्षमता भएका आदिप्रति सँधैभरि अनुदारवादी रुझान राख्ने ? र, आपूmहरुलाई मात्रै नेपालको असली राष्ट्रवादी ठान्ने बाहुन, क्षेत्री कामरेड (आर्य/खस मूलका) हरु पनि खुसी धेरै नै खुसी हुने छन्, तपाईँहरुको राई नभनेर, नलेखेर नेपाली भन्ने, नेपाली लेख्ने कदमलाई विश्वकै एक उदाहरणीय कदम भनी प्रशंससाको वर्षा नै वर्षा गर्ने छन् !?….

यो लेखकको नीजि विचार हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार