पर्यटनः सिंगापुरबाट केही सिकौं

  निनाम लोवात्ती
56 Shares

हुनत सिंगापुर र नेपाल तुलना गर्न योग्य देश नै होइनन् ! खास गरी विज्ञान, सूचना, प्रविधि, सञ्चार, भौतिक विकास, व्यक्तिगत आयस्रोत, मानिसको जीवनस्तर, आर्थिक स्थिति, जनस्वास्थ्य, शिक्षा, व्यापार, मानिसको औसत आयु, सडक, जल र हवाई यातायातमा मारेको फड्को आदिलाई लिने हो भने नेपाल र सिंगापुरबीच तुलना गर्नु भनेको ‘फेद’सँग मिल्ने तुलना हो, न त ‘टुप्पो’सँग मिल्ने तुलना हो । भूगोल र जनसंख्याको आधारमा त नेपालभन्दा सिंगापुर कता हो कता सानो देश रहेको छ । त्यसो भए तापनि विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि भने सिंगापुर गजबको देश हो । जहाँ वर्षेनी कम्तिमा तीन लाख १७ हजार ७२ जना (सन् २०२० को कोरोना महामारीकालमा) १९.१२ मिलियन (सन् २०१९ मा) सम्म विदेशी पर्यटकहरु भ्रमण गर्न गएका थिए ।

तापनि नेपालले सिंगापुरलाई जित्ने भनेको जनसंख्या र भूगोलमा हो । किनभने, जनसंख्याको आधारमा सिंगापुरभन्दा नेपाल धेरै ठूलो देशका रुपमा रहेको छ । त्यस्तै भूगोलको आधारमा नेपाल सिंगापुरभन्दा ठूलै रहेको छ । नेपाललाई भूगोल र जनसंख्याको आधारमा हेर्दा विश्वकोे मध्यमस्तरको देश मानिन्छ । जबकि, सिंगापुर भूगोलको आधरमा हेर्दा लगभग अन्तिम देशमा दरिन्छ । जस्तै भूगोलको आधारमा हेर्दा नेपाल विश्वको ९५ औं स्थानमा रहेको छ । सिंगापुरचाहिँ भूगोलको आधारमा हेर्दा विश्वको १९० औं स्थानमा रहेको देखिन्छ । त्यस्तै जनसंख्याको आधारमा हेर्दा नेपाल विश्वको ४९ औं देशको रुपमा रहेको छ भने सिंगापुरचाहिँ विश्वको ११३ औं देशमा दरिएको छ । ‘वल्र्ड पपुलेसन रिभ्यु’को रिपोर्टमा उल्लेख भएअनुसार हाल नेपालको जनसंख्या ३ करोड ८९ लाख ४८ हजार ६२७ पुगेको छ । त्यस्तै सिंगापुरको जनसंख्याचाहिँ ५९ लाख ८४ हजार ७५६ रहेको पुगेको छ । औसतमा बाँच्ने आयु आदिका आधारमा हेर्दा सिंगापुर नेपालभन्दा धेरै अगाडि रहेको छ ।

जस्तो कि, विश्वका विकसित देशहरुको सूचीमा सिंगापुर १२ औं स्थानमा रहेको छ । हुन पनि मानव विकास, विज्ञान, सूचना, प्रविधि, कलकारखाना, पर्यटन, व्यापार, सामुन्द्रिक बन्दरगाह, बैंक, वित्त, जल यातायात, सेवा क्षेत्र आदिका कारण सिंगापुर हाम्रो देशभन्दा धेरै अगाडि रहेको देखिन्छ । त्यस्तै विश्व बैंकले सन् २०२१ मा जारी गरेको तथ्यांकअनुसार सिंगापुरको प्रति व्यक्ति आय ७२ हजार ९४ अमेरिकी डलर पुगेको छ भने, नेपालको प्रति आय केवल १ हजार २२२ रहेको छ । उता ‘मानव विकास सूचांक २०२२’ मा सूचीकृत देशहरुको सूचीमा पनि सिंगापुर ११ औं स्थानमा रहेको छ भने नेपाल १३९ औं स्थानमा रहेको छ । यसरी हेर्दा भूगोल र जनसंखया बाहेक सबै कुरोमा नेपालभन्दा सिंगापुर धेरै कुरोमा अगाडि रहेको देखिन्छ । त्यस्तै विदेशी पर्यटक भित्र्याउने सन्दर्भमा पनि नेपाललाई सिंगापुरलाई सयौं वर्षसम्म भेटाउन नसक्ने देखिन्छ । हुन पनि यो लेखमा सिंगापुर र नेपालको पर्यटन आगमन संख्याबारे तुलनात्मक ढंगले केही लेख्ने प्रयास गरिएको छ ।

पछिल्लो तथ्यांकअनुसार सन् २०२१ मा सिंगापुरले ३३ लाख विदेशी पर्यटक भित्र्याउन सफल भएको छ । सो वर्ष नेपालमा चाहिँ १ लाख ५० हजार ९६२ विदेशी पर्यटकले मात्रै भ्रमण गरेको तथ्यांक रहेको छ । जबकि सन् २०१९ को डिसेम्बर अन्तिम ताका चीनबाट पैmलन सुरु भएको नोभेलकोरोना भाइरस (कोभिड-१९) महामारी कोरोना महामारीका रुपमा पैmलिएपछि सिंगापुरले आप्mनो देश भ्रमण गर्न आउने विदेशी पर्यटकलाई कडाईका साथ कोरोना महामारी सम्बन्धी नियम र कानुन पालना गराएको थियो । त्यसरी आप्mनो देश भ्रमण गर्न आउने विदेशी पर्यटकलाई त्यसरी कडाईका साथ नियम र कानुनहरु पालन गराउँदा पनि ३३ लाख विदेशी पर्यटक सिंगापुर भित्रिनु भनेको निश्चय नै ख्याल-ठट्टा होइन । त्यस्तै सिंगापुर भ्रमणमा आएका ३३ लाख विदेशी पर्यटकबाट सन् २०२१ मा एक दशमलब नौ बिलियन सिंगापुरियन मुद्रा पनि आर्जन गर्न सफल भएको छ । सिंगापुर पर्यटन बोर्ड (एसटीबी) का अनुसार सन् २०१९ को डिसेम्बर अन्तिममा चीनबाट विश्वव्यापी रुपमा पैmलन सुरु भएको कोरोना महामारीकै बीच सन् २०२० मा पनि २७ लाख विदेशी पर्यटकले सिंगापुर भ्रमण गरेका थिए भने, ती विदेशी पर्यटकले ४.०४ बिलियन सिंगापुर डलर खर्च गरेका थिए ।

हाम्रो देश नेपालमा चाहिँ सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटकले भ्रमण गरेका थिए भने विदेशी पर्यटकबाट भएको आमदानी २१ अर्ब ७ लाख नेपाली रुपैँया बराबरको विदेशी मुद्रा थियो । एसटीबीको तथ्यांकअनुसार सिंगापुरमा सन् २०१९ को तुलनामा सन् २०२० मा ८७ दशमलब ७ प्रतिशत कम विदेशी पर्यटकले भ्रमण गरेका थिए । यता नेपालमा चाहिँ लगभग ९१ प्रतिशतले विदेशी पर्यटक आगमनमा कमी आएको थियो । त्यस्तै एसटीबीको तथ्यांकअनुसार सन् २०१९ मा चाहिँ सिंगापुरमा १९ दशमलब १ मिलियन अर्थात् १ करोड ९१ लाख विदेशी पर्यटकले भ्रमण गरेका थिए । साथै ती विदेशी पर्यटकले सिंगापुर भ्रमणका क्रममा २७ दशमलब ७ बिलियन सिंगापुर डलर खर्च गरेका थिए । नेपालमा चाहिँ सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए । साथै सो वर्ष नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट ७२ अर्ब ४३ करोड ३७ लाख नेपाली रुपैँया बराबरको विदेशी मुद्रा आमदानी भएको तथ्यांक रहेको छ ।

हाल चालू (सन् २०२२( वर्षमा चाहिँ ४० लाखदेखि ६० लाख विदेशी पर्यटकले सिंगापुरको भ्रमण गर्ने भनी एसटीबीले अग्रिम प्रक्षेपण गरेको छ । हुन पनि सन् २०२२ को प्रथम ६ महिनामै १५ लाखभन्दा बढी विदेशी पर्यटकले सिंगापुरको भ्रमण गरिसकेका छन् । एसटीबीको तथ्यांकमा जनाईएअनुसार सन् २०२० मा सिंगापुर भ्रमणमा आउने सबैभन्दा धेरै पर्यटक इन्डोनेसियाका रहेका थिए । त्यस्तै दोस्रोमा भारत, तेस्रोमा मलेसिया, चौथोमा अष्ट्रेलिया र पाँचौमा फिलिपिन्स रहेका थिए । एसटीबीको पछिल्लो तथ्यांकमा जनाईएअनुसार सन् २०२० मा इन्डोनेसियन पर्यटक २ लाख ८२ हजार, भारतीय पर्यटक २ लाख १९ हजार, मलेसियन पर्यटक १ लाख ३९ हजार, अष्ट्रेलियन पर्यटक १ लाख २५ हजार एवम् फिलिपिनी पर्यटक ८१ हजारले सिंगापुर भ्रमण गरेको देखिन्छ । त्यस्तै सन् २०२१ मा चाहिँ ५४ हजार भारतीय पर्यटकले मात्रै सिंगापुरको भ्रमण गरेको देखिन्छ ।

हुन पनि हामीले विश्व भ्रमणमा निक्लने विदेशी पर्यटकको तथ्यांक सन् हेर्ने हो भने, २०१९ सम्मको तथ्यांकमा हरेक वर्ष चिनियाँ पर्यटकहरु सिंगापुर भ्रमण गर्ने विदेशी पर्यटकको प्रथम स्थानमा रहने गरेका थिए । तथ्यांकअनुसार सन् २०१९ मा मात्रै ३० लाख ६४ हजार चिनियाँ पर्यटकले सिंगापुरको भ्रमण गरेका थिए । त्यस्तै सो वर्ष ३० लाख ८ हजार इन्डोनेसियन पर्यटकले सिंगापुर भ्रमण गरेर दोस्रो स्थानमा रहेको देखिन्छ भने, १० लाख ४२ हजार भारतीय पर्यटकले सिंगापुर भ्रमण गरेर तेस्रो स्थानमा रहेका थिए । तर, चीन सरकारले आप्mनो देशबाट सन् २०१९ को डिसेम्बर अन्तितिर पैmलन सुरु भएको नोभेलकोरोना (कोभिड-१९) को महामारीपछि आप्mना देशका नागरिकलाई जताभावी विदेश भ्रमण गर्न कडाई गरेका कारण हालसम्म चिनियाँ नागरिकहरु पर्यटक भिषामा विदेश भ्रमण गर्न निक्लेका छैनन् । संभवतः चीन सरकारले यो वर्षको अन्त्यतिर वा सन् २०२३ को सुरुतिरै आप्mना देशका नागरिकहरुलाई विदेश (जुनसुकै देशमा) भ्रमण गर्न दिने निणर्य गर्ला कि ? किनकि चीन सरकारले भर्खरै मात्रै आप्mनो देशको ध्वजावाहक विभिन्न एयरलाईन्स कम्पनीहरुलाई विश्वका विभिन्न देशका सहरमा उडान सुचारु गर्ने अनुमति दिई सकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार