को हुन् भूपध्वज, किन भड्कियो, उनको आत्मा ?

  निनाम लोवात्ती
147 Shares

केही समयअघि छहरा साप्ताकिको प्रिन्ट संस्करण र अनलाईन संस्करणमा कुलुङ समुदायमा सुरुका अगुवा र पछि आप्mनै कारणले गर्दा बाटो हगुवा हुनु, बन्नु भएका भूपध्वज-भुपधोज बूबू दाजूले नक्कली नाम (त्यो पनि फरक फरक नाम) मा दुई लेख लेख्नु भएको थियो । र, भूपध्वज बूबूको नक्कली नाम रहेको छ, धन प्रसाद गोक्तुलु पिल्मो ‘राई !’ र डा. बीबी लोवात्ती पिल्मो राई ‘रिसिबू’ भनेदेखि लेखको शीर्षक रहेको छ थियो, ‘सुरुमा राईकोे भाषा एउटै थियो ।’ र, ‘पिल्मो राईको….’ तर यो पंक्तिकारले छहरा साप्ताहिकमा भूपध्वज बूबूको अनेक नक्कली नाममा किन घरिघरि अन्टसन्ट लेखहरु आई रहन्छ ? बुभ्mन सकेको छैन । जे होस्, पछिल्लो पटक धन प्रसाद गोक्तुलु पिल्मो ‘राई !’ को नाममा ‘सुरुमा राईकोे भाषा एउटै थियो ।’ भनी छापिएको लेखको प्रसंगमा मैले (यो पक्तिकारले) प्रस्टीकरण लेख लेखेर पठाएको थिएँ । त्यसपछि छहरा साप्ताहिकले भूपध्वज बूबूले विगतमा अनेक नक्कली नाममा लेखेको लेखका साथै मेरो पूराना लेखहरु पनि हटाईए छ ।

जे होस्, पछिल्लो पटक धन प्रसाद गोक्तुलु पिल्मो ‘राई !’ को नाममा भूपध्वज बूबूले लेखेको लेखको शीर्षक ‘सुरुमा राईकोे भाषा एउटै थियो ।’ रहेको भए तापनि लेखभित्र चाहिँ सबै कुलुङ जाति, कुलुङ भाषा, कुलुङ जातिको वेषभुषा, कुलुङ जातिको संस्कार, संस्कृति, रहनसहन, कुलुङ जातिका पितापूर्खा, कुलुङ जातिका अगुवाहरु आदिका बारेमा भ्रम छर्ने र, भ्रम छरेर लेखिएको थियो । तर यो पंक्तिकारले ‘छहरा साप्ताहिकका सम्पादक ज्युले किन पंक्तिकारले छहरा साप्ताहिकमा भूपध्वज बूबूले अनेक नक्कली नाममा कुलुङ जातिका सम्बन्धमा भ्रम छर्ने अन्टसन्ट लेख किन घरिघरि छापिरहन्छ ? भनी छहरामा छापिएको लेखको प्रसंगमा मैले (यो पक्तिकारले) ‘सुरुमा राईकोे भाषा एउटै थियो ।’ भनी छापिएको लेखको प्रसंगमा मैले (यो पक्तिकारले) को प!स्टीकरण ल ेख पठाएँ । हुन पनि उक्त लेख कुलुङ जाति, कुलुङ भाषा, कुलुङ जातिको वेषभुषा, कुलुङ जातिको संस्कार, संस्कृति, रहनसहन, कुलुङ जातिका पितापूर्खा, कुलुङ जातिका अगुवाहर आदिका बारेमा भ्रम छर्ने र, भ्रम छरेर लेखिएको थियो । तर यो पंक्तिकारले ‘छहरा साप्ताहिकका सम्पादक ज्युले किन पंक्तिकारले छहरा साप्ताहिकमा भूपध्वज बूबूको अनेक नक्कली नाम किन घरिघरि लेख आई रहन्छ, छापिई रहन्छ ? निश्चय नै इतिहास र कुलुङ समुदायका आगामी पुस्ताले मूल्यांकन गर्ने छने भनी  लेखेको थिएँ । त्यसपछि कथित् धन प्रसाद गोक्तुलु पिल्मो ‘राई !’ को लेख मात्रै नभएर सबै लेखहरु हाईएको छ ।

हुन पनि शीर्षक एक राखेर विषय अर्कै लेख्ने खास गरिकन कुलुङ जाति, कुलुङ भाषा, संस्कार, संस्कृति, धर्म, चाडपर्व, वेषभुषा, कुलुङ जातिका वंश, परम्परा, कुलुङ जातिका पितापूर्खा, कुलुङ जातिका पितापूर्खाले बसोवास गरेको भूमि आदिका विरुद्घ उल्टापाल्टा लेख्ने गर्छन्, कुलुङ जातिभित्रै अनेक खाले भ्रम छर्छन् । जस्तो कि कुलुङ जातिका सुरुका चार पूर्खामध्ये खप्दूलूले बसोवास गरेको भूमि पिल्मोलाई नै आजभोलि कथित् पिल्मो ‘राई !’ जाति भनेर प्रचार गर्ने काम जोडतोडले भई रहेको छ । त्यसो त विगतमा पनि कुलुङ जाति, कुुलुङ जातिका अगुवा, कुलुङ जातिको मातृभाषा, वेषभुषा, वंश, पितापूर्खा, इतिहास, चाडबाड, रहनसहन, रीतिथिति, धर्म, परम्परा आदिबारे अनेक नक्कली नाममा भूपधोज दाजुले अन्टसन्ट लेख्दै आएका छन् । कोनी किन हो, केकति कारणले हो, छहरा साप्ताकिका सम्पादक तथा प्रकाश गोपाल छाङ्छा राई ज्युले पनि त्यसरी भूपध्वोज दाजुले आप्mनो सक्कली नाममा लेख्न नसकेर, समुदायमाझ खुल्न नसकेर अनेकौ नक्कली नाममा लेखेको अनेकौं-अन्टसन्ट लेख खुरु,खुरु छाप्दै आउनु भएको छ । किन हो कुन्नि, हालेसालैको लेख चाहिँ हटाउनु भएछ, गोपाल छाङ्छा दाजुले । निश्चय नै छहरा साप्ताकि र यसका सम्पादक तथा प्रकाश गोपाल छाङ्छा राई ज्युको यस्तो खालको योगदानको मूल्यांकन र कदर कुलुङ समुदाय र कुलुङ समुदायका भावी पुस्ताका सन्तान, दरसन्तानले अवश्य नै गर्ने छ, गर्लान् नै ।

जे भए तापनि यो लेखका उहाँ (भूपध्वज थोमरोस) कुलुङ हुन् ? जो आपूm एक कुलुङ जातिकै सुरुका दिनका ‘अगुवा पनि हुन् । तर पछि गएर उहाँ ‘बाटो हगुवा !’ हुनुभएको हो । त्यसैले उनी कुलुङ जातिका विरुद्ध अन्टसन्ट लेख लेखिरहन्छन् । उनले लेखेको एकै लेख फरकफरक नाममा पठाउादै आएका छन् । ३/३ वटा अनलाइन न्युज पोर्टलमा त मैले नै भेटिसकेँ । यसरी लेख पठाउने गरेका भूपध्वज थोमरोस् (राई !) जो सोलुखुम्बुको महाकुलुङकै कुलुङ हुन्, उनले लेखेको लेख छापिएको ‘थुम्सेन्युज’को लिंक पनि पठाउनु भयो, पूणर् पी राई ज्युले । त्यसका लागि पूणर् पी राई ज्युलाई ‘हायाम-हायाम ओलोनुव के !?’

कुरो नचपाई भन्नै पर्दाखेरि ऊ वेला (चेतना नहुँदा) म भूतपूर्व प्रकाश ‘राई !’ मात्रै नभएर प्रकाश ‘पूअर’, विहोसी गाउँले, मनि राई, दीनदुःखी राई, प्रकाश राई, प्रकाश राई ‘दीनदुःखी’, प्रकाश कुलुङ ‘दीनदुःखी’, तेह्रथुमे जेठा, तेह्रथुमे राई, एमके राई ‘सुब्बा’, केहीनजान्ने कुलुङ, होहोरेम कुलुङ, तुम्नो कुलुङ, निनामहाङ कुलुङ, कुलुङ कान्छा, मणि कुलुङ ‘पिल्मोछा’, निनामहाङ कुलुङ, निनामहाङ कुलुङ किरात, पिल्मोछा कुलुङ, उखरमाउलो राई, केहीनजान्ने कुलुङ, निनामहाङ कुलुङ किरात, एमके कुलुङ लगायतका धेरै नामले लेखेँ, लेख्दै आएँ, यो सत्य हो । अब लागौं, तिनै हाम्रा आदरणीय भूपध्वज बुबु जसले हामीलाई कुलुङ होइन भनी लेख्नू हुन्छ, बोल्नु हुन्छ, प्रमाणपत्र दिनु हुन्छ । सायद आप्mनो तुष पनि  मेटाउनु हुन्छ । त्यतिले मात्रै नपुगेर आप्mनै मूतको न्यानोमा सूकला समेत गर्नु हुन्छ । त्यो भन्दा बढी हाम्रा अस्थाई सत्रुहरु जोजसले नबुझेर हामीलाई उल्टै डलर खान राई फुटाएको वा फुटाउन आँटेको भनी आरोप लगाउँछने, उनीहरुले वास्तविकता बुझेपछि र, राई हराएपछि हाम्रै लाइनमा आउनु पर्छ !) लाई सित्तैमा मनोरञ्जन दिलाउनु हुन्छ । हो, अब उहाँका बारेमा छोटोमोटोमा जानकारी लिनेतर्पm लागौं ।

खासमा यिनै धन प्रसाद गोक्तुलु पिल्मो ‘राई !’ र डा. बीबी लोवात्ती पिल्मो राई ‘रिसिबू’, मुनु राई, रमेश लोवात्ती पिल्मो राई आदि नक्कली नामका भूपध्वज बूबूका सम्बन्धमा विसं २०७७ पुस १४ मा ‘तुवाचुङ अनलाइन न्युज पोर्टल’ले आप्mनो स्तम्भ ‘पत्रकारिता पाठशाला’मा एक फिचर छापेको थियो । जुन फिचरको शीर्षक ‘सहरमै बसेर कुनाकाप्चासम्म पुगिरहने भीरमाहुरी’ रहेको थियो, छ । जुन फिचर कथित् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर-२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय/काजिका रजिस्टर्ड नम्बर-३२८/०४९/०५०)’ का पूर्व केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव एवम् कान्तिपुर दैनिकका पत्रकार गणेश … राई ज्युले लेख्नु भएको रहेछ । तर, ‘राई यायोक्खा नामक एनजिओका पूर्व केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव एवम् कान्तिपुर दैनिकका पत्रकार गणेश … राई ज्युले भूपध्वज थोमरोस् (राई !) बारे लेख्नु हुँदा वास्तविक कुरो बिरालोले आप्mनो विष्टा लुकाएँ भैmँ धेरै कुरो लुकाएर वा भनौं उनका नकारात्मक कामहरु खसगरी भूपध्वज आपूm जन्मसिद्घ कुलुङ भएर पनि कुलुङ संघ र कुलुङ समुदायकै विरुद्घ जताभावी गर्दै, बाल बोलीमा भन्नु पर्दा ‘आची खाएर !’ हिँडेको देख्दादेख्दै सो बारे छिसिक्क उल्लेख नगरी ‘अन्टसन्ट’ लेख्नु भएको रहेछ, अझ भूपध्वजलाई ‘डेन्टिङ-पेन्टिङ समेत गरेर प्रस्तुत गर्नु भएको रहेछ, त्यसैले भूपध्वजका बारेमा वास्तविकता के हो त ? विसं २०५०/०५१ देखि चिनजान भएको आधारमा र, सुरुमा मलाई कुलुङ जाति, कुलुङ भाषा, कुलुङ संस्कार, संस्कृति आदिबारे बुझाउने गुरु ! पनि उनै भूपध्वज भएकोले गर्दा उनको बारे थाहा भएका धेरैथोरै लेख्दै छु । भलै बाल बोलीमा भन्ने हो भने, उनै गुरु अर्थात् भूपध्वज ज्युले ‘आची खाएर …!’ जे होस्, भूपध्वजबारे यहाँ छोटकरीमा केही प्रस्ट्याउन प्रयास गरिएको छ । हुन त यो प्रस्टीकरण लेख ‘तुवाचुङ अनलाइन न्युज पोर्टल’मै पठाएको हँु । तर, धेरै पछिसम्म पनि नछापिएपछि फोन गरेर सोध्दा ‘तुवाचुङ अनलाइन न्युज पोर्टल’का सम्पादक दीपेन्द्र ‘राई !’ ज्युले लगभग प्रकाशित गर्न नसक्ने आशय ! व्यक्त गर्नु भएकोले गर्दा ‘ई मकालु अनलाइन’मा पठाएको छु । आशा छ, यो लेख केही लामो भए तापनि महत्वका साथ प्रकाशित हुने नै छ ।

त्यसो त गणेश … राई ज्यु कस्ता पत्रकार हुनु हुन्छ भन्ने त उहाँले विगतमा गर्ने गरेको पत्रकारिता अर्थात् कान्तिपुर दैनिकमा उहाँले पे्रषित गरेको/छपाउने गरेको ‘आदिवासी जनजाति सम्बन्धी समाचार, विसं २०६८ को जनगणना सम्बन्धी समाचार, रानाथारु सूचीकृत भएको सम्बन्धमा छापिएको समाचार, भाषाभाषी सम्बन्धी समाचार, …’ आदिलाई लिन सकिन्छ । अहिले त्यतातिर नजाऊँ । किनभने, गणेश … राई ज्युले विगतमा गर्ने गरेको पत्रकारिता अर्थात् कान्तिपुर दैनिकमा उहाँले पे्रषित गरेको/छपाउने गरेको ‘आदिवासी जनजाति सम्बन्धी समाचार, विसं २०६८ को जनगणना सम्बन्धी समाचार, रानाथारु सूचीकृत भएको सम्बन्धमा छापिएको समाचार, भाषाभाषी सम्बन्धी समाचार, …’ आदिले फेरि पनि दोहोर्याएर पढेमा पत्रकारिता पढेका कुनै पनि पत्रकारले थाहा पाई हाल्ने छन्, जान्ने सुन्नेहरुले भनेअनुसार पत्रकारितामा ‘फाइभ डब्लु वान एच’ भन्ने सामान्य सिद्घान्त हुन्छ । त्यसतै पत्रकारले समाचारलाई सलल… बगाउने हो, आप्mनो विचार वा भनाइ थोपर्ने होइन । तर, गणेश … ‘राई !’ ज्युको पत्रकारिता कस्तो छ भने … । हुन पनि एक पटक त यो पंक्तिकार (म आपैm) पनि (विसं २०६९ ताका) कान्तिपुर दैनिकमा गणेश … राई ज्युले लेखेको समाचार भएको कान्तिपुर दैनिक बोकेरै केन्द्रीय तथ्यांक विभागका तत्कालीन महानिर्देशक उत्तम नारायण मल्ल सरको कार्य कक्षमा गएको थिएँ । मैले कान्तिपुरमा प्रकाशित समाचार देखाउन नपाउँदै मेरो आगमन र आशय बुझेर होला उहाँले ‘… त्यही त कुलुङजी, कान्तिपुर धेरै बिक्ने पत्रिका भनेर कान्तिपुरबाट पत्रकार मगायौं, तर , ….’ भनी उत्तम नारायण मल्ल सर पनि हैरान हुनु भएको थियो । त्यतातिर यो भन्दा धेरै नजाऊँ । मेरो कुरोलाई नपत्याए केन्द्रीय तथ्यांक विभाग गएर उत्तम नारायण मल्ल सरको नम्बर मागेर सोध्दा भई हाल्छ, अहिले उहाँले अवकास पाई सक्नु भएको छ ।

जे होस्, गणेश … राई ज्युले जुन व्यक्ति/भुपध्वज थोमरोस् (राई !) लाई आधार मानेर वा विषय बनाएर फिचर लेख्नु भएको छ, भूपध्वज थोमरोस् (राई !) वास्तवमै त्यस्तै हुन् त ? त्यसैले सो बारेमा कुलुङ जाति वा समुदायका बाहेकका मान्छेहरुलाई भूपध्वज थोमरोस् (राई !) भन्ने व्यक्ति कस्ता हुन् ?, को हुन् ? भन्ने बारे वास्तविकता थाहा नहुने भएकोले गर्दा केही नलेखी रहन सकिन/सकिन्न पनि । त्यसैले वास्तवमा भूपध्वज थोमरोस् (राई !) को हुन् ? कस्ता मान्छे हुन् ? भन्ने बारेमा अरु जातजाति र समुदायका मानिसहरुले पनि वास्तविकता थाहा पाउन् भनी यो लेख/प्रस्टीकरण लेख्दै छु । त्यसो त ‘तुवाचुङ अनलाइन न्युज पोर्टल’को ‘पत्रकारिता पाठशाला’ भन्ने अलग्गै स्तम्भ नै रहेकोले यो पंक्तिकारलाई व्यक्तिगत रुपमा धेरै खुशी लाग्थ्यो/लाग्छ । तर, मेरो प्रस्टीकरण/लेखले महत्व नपाउनु अर्कै कुरो भयो । हुन पनि मेरो प्रस्टीकरण लेख छाप्नुको सट्टा भूपध्वज थोमरोस् (राई !) ले नै ‘शरण राई !’को नक्कली नाममा पठाएको अर्को लेख ‘तुवाचुङ अनलाइन न्युज पोर्टल’मा छापीई सकेको छ । त्यसैले राई सर/राईनी म्याडमहरुको एकतर्फी ध्येय नै जसरी हुन्छ, ‘कुलुङ जातिलाई बिगारसिङ !’ रहेको हो कि ? भन्ने रहेको देखिन्छ । किनभने, ती नक्कली शरण राई हुन् कि ? सक्कली ? को हुन् ? केही खुलाईएको छैन, लेखमा उनको (शरण ‘राई !’ को फोटा पनि छापिएको छैन) यदि शरण ‘राई !’ सक्कली लेखक नै हुन् भने शरण राईको ईमेल र मोबाईल नम्बर उपलब्ध गराउनु हुन ‘तुवाचुङ अनलाइन न्युज पोर्टल’का सम्पादक दीपेन्द्र ‘राई !’ ज्युलाई यसै लेखमार्पmत हार्दिक आग्रह गर्दछु ।

हुन त गणेश … राई ज्युले भने जस्तै सुरुमा भूपध्वज थोमरोस् (राई !), पहिले त भूपध्वजले ‘राई !’ लेख्दैन थिए, कतै गणेश … राई ज्युले आपैm ‘राई !’ थपी दिनु भएको हो कि ? जे होस्, यसबारे पनि धेरै टाउको नदुःखाऊँ ! सुरुका केही वर्ष भूपध्वजले कुलुङ जाति, कुलुङ भाषा, कुलुङ संस्कार, कुलुङ वंश, कुलुङ संस्कृति, कुलुङ इतिहास आदि बारे केही न केही लेखेका हुन्/गरेका हुन् । तर, त्यति मात्रै होइन, भूपध्वजले कुलुङ-कुलुङबीच पटकपटक फुट ल्याउने काम गरेका थिए/छन् । जस्तो कि उनले सुरुमा महाकुलुङका कुलुङ र हामी बाहिरका कुलुङहरुबीच एक हुन दिएनन्, सँधै भाँजो हाली रहे । त्यस्तै धरानका (लाहुरे समुदाय) कुलुङ र हामीहरु बीच पनि जहिल्यै एक हुन नदिने प्रयास गरी रहे । अझ भनौं उनले यस्तो गलत कामका लागि नाईटोदेखिको बल लगाए । यसै क्रममा एक पटक त कस्तोसम्म भयो भने, मलाई धरानमा कुलुङहरुको सम्मेलन छ, ‘सूक्तूम’मा शुभकामना सन्देश लेखी दिनु पर्यो प्रकाशजी भने । होला त नि भनी लेखे । तर, उनले भएको कुलुङ … अर्को गठन गरे छन् । त्यही वर्षको हिउँद याममा भूपध्वजले धरानका (लाहुरे समुदाय) कुलुङहरु ((वीरचन्द्र रिन्हो फोपा लगायत) लाई काठमाण्डौको त्रिचन्द्र कलेजमा बोलाएको भन्ने महाकुलुङका कुलुङ साथीहरुले थाहा पाए । त्यसपछि महाकुलुङका साथीहरुले हामी (चन्द्रसिंह लोवात्ती, इन्द्र होनीत्ती, वाईबी कुलुङ, म … लगायत) लाई खबर गरे । त्यसपछि महाकुलुङका कुलुङ साथीहरु र हामी धरानका (लाहुरे समुदाय) लाई भेट्न तुरुन्तै कमलादी साइडको (घण्टासँगैको) भवनमा गयौं । त्यहाँ भूपध्वज समेत सबै भेला भएका रहेछन् । महाकुलुङका एक जना कुलुङ साथीले जो भूपध्वजको नाता पर्नु हुन्छ,उहाँले धरानका (लाहुरे समुदाय) का अगाडि नै भूपध्वजको ‘नाथ्री फुट्ने गरी दोक्च्याए/पच्काए’ । त्यसपछि बल्ल धरानका (लाहुरे समुदाय) ले पनि भूपध्वजबारे वास्तविक कुरो बुझे र, तुरुन्तै भूपध्वजलाई छाडेर धरानका (लाहुरे समुदाय) का मानिसहरु पनि हामीसँगै डिल्ली बजारमा रहेको कुलुङ संघको कार्यलयमा आउनु भयो । त्यसपछि नै हो, तीनवटा रहेको कुलुङहरुको संघ एक भएको । हो, त्यसपछि उनी अर्थात् भूपध्वज भन्ने मान्छेको स्वरुप लिएको … ले जसरी पनि कुलुङहरुलाई बिगार्छु ! भनी घोषित रुपमै ‘बिगारसिङ !’ कामहरु मात्रै गर्दै हिँडिरहेका छन् । तर, कथित् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर-२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय/काजिका रजिस्टर्ड नम्बर-३२८/०४९/०५०)’ का हर्ताकर्ताहरुका लागि त भूपध्वज जस्ता व्यक्ति ‘ढुंगो खोज्दा देउता मिलेसरह !’ भएको छ । त्यो हामीलाई राम्रोसँग थाहा छ ।

त्यसैले त कतिथ् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर-२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय/काजिका रजिस्टर्ड नम्बर-३२८/०४९/०५०)’ ले स्थापना गरेको  ‘१० हजार नेपाली रुपैयाँ’को “मदनश्वरी राई पुरस्कार” दिलाउनु भयो । तर, उनको हालत अहिले कुलुङ समुदायमाझ कस्तो छ ? गणेश … राई ज्युले सोलुखुम्बु जिल्लाको महाकुलुङ लगायत कुलुङहरुको बाक्लो वस्ती भएका जिल्लाहरु भोजपुर, संखुवासभा, सुनसरी, झापा, मोरङ लगायत जिल्लाहरुमा गएर भूपध्वजबारे सोधखोज गरेर भूपध्वजबारे वास्तविक तस्बीर झल्किने गरी अर्को एक  फिचर/लेख लेख्नू होला ।

हुन पनि सुरुमा हामीलाई (खासगरी मलाई) कुलुङबारे पढाउने/बुझाउने महाकुलुङको तत्कालीन गुदेल-८ नाम्लुङका यीनै भुपध्वज हुन् । तर, भूपध्वज जस्तो मान्छे पछि गएर कथित् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर-२६५६, रजिस्टर्ड नम्बर-३२८/०४९/०५०)’ ले स्थापना गरेको ‘१० हजार नेपाली रुपैयाँको “मदनश्वरी राई पुरस्कार”मा बिकेर र, आपूm जिउँदो रहेसम्म कुलुङ भन्नेहरुलाई बिगार्छु, सप्रिन दिन्न ! भनी हिँडिरहेका छन् । फलतः कहिले मुनु राईको नाममा, कहिले युवराज राईको नाममा, कहिले सोङघेर्वा … को नाममा, कहिले … के को नाममा कहिले … नाममा नानाथरी लेख्द/बोल्दै हिँडेका छन् । तर, विचरा भुपध्वज राई ज्यु ! को ज्ञान, विवेक, चेतना र बुझाईको स्तर हेरौं त !? जे भए तापनि भूपध्वजको यस्तो कार्यले कथित् ‘राई !’ जातिको नाममा खुलेको राई यायोक्खा (स्मरण रहोस्, यायोक्खा भनेको बान्तावा जातिको भाषा हो । अर्थ भने मलाई थाहा भएन ।) नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर-२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय/काजिका रजिस्टर्ड नम्बर-३२८/०४९/०५०)’ का हर्ताकर्ता राई सर राईनी म्याडमहरुलाई भने ‘मुतको न्यानो !’ भएको छ । फलतः राई यायोक्खाका पूर्व केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव एवम् कान्तिपुर दैनिकका पत्रकारका नजरमा ‘सहरमै बसेर कुनाकाप्चासम्म पुगिरहने भीरमाहुरी’ हुन्छन् । त्यसैले त गणेश … ‘राई !’ ज्युले ‘तुवाचुङ’ नामक अनलाईन न्युज पोर्टलमा भुपध्वजका बारेमा ‘अन्ट-सन्ट !’ (लिम्बु भाषामा भन्नु पर्दा मेन्जोसेन्जो !’) जीवनी वा भनौं बायोग्राफी लेखी दिन्छन् । भनिन्छ, ‘मर्ने वेलामा कमिलाको पनि प्वाँख उम्रन्छ अरे !’ भन्छन् ।

खासमा, उनी (भूपध्वज) आपूm जन्मसिद्घ कुलुङ हुन् । तर, उनी आपूm कुलुङ भएर पनि (उनी थोमरोस थरका कुलुङ हुन् । कुलुङले थरलाई पाछा भन्ने गर्छन् ।) यसो गरी हिँड्दा ‘मेरो मात्रै होइन, मेरो  छोरा, नाति, पनाति, खनाति, जनाति, मनाति, …, …सम्मलाई कस्तो असर हुन्छ ? भविश्यमा आउने पुस्ताका कुलुङ समाजले कसरी हेर्छ ? भन्ने हेक्का राख्नुपर्ने थियो कि ? हुन त म आपूm बाहेक यो धरतीमा जान्ने/बुभ्mने अरु कोही छैन ! भन्ने अह्म भएका/बोकेका भूपध्वज ज्युलाई कसले मात्रै सम्झाएन, कसले मात्रै बुझाएन ?? अर्को भनेको जहाँ पनि, जहिले पनि कुलुङलाई बिगारसिङ ! मात्रै गर्दै हिँड्दा कयौं पटक ठाऊँका ठाऊँ गएर महाकुलुङ लगायतका कुलुङ वन्धुहरुले ‘भूपध्वज ज्युको ‘नाथ्री फुट्ने गरी दोक्च्याएका !’ पनि छन् । त्यस्तै केही वर्षदेखि संखुवासभा, मोरङ, सुनसरी लगायत जिल्लाका गाउँठाउँमा जाँदा भूपध्वज ज्युलाई खाना र वास समेत दिन छाडेका छन् । तर, विचरा भूपध्वज ज्युको …..फर्केन ।

कुलुङ जातिका यस्तै कलंकहरु नै कथित् राई जातिका बुद्घिजीवी, लेखक, पत्रकार, प्रा., डा., प्राडा, विज्ञ, विद आदि लगायत अगुवा भनिनेहरुलाई प्यारो लाग्छ, । किनभने, कथित् राई जातिको नाममा बान्तावा जातिको भाषा र कथित् राई जातिको चाडपर्वको नाममा चाम्लिङ जातिको साकेवा (उफ्रीपाफ्री गर्ने नाच !) कुलुङ जाति लगायत सबै खम्बुका सन्तानहरुलाई लाद्न पाएका छन् । त्यसो त कथित् राई जातिको नाममा बान्तावा जातिको भाषा र कथित् राई जातिको चाडपर्वको नाममा चाम्लिङ जातिको साकेवा (उफ्रीपाफ्री गर्ने नाच !) लादेपछि वा लाद्न चाहेपछि नै हो, कुलुङ जातिका अगुवाहरुले विसं २०४८/०४९ तिरै कुलुङ जातिको अलग्गै संगठन बनाएको । त्यसैले पनि राई यायोक्खाका हर्ताकर्ताहरुमा कुलुङ जातिका अगुवाहरु र समग्र कुलुङ जातिप्रति ठूलो ‘द्घेष र रिसराग’ रहेको प्रस्टै देखिन्छ । त्यसैले त ‘भूपध्वज कुन बारीमा फलेको मुला हो ?’ भन्ने राम्रोसँग थाहा भए तापनि यसो ‘डेन्टिङपेन्टिङ’ गरेर भए तापनि जानीबुझीकन गणेश … ‘राई !’ ज्यु लगायत कथित् ‘राई !’ जातिवालाहरुले ‘तुवाचुङ’ लगायत अन्य न्युज पोर्टलहरु र छापामाध्यमहरुमा भूपध्वजका बारेमा यसो अन्ट-सन्ट (लिम्बु भाषामा भन्नु पर्दा मेन्जोसेन्जो !’) जीवनी वा भनौं बायोग्राफी लेखी दिन्छन्, कतै कोड पनि गरिदिन्छन् । तर, वास्तविक जानकारी वा भनौं स्रोत व्यक्ति भने अर्कै हुन्छ । कठै बरा !

एक ठाऊँमा त गणेश … राई ज्युले आप्mनो  लेखमा प्रसंगै नआउनु पर्ने ठाऊँमा पनि जबरजस्ती … “समाजलाई एनजिओको रुपमा दर्ता गर्ने, …आइएनजिओबाट सहयोग लिने …, हुँदाहँुदा ‘बहुभाषा एक जाति’का रुपमा … किरात … भित्र …. याक्खा छुट्टीन पुगे । सुनुवार छुट्न गए । कुलुङ लगायतले …” भनी लेख्नु भएको छ । गणेश … राई ज्यु कथित् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर-२६५६, रजिस्टर्ड नम्बर-३२८/०४९/०५०)’ को केन्द्रीय सदस्य र केन्द्रीय सचिव भएको नाताले सीसीओ, डीफीड, जाईका, जीटीजेड, नर्वेजियन फन्ड, डानिडा-ह्युगो, युएसआईडी, एक्सन एड, युके एड, युएसएड आदि  बाट र आदिवासी जनजाति उत्थथान राष्ट्रिय प्रतिष्ठानबाट ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर-२६५६, रजिस्टर्ड नम्बर-३२८/०४९/०५०)’ ले ल्याएको हिसाव किताब हेरेर नै र, अनुभव भएर नै “समाजलाई एनजिओको रुपमा दर्ता गर्ने, …आइएनजिओबाट सहयोग लिने …, हुँदाहँुदा ‘बहुभाषा एक जाति’का …. भन्ने कोलम जबरजस्ती घुसाएर लेख्नु भएको होला । किनभने, विसं २०६२/०६३ को परिवर्तपछि गठन भएको राई यायोक्खाको कार्य समितिमा एक जना राईको नाममा ‘एनजिओ को-अर्डिनेसन कमिटि’ नै गठन भएको थियो । सो नेम प्लेट देखेपछि यो पंक्तिकारले तत्कालै गोरखापत्र दैनिकमा राई यायोक्खाले जातीय स्वपहिचान खोजी रहेका कुलुङ समुदायका अगुवाहरुलाई डलर खान ‘राई !’ फुटाउन लागे ! भनी आरोप लगाउँछन् तर, डलर भने उनीहरु नै ‘एक जाति राई, २८ भाषी राई !’ को नाममा विभिन्न आइएनजिओबाट ल्याएर खान्छन् !’ भनी लेखेको थियो । स्मरणीय छ, त्यसपछि यायोक्खाले सो ‘नेम प्लेट’ नै हटायो । खास कुरो त यस्तो छ त, गणेश … राई ज्यु !

नोटः लु है छाङछा दाजु, नारायण सर, खासमा भूपध्वज हाम्रै वंशका (कुलुङ) भए तापनि र, सुरुमा कुलुङहरुका लागि केही गरेको मान्छे भए तापनि उनले आपूm खुशी गर्न नपाएपछि हामी कुलुङ संघ (कूलू गूसखोम) मा आएर सुशासन कायम गर्दै, नियमसंगत ढंगले संस्थालाई चलाउनुपर्ने/चलाउन प्रयास गरेपछि उहाँ अलग भएर जताभावी गर्ने कुलुङ समुदायलाई नै सकेसम्म भाँड्ने, बिगारसिङ गर्दै हिँड्ने गर्छन् । त्यही क्रममा अनेक नक्कली नाममा केही अनलाइनमा लेख, फिचर लेख्छन्, समाचार छपाउँछन् । जस्तै तुवाचुङ अनलाइन, थुम्सेन्युज र हजुरहरुको छहरा साप्ताहिक आदिमा । छहरा साप्ताहिकमा त हजुरले त्यसरी नक्कली नाममा र बिना फोटो नछाप्नुहोस्, गोपाल दाजु भनेपछि केही समय छाप्न छाड्नु भएको थियो, भूपध्वज को लेख नक्कली नाममा आउने…तर केकति कारणले हो, आजभोलि फेरि धाराबाहिक जस्तै ! आउन थालेके-छाप्न थाल्छ नु भएको गोपाल दाजु…!? अब मिडिया अथवा पे्रस-पत्रकारिता सम्बन्धी कानुनमै कुनै पनि लेखकको लेख छाप्दा लेखक भनिनेको फोटा, इमेल र सम्पर्क नम्बर (मोबाइल) नराखीकन छाप्न नपाउने अनिवार्य रुपमा तोकेरै व्यवस्था गर्नुपर्ने देखिन्छ । अन्यथा…!?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार