छोरी-छोराहरुः आमा-बाबुको आँसु नलागोस् !

  निनाम लोवात्ती
35 Shares

हिन्दु धर्म, मूल्यमान्यता, परम्परा, संस्कार र संस्कृतिअनुसार आज आमालाई सम्झने, पूज्ने दिन हो । यो दिन आमा हुनेहरुले आफ्ना आमालाई मिठो मसिनो खुवाउने, लुगाफाटा किने दिने र, आमालाई अरु वेलाभन्दा विशेष खुसी बनाउने–राख्ने र आमाबाट आशिर्वाद लिने गरिन्छ । हुनत विशव्का सबै जातजति, भाषाभाषी, धार्मिक समूह आदिमा आआफ्नै प्रकारमा धर्म, मूल्य–मान्यता, परम्परा, संस्कार र संस्कृति, चालचलन, रीतिथिति आदि रहेको हुन्छ । नेपाल मात्रै विश्वको एक यस्तो देश हो, विभिन्न जातजाति, भाषाभाषी, धार्मिक समुदाय मिलेर बसेका छन्, । नेपालमा बसोवास गर्ने सबै जातजाति, भाषाभाषी, धार्मिक समुदाय (समूह) का मानिसहरुले आफ्नै खालका धार्मिक आस्था, संस्कार, संस्कृति, मूल्य–मान्यता, जीवनशैली, रीतिथिति, परम्परागत रुपमा चल्नै आएको सामुदायीक कानुन, चालचलन एवम् कर्म–काण्ड प्रयोगमा ल्याउने गर्छन् । २०७८ सालको १२ औं राष्ट्रिय जनगणनाअनुसार नेपालमा १४२ जातजाति, १२४ भाषाभाषी र १० वटा धार्मिक समूह छन् । तर २०६८ सालको जनगणना चाहिँ १२५ जातजाति र १२३ वटा भाषाभाषीको तथ्यांक मात्रै रहेको थियो ।

खासमा भन्ने हो भने, विश्वका सबै जातजाति, भाषाभाषी एवम् धार्मिक समूहका मानिसहरुमा आफ्नै खालका धार्मिक आस्था, संस्कार, संस्कृति, मूल्य–मान्यता, जीवनशैली, रीतिथिति, परम्परागत कानुन, चालचलन र कर्म–काण्डहरु हुन्छन् । गहिरिएर हेर्दा सनातन हिन्दू (वैदिक–अवैदिक दुवै) धर्म मान्ने जात समूहका मानिसहरु पनि विश्वका आदिवासीहरु जसरी धार्मिक आस्था, संस्कार, संस्कृति, मूल्य–मान्यता, जीवनशैली, रीतिथिति, परम्परागत कानुन, चालचलन र कर्म–काण्ड आमिा जति धनी छन्, हिन्दु धर्म मान्ने समूहका मानिसहरु जत्तिकै धनी रहेको देखिन्छ, देख्न सकिन्छ । छोटो गन्थनमन्थनपछि अब लागौं खास विषयतर्फ । हो, आज हिन्दु धर्म, परम्परा, आस्था, विश्वास र मान्यताअनुसार आमाको मुख हेर्ने दिन हो । भनिन्छ, आज बिाहन सबेरै उठेर नुहाई, धुवाई गरी आमालाई फलफूल र मिठाई प्रसादका रुपमा दिएर ढोगेर पूजा गर्दा यस दिन आफूलाई जन्म दिने आमाले दिएको आशिर्वाद सँधैव लाग्ने गर्छ । हुन पनि आमा भनेको केवल बोलाउनलाई दिईएको एक नाम ‘आमा’ मात्रै होइन । वास्तमा आमाले हामी मध्ये जो कोही किन नहोस्, उसलाई जब भ्रुणमा मानवको रुपमा विकशित हुँदै गरेको हुन्छ, तबदेखि नै आमाले हामीलाई हेरचार र रेखदेख गर्ने गर्नु हुन्छ । त्यसैले त संस्कृत भाषामा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भनिएको हो । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’को अर्थ हो ‘–जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला अनि प्यारा हुन्छन् । हुन पनि आमाले नै हो, हामीलाई भ्रुणदेखि बालकको रुप हुँदै जन्मन योग्य नभईन्जेलसम्म आफ्नो गर्भमा अनेक दुःख–कष्ट सहेर, हन्डर खाएर, खाई नखाई, भोकै, तिर्खै नौ महिनासम्म बोक्नु हुन्छ ।’

यसरी हामीलाई भ्रुणदेखि बालकको रुप हुँदै जन्मन योग्य नभईन्जेलसम्म आफ्नो गर्भमा अनेक दुःख–कष्ट सहेर, हन्डर खाएर, खाई नखाई, भोकै, तिर्खै नौ महिनासम्म बोक्ने क्रमपछि जब प्रकृतिको नियमअनुसार आमाले हामीलाई जन्माउनु हुन्छ, कुन दुःखले, कति दुःखले कस्तो पीडा सहेर जन्माउनु हुन्छ ? त्यो त आमा भएर, भ्रुणदेखि बालकको रुप हुँदै जन्मन योग्य नभईन्जेलसम्म आफ्नो गर्भमा अनेक दुःख–कष्ट सहेर, हन्डर खाएर, खाई नखाई, भोकै, तिर्खै नौ महिनासम्म बोकेर प्रकृतिको नियमअनुसार जुन आमाले हामीलाई जन्माउनु हुन्छ, उहाँलाई मात्रै मान्छे (बालक) जन्माउनुको वास्तविक पीडा थाहा हुन्छ । त्यसो त आजभोलि प्रायः सबै आमाहरुले पहिलेपहिले जस्तो प्रकृतिको नियमअनुसार प्राकृतिक रुपमा कहाँ बच्चा (बालक) जन्माउँछन् र ?! सबै आमाहरु आजभोलि अस्पातल वा स्वास्थ्य चौकीमा जानु हुन्छ, बच्चा जन्माउनलाई । त्यसैले अहिले त प्रकृतिको नियमअनुसार प्राकृतिक रुपमै बच्चा नजन्माउने आमाहरुको संख्या अहिले ९५ प्रतिशतदेखि ९८ प्रतिशत पुगिसके होलान् । त्यसैले उनीहरु (अस्पताल वा स्वास्थ्य चौकी गएर बच्चा जन्माउने आमा) हरुलाई भ्रुणदेखि बालकको रुप हुँदै जन्मन योग्य नभईन्जेलसम्म आफ्नो गर्भमा अनेक दुःख–कष्ट सहेर, हन्डर खाएर, खाई नखाई, भोकै, तिर्खै नौ महिनासम्म बोक्दा भोगेको जीवन त अवश्य पनि थाहा हुन्छ नै । तर प्रकृतिको नियमअनुसार बच्चा नजन्माउने अहिलेका हाम्रा आमाहरुलाई प्रकृतिको नियमअनुसार प्राकृतिक रुपमै बच्चा जन्माउनुको दुःख–कष्ट र असह्य पीडा र अनुभूतिको महसुस चाहिँ अहिलेका हाम्रा आमाहरु भोग्नु, अनुभव र अनुभूति गर्नु पदैन । बरा–विचराहरु उहिलेका हाम्रा आमाहरु, माताहरु धन्य हुनु हुन्छ ?! हुन पनि उहिलेका हाम्रा आमाहरु मध्ये एक आमाले बताउनु भएअनुसार ‘प्रकृतिको नियमअनुसार प्राकृतिक रुपमै बच्चा जन्माउँदा आमाहरुको एक परान नै जान्छ ।’ भनाइको मतलब बच्चा जनमाउदा, बच्चा पाउँदाको समयमा माआहरु मरे तुल्य हुनु हुन्छ अरे । त्यो खालको दुःख–कष्ट र असह्य पीडाको अनुभूति आमाहरुलाई महसुस हुन्छ भन्ने चाहिँ हामीले विभिन्न जनावहरुले बच्चा पाएको हेर्दा, देख्दा पनि अनुभव गर्न सकिन्छ कि आमा हुनुको पीडा । एवम् प्रकारले आमाले सन्तान (छोरी होस् वा छोरो) जन्माउनुको पीडा । सायद त्यही भएर त होला हिन्दु धर्म शास्त्रहरुमा ‘आमाको महत्व अन्य चिजबिजको भन्दा हजारौं–हजार गुणाले बढी हुन्छ !’ भनेर लेखिएको…

हुनत अहिलेका हाम्रा आमाहरुले उहिलेका हाम्रा आमाहरुले जस्तो प्रकृतिको नियमअनुसार प्राकृतिक रुपमै बच्चा जन्माएर वास्तविक दुःख–कष्ट र असह्य पीडाको अनुभूतिको महसुस गर्न नपरे तापनि उहाँहरु पनि हाम्रा आमा नै हुनु हुन्छ । उहाँहरु पनि हाम्रा माता नै हुनु हुन्छ । उहाँहरु हाम्रा आमा वा माता मात्रै नभएर यो सिङ्गो धरतीकै माता हुनु हुन्छ । हो, त्यसैले उहाँहरु अर्थात् हाम्रा समस्त आमा, माता अथवा भनौं सिङ्गो धरतीका माताहरुलाई आज एक दिन मात्रै होइन, सँधै सफा मनले सम्झौं, हामीले हाम्रा आमाहरुलाई कहिल्यै पनि दुर्वचन नबोलौं, दुःख नदिऔं, पीडा नदिऔं । सकेसम्म हाम्रा आमाहरुलाई कस्टसाध्य जीवन बाँच्न नदिऔं ।

त्यो नै हामीले हाम्रा आमाहरुप्रति गरेको साँचो सेवा, हुनेछ, साँचो अर्थ धर्म गरेको ठहर्ने छ । अझ हामी मध्ये अधिकांश एक न एक पटक आमा–बाबुको धनी भई सकेका छौं । मैले गरेको व्यक्तिगत अनुभव र अरुहरुको जीवनमा देखेको आधरमा भन्नु पर्दा ‘हामीले हाम्रा आमा–बुबालाई सँधै मिठो मसिनो खान दिन नसके तापनि, राम्रो लाउन दिन नसके तापनि वेला औषधोउपचार गर्न नसके तापनि आमा–बाबुको चित्त दुःखाउन अथवा भनौं आमा–बाबुलाई रुवाउने काम चाहिँ कहिल्यै नगरौं । किनभने, त्यस्तो काम वा व्यवहार हामीबाट भएमा केही गरी हाम्रा आमा–बाबुले गाली सराप नै नदिए तापनि चित्त मात्रै दुःखाएमा पनि हामी (छोरी वा छोरा) लाई कहिल्यै पनि भलो चाहिँ हुँदैन । अहिलेलाई यति कुरो बुझौं, हामी छोरी वा छोराहरुले । केवल एक दिन लेघ्रो तानेर ‘आ…मा…., बु…बा….’ भनेर चेपारे पार्दै बोलाउने अनि यसो मिठो मसिनो पनि खुवाउने, राम्रो लुगा–फाटा लगाउन पनि दिने तर बाँकी दिन चाहिँ हामीले हाम्रा आमा–बाबुलाई जिउँदै नर्कको अनुभव गराउने काम गर्यौ भने के हुन्छ ? त्यसैले त्यस्तो काम चाहिँ नगरौं अहिलेलाई एती मात्रै…
आगे देखा जाएगा ?!…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार