हालै नक्कली फेसबुक आईडी बनाएर सामाजिक सञ्जालमार्पmत गीतेन्द्रबहादुर (जीबी) राई को हत्या भई सकेको (मरिसकेको) भन्दै, जीबी राई हत्या सम्बन्धमा छानबिन होस् भन्दै नेपाल प्रहरीको वेबसाईटमा भिडियो आएपछि प्रहरीले छानबिन गर्दा नक्कली नाम (फेक आईडी बनाएर) मा डिल्लीराम खनालले त्यो भिडियो पठएको पुष्टि भयो । हो, डिल्लीराम खनालले जहिल्यै (थाहा भएअनुसार प्रचारका लागि केही रकम खर्च लाग्छ भनेर पैसौ माग्छन् अरे यी भाईरलवाला यु ट्युबे पत्रकारहरुले) धेरथोर पैसा दिएर आप्mनो अन्तर्वार्ता दिँदै खनालले सँधै उट्पयाङ् र अन्टसन्ट बोल्ने गरेका थिए ।
पनि हुन पनि नेपालमा धेरै अघिदेखि नक्कली फेसबुक आईडी बनाएर सामाजिक सञ्जाल फेसबुकमार्पmत गीतेन्द्रबहादुर (जीबी) राई को हत्या भई सकेको (मरिसकेको) भन्दै, जीबी राईको हत्या सम्बन्धमा छानबिन होस् भन्दै नेपाल प्रहरीको वेबसाईटमा भिडियो आएपछि प्रहरीले छानबिन गर्दा नक्कली नाम (फेक आईडी बनाएर) मा डिल्लीराम खनालले त्यो भिडियो पठएको पुष्टि भयो । त्यसरी नक्कली नाममा डिल्लीराम खानलले नै भिडियो पठाएको पुष्टि भएपछि डिल्लीराम खनाललाई यही वैखाख १९ गते पक्राउ गरेको छ । सो कुरो काठमाण्डौ जिल्ला प्रहरी परिसरले जनाएको हो । काठमाण्डौ जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक नवराज लम्सालका अनुसार डिल्लीराम खनालले गृहमन्त्री र प्रहरी प्रमुखले जीबी राईलाई मारिसके भनी नक्कली नाममा भिडियो पठाएका थिए । जुन भिडियोमा खनालले अतिरञ्जित ढंग जे पायो त्यही बोलेका थिए । सो सम्बन्धमा अनुसन्धान गर्नका लागि खनाललाई ३ दिन समय थपेर राखिएको । । समाचार स्रोतः नेपाल प्रेस विसं २०८१, वैसाख १९ । स्मरण रहोस्, खनालले पहिले पनि यस्तै अन्टसन्ट बोल्ने र अरुलाई जताभावी आरोप लगाउने गरेका थिए । सोही क्रममा उनी यस अघि एक पटक पक्राउ परिसकेका मान्छे हुन् ।
हुनत विसं २०७७ माघ २७ मै तत्कालीन सरकारको मन्त्रीपरिषदको पूणर् बैठकले ‘सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०७७’ ल्याउने निणर्य गरेको थियो । तर, हालसम्म पनि सो बारेमा कतै केही चाईँचुईँ छैन । वास्तवमा वर्तमान सरकारले पनि सोही निर्देशिकामा थप व्यवस्था गरेर सो निर्देशिका तत्कालै व्यवहारिक रुपमै कार्यन्ययनमा ल्याए हुन्थ्यो ।
जुन सामाजिक सञ्जाल निर्देशिकाले फेसबुक, ईमो, भाइबर, मेसेन्जर, ह्वाटस् एप, इन्स्टाग्राम, ट्वीटर (एक्स), टिकटक, वी च्याट, ब्लग, यु ट्युब च्यानल, अनलाइन न्युज पोर्टल (डिजिटल पत्रका) लगायत सामाजिक सन्जाल खोल्दा त्यसरी कुनै पनि सामाजिक सञ्जालको एकाउन्ट खोल्न चाहने व्यक्तिले आप्mनो नागरिकता नम्बर अनिवार्य राख्नैपर्ने, विदेशमा हुने नेपालीहरुले समाजिक सञ्जाल खोलेमा आप्mनो पासपोर्ट नम्बर अनिवार्य रुपमा राख्नैपर्ने, नागरिकता नभएको (नावालक) व्यक्तिले जन्म दर्ता नम्बर राख्ने, आप्mनो सक्कली फोटा अनिवार्य रुपमा राख्नैपर्ने, औंठाको चक्र (फिंगर प्रिन्ट) अनिवार्य राख्नैपर्ने, अन्यथा कुनै पनि समाजिक सञ्जालहरुको एकाउन्ट नै नखुल्ने वा एक्टिभ नहुने व्यस्था गर्नुपर्ने देखिन्छ ।
नेपाल सरकारले अहिलेसम्म नेपालमा सञ्चालित सामाजिक जस्तै फेसबुक, ईमो, भाइबर, मेसेन्जर, ह्वाटस् एप, इन्स्टाग्राम, ट्वीटर (एक्स), टिकटक, वी च्याट, ब्लग, यु ट्युब च्यानल, अनलाइन न्युज पोर्टल (डिजिटल पत्रका) लगायतलाई लक्षित गरेर ‘ऐन, कानुन, नियम, विनियम, निर्देशिका, कार्यादेश, निर्देशिका, दफा, उपदफा आदिको व्यवस्था नगरेकैले होला, नियत खोटा भएका, बांगिएका केही व्यक्तिहरुले एकै व्यक्तिले अनेक नक्कली नाममा दर्जनौ सामाजिक सञ्जालहरु फेसबुक, ईमो, भाइबर, मेसेन्जर, ह्वाटस् एप, इन्स्टाग्राम, ट्वीटर (एक्स), टिकटक, वी च्याट, ब्लग, यु ट्युब च्यानल, अनलाइन न्युज पोर्टल (डिजिटल पत्रका) लगायत फेसबुक, भाइबर, ह्वाटस् एप, इन्स्टाग्राम, मेसेन्जर, ट्वीटर, ब्लग आदि खोलेर आपूmलाई मन नपरेको व्यक्ति, संस्था, राजनीतिक दल, राजनीतिक दलका नेता, राष्ट्र प्रमुख, राज्य प्रमुख समेतलाई तथानाम गाली गर्ने, जताभावी भन्ने, कुनै व्यक्ति विशेषलाई लक्षित गरेर जे पायो त्यही फोट/चित्र बनाएर पोष्ट गर्ने/राख्ने आदि कामहरु गरी रहेका छन् ।
र अनलाइन तथा ट्युब च्यानल हो, अब त्यस्तै गरिकन अब नेपाल सरकारले सामाजिक सञ्जालका असतसरक्त यु ट्युब (जसलाई यु ट्युबे भन्ने गरिन्छ) च्यानल र अनलाइन न्युज पोर्टल (डिजिटल पत्रिका पनि भनिन्छ ) लाई पनि अनिवार्य दर्ता गर्ने, सञ्चालक, प्रधान सम्पादक, सम्पादकलगायत टिममा रहेका सबै सदस्य वा भनौं कर्मचारीहरुको पनि परिचय र फोटा, मोबाइल वा सम्पर्क फोन नम्बर राख्नैपर्ने, सूचना तथा प्रसारण विभाग दर्ता नम्बर, आप्mनो कार्यलय रहेको ठेगाना र साइन बोर्ड सबैले देख्ने गरी राख्नैपर्ने, आप्mनो यु ट्युब च्यानल र अनलाइन न्युज पोर्टल (डिजिटल पत्रिकामा समाचार छाप्दा/प्रसारण गर्दा खासगरी अनलाइन न्युज पोर्टल (डिजिटल पत्रिका) मा लेख छाप्दा/लेख प्रकाशित गर्दा लेख्ने मान्छेले जेसुकै नाममा लेखे पनि, जेसुकै लेखे पनि लेखकको परिचय, सक्कली फोटा, इमेल एवम् सम्पर्क नम्बर राख्नैपर्ने व्यवस्था पनि गर्नुपर्ने देखिन्छ ।
त्यसैले जति सक्दो चाँडै समाजिक सञ्जाल मात्रै नभएर यु ट्युब च्यानलहरुका सथै अनलाइन न्युज पोर्टलहरुलाई पनि अनिवार्य दर्ता गर्ने, नियन्त्रय र नियमन गर्ने कडा खालको नयाँ निर्देशिका जारी गर्नुपर्ने टड्कारो आवश्यक्ता देखिन्छ । यसो किन गर्ने ? भन्दा कतिपय यु ट्युब च्यानल, अनलाइन न्युज पोर्टल र, केही हदसम्म प्रिन्ट मिडिया (खासगरी साप्ताहिक पत्रपत्रिका र केही दैनिक पत्रपत्रिका) हरुको (सबै होइन !) को उदण्डता र गैर जिम्मेवारपूणर् ढंगले समाचार लेख लेख्ने र आपूmले भनेको मान्ने मान्छेहरुलाई नक्कली नाममा लेख लेखाउने लगायतका गतिविधि रोकिने छैन । त्यसैले साह्रै भएन भने, त्यसरी जताभावी समाचार लेख्ने र कुनै व्यक्तिलाई उचालेर नक्कली नाममा कसैका विरुद्ध लेख लेखाउने मिडियाहरु (अनलाइन न्युज पोर्टलहरु) को दर्ता नै खारेज गर्ने अथवा बन्द गर्नेसम्मको कदम चाल्नुपर्ने देखिन्छ । त्यसका लागि नै सरकारले जति सक्दो चाँडो नेपाली पत्रपत्रिका र पत्रकारिता सम्बन्धी निर्देशिका तुरुन्तै व्यवहारमा लागू होस् ।
त्यसपछि मात्रै अहिलेको विकृति अर्थात् सामाजिक सञ्जालमा, यु ट्युब च्यानल र अनलाइन न्युज पोर्टलहरुमा आम मानिसलाई सही ढंगले सूचना दिनु र सुसूचित गराउने उदेश्यले सही साँचो कुरो पस्कने अनि सच्चा पत्रकारिता गर्नेभन्दा पनि निश्चित उदेश्यसहित ‘पित पत्रकारिता गर्ने’ र योजनावद्ध ढंगले व्यक्ति, समूह र संघ-संस्था, धर्म, भाषा, जाति आदिका विरुद्घ योजनावद्ध ढंगले ‘‘माल इन्फोर्मेसन, मिस इन्फोर्मेसन, डिस इन्फोर्मेसन, इन्फोडेमिक इन्फोर्मेसन, मिडिया गेट किपिङ !’’ गर्ने, समाचार र लेख रचना छपाउन भनी पत्रकारिताको खोल ओढेका केही मान्छेहरुलाई सही बाटोमा हिँडाउन सकिन्छ कि ?