किन नेपाल आउँदैनन् खर्चिला चिनियाँ पर्यटक ?

  निनाम लोवात्ती
14 Shares

हो, नेपालमा मात्रै किन खर्चिला चिनियाँ पर्यटकहरुक आउँदैनन् ? अब हामीले यस विषयमा गम्भीर भएर विचार-विर्मश गर्नुपर्ने देखिन्छ । हुनत कम खर्च गर्ने चिनियाँ पर्यटक नै किन नहोस्, त्यस्ता चिनियाँ पर्यटकहरु सन् २०१९ को डिसम्बर महिनाको अन्त्यतिर सुरु भएको कोरोना महामारी पछि ९२-९३-९४ देखि ९७-९८-९९ प्रतिशत कम मात्रै नेपाल भ्रमण गर्न आई रहेका छन् । त्यसो हुनुमा सन् २०१९ को अन्त्यतिर सुरु भएको कोरोना महामारीपछि चीेन सरकारले आप्mना देशका नागरिकहरुलाई विश्वका कुनै पनि देशमा पर्यटक भई घुम्न जान निषेध गर्यो । यस्तो बन्देजलाई सन् २०२३ मा मात्रै चीन सरकारले खुल्ला गरेको हो । सन् २०२३ को सुरु ताका दुई चरणमा आप्mना देशका नागरिकहरुलाई विदेश भ्रमण गर्न अनुमति दिएको थियो, चीन सरकारले । हो, चीन सरकारले आप्mना देशका नागरिकहरुलाई पहिलो चरणमा २० देशमा जान अनुमति दिएको थियो भने दोस्रो चरणमा ४० देशमा जान अनुमति दिएको थियो भने चीन सरकारले आप्mना देशका नागरिकहरुलाई विदेश भ्रमणमा जान योग्य देशमा नेपाललाई दोस्रो चरणमा पारेको थियो ।

जे होस् चीन सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयले पहिलो चरणमा आप्mना देशका नागरिकहरुलाई सन् २०२३, पेब्रुअरी ६ तारिखदेखि विदेश भ्रमण गर्न योग्य देशका रुपमा अनुमति दिएको २० वटा देशहरु थिएः १, थाईल्यान्ड । २, इन्डोनेसिया । ३, कम्बोडिया । ४, माल्दिभ्स । ५, श्रीलंका । ६, फिलिपिन्स । ७, मलेसिया । ८, सिंगापुर । ९, लाओस । १०, संयुक्त अरब ईमिरेट्स । ११, इजिप्ट । १२, केन्या । १३, दक्षिण अफ्रिका । १४, रुस । १५, स्वीटजरल्यान्ड । १६, हंगेरी । १७, न्यु जिल्यान्ड । १८, फिजी । १९, क्युबा र २०, अर्जेन्टिना ।

हुनत चिनियाँ पर्यटकको हालको प्रथम रोजाईका देशहरुमा चाहिँ जापान, दक्षिण कोरिया, अमेरिका, अष्ट्रेलिया, नर्बे, फ्रान्स, जर्मनी, अष्ट्रिया, इटली, पोर्चुगल आदि देशहरु रहेका छन् । त्यसो त हालसालै चिनियाँ पर्यटन उद्योगसँग सम्बन्धित संस्था ‘चाईना आउटबाउन्ड टुरिज्म रिसर्च ईन्स्टिच्युट (कोटरी) ले गरेको एक रिपोर्टमा उल्लेख भएअनुसार सन् २०१९ मा एक सय ७० मिलियन चिनियाँ नागरिक पर्यटक भएर विव्शका विभिन्न देश घुम्न निक्लिएका थिए भने, सन् २०२३ मा पनि एक सय १० मिलियन चिनियाँ नागरिकहरु पर्यटक भएर विदेश भ्रमणमा निक्लने अनुमान गरिएको छ । त्यस्तै सन् २०१९ मा चिनियाँ पर्यटकले विश्वका विभिन्न देश घुम्ने क्रममा दुई सय ५४ दशमलब ६ बिलियन अमेरिकी डलर खर्च गरेका थिए ।

चिनियाँ नागरिक जो पर्यटक भएर विश्व भ्रमण गर्न निक्लिने गरेका छन्, केही वर्षदेखि उनीहरु विश्वकै धेरै पर्यटकका रुपमा दरिएका छन् । त्यस्तै चिनियाँ पर्यटकहरु विश्वकै धेरै खर्च गर्ने पर्यटकका रुपमा पनि दरिन थालेका छन् । त्यही भएर पनि विश्वका विभिन्न देशले आ-आप्mनो देशमा चिनियाँ पर्यटक भित्र्याउनका लागि अनेक खाले सहुलियत र आकर्षक ‘टुर प्याकेज’ ल्याउन थालेका थिए-थालेका छन् । जस्तो क, पूर्वी युरोपमा अवस्थित देश अल्बानियाले त केही वर्ष अघिदेखि चिनियाँ पर्यटकलाई ‘फ्रि भिसा’मा आप्mनो देश घुम्न दिने गरेको छ । त्यस्तै गरेर ट्रिप डट कमको, डाटा ग्रुपलाई उद्धृत गर्दै लेखिएअनुसार सन् २०२२ को डिसेम्बर अन्तिम ताका मात्रै दुई सय ५४ प्रतिशतले चिनियाँ नागरिकले अन्य देशको भ्रमणमा जानका लागि एयर टिकट काटेको तथ्यांक रहेको थियो ।

यो पंक्तिकारको विचारमाचाहिँ हामीले चिनियाँ पर्यटक धेरै भन्दा धेरै नेपाल भित्र्याउनका लागि चीनको ठूलो र धेरै जनसंख्या बसोवास गर्ने सहरहरु चोङकिङ, साङघाई, बेईजिङ, छेङदु, ग्वाङझाओ, शेनजेन, तियानजिन, वुहान, शुझोउ, हार्बिन लगायतअ सरहमा चीन-नेपाल सीधा हवाई उडानका लागि पहल गर्नुपर्ने देखिन्छ । त्यस्तै अर्को भनेको हामीले चिनियाँ एयरलाईन्सहरु साउथ चाईना एयरलाईन्स, चाईना ईस्टर्न, एयर चाईना, हाईनान एयर, शाङघाई एयर, शेनजेन एयर, सिचुआन एयर, सियामेन एयर आदिलाई नेपालमा कम्तिमा हप्ताको एक-एक उडान गराउन पहल गर्नुपर्ने देखिन्छ । अझ संभव भएदेखि हप्तामै २०-२२ उडान गर्न सके झनै राम्रो हुन्छ । हुनत १७ जनवरीदेखि हिमालय एयरले चीनको राजधानी बेईझिङमा आप्mनो उडान फेरि सुरु गरिसकेको छ । त्यस्तै नेपाल एयरलाईन्सले पनि चीनको राजधानी बेईझिङ, गुईयाङ, चाङसा, शेनजेन लगायत सहरमा उडान गर्ने तयारी गरिरहेको भन्ने समाचार आएको छ ।

खासमा सन् २००३ देखि मात्रै चिनियाँ नागरिकहरु पर्यटकका रुपमा नेपाल आउन थालेका हुन् । सो वर्ष ७ हजार ५ सय ६२ जना चिनियाँ पर्यटकहरु नेपाल भित्रिएका थिए । त्यसयता चिनियाँने पर्यटकको संख्या लगातार बढेको थयो गएको दुई तीन वर्ष (सन् २०२०, २०२१, २०२२ मा) बाहेक । त्यसैले हामीले अबको केही वर्षपछि नै नेपाल आउने विदेशी पर्यटकको धेरै संख्या उत्तरको छिमेकी देशलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ । विगत केही वर्षदेखि विश्वकै पहिलो नम्बर (धेरै संख्यामा पर्यटक भएर विदेश घुम्ने र प्रति व्यक्ति दैनिक धेरै खर्च गर्ने) को रुपमा विदेश घुमी रहेका र, सबैभन्दा धेरै दैनिक खर्च गरी रहेका त्यही चिनियाँ पर्यटकहरु नेपाल भ्रमणमा चाहिँ किन कम संख्यामा आउँछन् ? उनीहरुले नेपालमा आउँदा किन कम खर्च गर्छन् ? यस विषयमा बेलैमा सोच्नुपर्ने देखिन्छ ।

त्यसमाथि नेपाल आउने चिनियाँ पर्यटक भनेका छोटो यात्रामा निक्लने र कम खर्च गर्ने खालका छन् । जस्तै चिनियाँ पर्यटकहरु नेपालमा चार/पाँच दिनदेखि नौ/१० दिनसम्म बिताउनेहरु बढी देखिन्छ । हुन त चिनियाँ पर्यटकहरु ट्रेकिङ, र्याफ्टिङ, जंगल सफारी, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ, साइक्लिङ, क्यानोइङ आदि गतिविधि पनि गर्ने भएकोले चिनियाँ पर्यटकबाट टुर अपरेटरहरुलाई आर्थिक रुपमा भने भारतीय एवम् अन्य देशका पर्यटकहरु भन्दा चिनियाँ पर्यटकबाट धेरै फाइदा भई रहेको देखिन्छ । तापनि हामीले सकेसम्म धेरै भन्दा धेरै डिलक्स, लक्जरियस र, सक्दो खर्च गर्न सक्ने खालका चिनियाँ पर्यटक भित्र्याउने प्रयासमा लाग्नु पर्ने देखिन्छ । हुन पनि धेरै वर्षअघि देखि नै नेपाल आउने विदेशी पर्यटक खर्चालु पनि होस् न ? भनी बहस र छलफल चलाइएको भए तापनि हालसम्म त्यसरी मन फुकाएर खर्च गर्न सक्ने विदेशी पर्यटक धेरै कम संख्यामा मात्रै आई रहेका छन् । स्थानीय रुपमा होटल, होमस्टे, गेस्ट हाउस तथा लज चलाउने व्यवसायीहरुका अनुभवमा आजभोलि बरु आन्तरिक पर्यटक (नेपाली) हरुले पो बरु विदेशी पर्यटकभन्दा कता हो कता बढी खर्च गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार