इलामको फिक्कलमा ‘सूर्योदय सडक महोत्सव’

  नयाँ बुलन्द
28 Shares

इलाम : पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्योदय नगरपालिकास्थित फिक्कल बजारमा सोमबारदेखि पाँचौ सूर्योदय सडक महोत्सव सुरु भएको छ । सूर्योदय होटल व्यवसायी संघ, युनाइटेड फिक्कल क्लब र सूर्योदय जेसिसको आयोजनामा सुरु भएको दुई दिने सडक महोत्सवको उद्घाटन सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले गरे ।

महोत्सवको उद्घाटन गर्नुहुँदै प्रमुख राईले महोत्सवले इलामको पर्यटन विकास र पहिचानमा नयाँ इँटा थपेको बताए । उनले पर्यटकीय नगरीमा आयोजना गरिएको महोत्वले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयो पुग्नेमा विश्वास व्यक्त गरे ।

सडकमा मङ्गलबारसम्म विविध कार्यक्रम गरी महोत्सव मनाईने आयोजक संस्था सूर्योदय होटल व्यवसायी संघका अध्यक्ष प्रज्वल प्रधानले जानकारी दिए । महोत्सवमा स्थानीय खाद्यान्न परिकार, हस्तकला सामग्री, विद्युतीय सवारी साधन, वातावरणमैत्री निर्माण सामग्री र स्थानीय पर्यटकीय उपजका गरी २५ वटा स्टलहरु राखिएका छन् । महोत्सवमा रैथाने खानाका परिकारका स्टललाई प्राथमिकता दिइएको प्रधानले बताए ।

महोत्सवका अवसरमा विभिन्न जातजातिका साँस्कृतिक झाँकीसहित कार्यक्रम प्रस्तुत गरिनेछ ।

महोत्वमा ‘द एकस ब्याण्ड’ र गायिका रचना रिमालसहितका कलाकारहरुको साँगीतिक प्रस्तुति रहेको उहाँले बताउनुभयो । महोत्सवमा करिब १५ हजार आन्तरिक पर्यटक भित्र्याउने आयोजकको लक्ष्य छ । फिक्कलमा विगत पाँच वर्षदेखि नियमित रुपमा सडक महोत्सव आयोजना हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार