माङसेबुङ गाउँपालिकाको पर्यटन सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)
नयाँ बुलन्द
42
Shares
गाउँपालिकाका प्रमुख पर्यटकीय आर्कषक गन्तव्यहरुको आन्तरिक तथा बाह्य पर्यटन बजारमा बजारीकरणका लागि देशका मुख्य पर्यटकीय केन्द्रहरुमा माङसेबुङ डेस्कको स्थापना गर्न निजी क्षेत्र, सामुदायिक क्षेत्र, अन्य स्थानीय तह र सरकारी निकायसँग समन्वय र साझेदारी गर्ने नीति लिईनेछ ।
माङसेबुङ गाउँपालिकामा रहेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका क्षेत्रहरु गजुरमुखीधाम, माङसेवुङ, माङमालुङको गुरुयोजना निर्माण कार्य सम्पन्न भईसकेको हुनाले उक्त गुरुयोजना कार्यान्वयन गर्न प्रदेश सरकार, संघीय सरकारसँग लागत साझेदारी कार्यक्रम संचालन गर्न पहल गरिनेछ ।
गाउँपालिकाभित्रका अन्य राष्ट्रिय महत्व राख्ने राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मस्थल चुक्चिनम्बा, विराटज्योति माङहिम, अन्धाराजा अन्धारानी, पाङबुहाङ गुफा, ढ्याङगुरे डाँडा, खराने थुम्का, घोर्लेभीर, तारेभीर, फुलुंगी, खत्रप्पा जस्ता पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार सहितको विभिन्न पर्यटकीय सर्किट तथा संजालहरुको विकास गर्न गुरुयोजना निर्माण तथा विस्तृत आयोजना प्रतिवेदन तयार गरी प्रदेश सरकार, संघीय सरकार, निजी क्षेत्र र बाह्य लगानीलाई प्रोत्साहन गरी पूर्ण सुविधायुक्त पर्यटकीय स्थलहरुको विकास गर्दै लगिनेछ । गजुरमुखीधाम, माङसेबुङ, माङमालुङ, विराटज्योति माङहिमलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न पहल गरिनेछ ।
किरात धर्माबलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङलाई किरात धार्मिक क्षेत्रको रुपमा साझेदारीमा विकास गर्न संघीय र प्रदेश सरकारसँग पहल गरिनेछ ।
साहसिक खेल रक क्लाइम्बिङको लागि घोर्लेभीर, तारेभीर तथा प्याराग्लाइडिङ्गको चतुरेदेखि लारुम्बा, नावालुङदेखि गजुरमुखीधाम, उत्तरेदेखि रतुवाबेसी, तीनथुम्कीदेखि चतुरे आदिको सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न निजी क्षेत्रसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।
ग्रामीण पर्यटन प्रवर्द्धन निम्ति सामूहिक घरबास (Home Stay) तथा सामुदायिक आवास व्यवस्थापनका लागि प्राविधिक सहयोग र तालिमको व्यवस्था गरी सेवाको गुणस्तर वृद्धि गरिनेछ ।
किरात धर्म गुरुज्यूको आश्राम लारुम्बा क्षेत्र, खत्रक्पा, फुलुङ्गी, चुक्चिनम्बा, अगौटे, गजुरमुखीधाम, माङमालुङ धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको विकासको लागि प्रदेश सरकार, सङ्घीय सरकार तथा दातृ निकायहरुसँग सहकार्य समन्वय गरिनेछ । माङसेबुङको लारुम्बा क्षेत्र वृहत्तर विकासका लागि दातृ निकाय स्वीस सरकारसँग समन्वय गरिनेछ ।
धार्मिक तथा पर्यटकीय क्षेत्र माङमालुङलार्इ सुनाखरी क्षेत्रको रुपमा विकास गर्न सरोकारवाला‚ विभिन्न सङ्घ संस्थाहरु तथा व्यक्तिहरुसँगको सहकार्यमा सुनाखरी फुल रोपन गर्ने नीति लिइनेछ ।
गजुरमुखीधाम‚ माङमालुङधामको विकासको लागि सरोकारवालाहरुसँग छलफल गरी धार्मिक पर्यटकीय क्षेत्र विकास ऐन निर्माण गरी गाउँपालिकाको स्वामित्वमा ल्याउन पहल गरिनेछ ।
माङमालुङ बन क्षेत्रलाई सामूदायीक वन उपभोक्ता समितिको अवधारणामा लगि ब्यवस्थित गरिने छ ।