माङसेबुङ गाउँपालिकाको सहकारी सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)
नयाँ बुलन्द
0
Shares
विकासको एक प्रमुख साझेदारको रुपमा विकास भएको सहकारी क्षेत्रको लागि गाउँपालिकामा सहकारी समन्वय समिति गठन गरिनेछ ।
अनुगमन तथा नियमनलाई प्रभावकारी बनाई सहकारी क्षेत्रको सुशासन कायम गरिनेछ ।
सहकारी क्षेत्रको प्रवर्द्धन र विकासका लागि सबैखाले सहकारी संघ संस्थाहरुसँग समन्वय र सहकार्य गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
सहकारी तथा बचत समूहहरुलार्इ क्रियाशिल बनाई व्यवस्थित बनाइनेछ ।
सहकारी संस्था, जल उपभोक्ता समिति, खानेपानी उपभोक्ता समिति, निजी खानेपानी, संघसंस्था आदिलाई नियमानुसार वडा वा पालिकामा दर्ता तथा नवीकरण गर्न आवश्यक पहल गरिनेछ ।