माङसेबुङ गाउँपालिकाको सामाजिक सुरक्षा तथा संरक्षण सम्बन्धी नीति तथा कार्यक्रम (पूर्ण पाठ)
नयाँ बुलन्द
28
Shares
वैदेशिक रोजगारीबाट फर्किएका तथा बेरोजगारमा सूचीकृत युवाहरुलाई लक्षित गरी पारिश्रमिकमा आधारित सामुदायिक आयोजना र राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम आयोजना संचालन गरिनेछ ।
सुरक्षित आप्रावासन कार्यक्रम अन्तर्गत मनोसामाजिक परामर्श, वित्तीय साक्षरता कार्यक्रम संचालन गरिनेछ । यस कार्यक्रमका लागि प्राप्त हुने संघीय सशर्त अनुदानमा गाउँपालिकाले आवश्यक रकम थप गर्नेछ ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गतका कार्यक्रमहरु संचालनका लागि संघीय शसर्त अनुदानमा आवश्यक रकम प्राप्त हुनेछ ।
नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनहरूमा योगदान पुर्याउनुहुने शहीद परिवार, घाइते, अपाङ्गता भएका व्यक्ति तथा बेपत्ता परिवारका सदस्यहरूको सम्मान र जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले रोजगारीका अवसर सिर्जना तथा व्यवस्थापन गरिनेछ ।
बसाइँसराइका कारण गाउँपालिका बाहिर गएका र पुनः घर फर्की बसोबास गर्न आउने परिवारहरूलाई स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धनका लागि व्यावसायिक अनुदान उपलब्ध गराई सहज पुनःस्थापनाको व्यवस्था गरिनेछ।