फाकफोकथुम गाउँपालिकाको विनियोजन विधेयक-२०८३, (पूर्ण पाठ)

  नयाँ बुलन्द
119 Shares

 

फाकफोकथुम गाउँपालिकाको विनियोजन विधेयक-२०८३, (पूर्ण पाठ)

 

फाकफोकथुम गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

आमचोक, इलाम

कोशी प्रदेश, नेपाल

 

 

फाकफोकथुम गाउँपालिकाको  विनियोजन विधेयक, २०83

फाकफोकथुम गाउँपालिकाको आर्थिक बर्ष 2083/84 को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

1. संक्षिप्त नाम र प्रारम्भः (१) यस विनियोजनको नाम “ फाकफोकथुमगाउँपालिका विनियोजन ऐन, २०83” रहेको छ ।

2. आर्थिक वर्ष 2083/84 को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकारः (१) आर्थिक वर्ष २083/84 को निमित्त गाउँ कार्यपालिका, वडा कार्यालय, विषयगत शाखाले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची- १ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्चको रकम समेत गरी जम्मा रकम रु. 52,56,17,990 (अक्षरेपी बाउन्न करोड छपन्न लाख सत्र हजार नौ सय नब्बे मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम खर्च गर्न सकिनेछ।

3. विनियोजनः (१) यस विनियोजनद्धारा सञ्चितकोष बाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २083/84 को निमित्त फाकफोकथुम गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय एवं विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनिफाकफोकथुम गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय र विषयगत शाखाले गर्ने सेवा र कार्यहरुको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा फाकफोकथुम गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकमान्तर गर्न सक्नेछ । यसरी रकमान्तर गर्दा एक शिर्षकबाट सो शीर्षकको जम्मा रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरुमा रकमान्तर गर्न तथा निकासा र खर्च जनाउन सकिनेछ । चालु खर्च शिर्षकबाट पूँजीगत खर्च शिर्षकमा रकमान्तर गर्न सकिनेछ भने पूँजिगत खर्च अन्य चालु खर्च शीर्षकमा रकमान्तर गर्न सकिने छैन । 

३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एकशीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरुमा रकमान्तर गर्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

४) संचित कोषबाट विनियोजन हुने रकम अनुसूची-१ वमोजिमहुनेछ । संचित कोषमा जम्मा हुने रकमको श्रोत र रकम अनुमान अनुसूची २ वमोजिम हुनेछ ।

 

 

अनुसूची-१

(दफा २ सँग सम्बन्धित)

संचित कोषबाट विनियोजन हुने रकम

क्र.सं.

शिर्षकको नाम

चालु खर्च

पूँजिगत खर्च

जम्मा

.

गाउँ कार्यपालिका

144515267

102100000

246615267

.

1 नं. वडा कार्यालय

1915923

2310000

4225923

.

नं. वडा कार्यालय

2724000

1425800

4149800

.

नं. वडा कार्यालय

1522000

2561800

4083800

.

नं. वडा कार्यालय

1680800

2500000

4180800

.

नं. वडा कार्यालय

2882400

1150000

4032400

.

नं. वडा कार्यालय

1700000

2380000

4080000

.

नं. वडा कार्यालय

2305000

1745000

4050000

.

स्वास्थ्य शाखा सशर्त/आयुर्वेद समेत

38100000

0

38100000

१०.

शिक्षा शाखा (सशर्त)

201200000

3000000

204200000

११.

कृषि विकास शाखा

3200000

0

3200000

१२.

पशुपंक्षी सेवा शाखा

2800000

0

2800000

१३.

महिला बालवालिका तथा समाजकल्याण शाखा

1400000

0

1400000

१४.

न्यायिक समिति सञ्चालन खर्च

500000

0

500000

जम्मा

525617990

 

 

अनुसूची -2

(दफा २ सँग सम्बन्धित)

संचित कोषमा आम्दानीको श्रोत

 

क्र. सं.

शीर्षकको नाम

जम्मा

.

सङ्घीय समानीकरण अनुदान

95900000

.

संघीय राजश्व बाँडफाँड

81803000

.

विशेष अनुदान संघीय सरकार

15000000

.

समपुरक अनुदान संघीय सरकार

18400000

.

सशर्त अनुदान चालु नेपाल सरकार

246900000

.

सशर्त अनुदान पुँजीगत नेपाल सरकार

8400000

.

प्रदेश समानिकरण अनुदान

8594000

.

प्रदेश राजश्व बाँडफाँड

7520990

.

सशर्त अनुदान चालु प्रदेश सरकार

5200000

१०.

सशर्त अनुदान पुँजीगत प्रदेश सरकार

6900000

११.

समपुरक अनुदान प्रदेश सरकार

14000000

१२.

गत आवको नगद मौज्दात (अनुमानित)

3500000

१३.

आन्तरिक श्रोत (अनुमानित)

11500000

१४.

जनसहभागिता/घरजग्गा रजिस्ट्रेशन

2000000

जम्मा

525617990

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार