खरबौं लगानी भएको ‘होटल उद्योग’

  निनाम लोवात्ती
14 Shares

केही समयअघि एक दैनिकमा आएको समाचारमा हालसम्म लगभग २१ अर्ब नेपाली रुपैयाँ बराबरको लगानी होटेल क्षेत्रमा भएको छ । सो समचारअनुसार गत आर्थिक वर्ष (२०७९-०८० मा) मात्रै नेपाली होटेल क्षेत्र (उद्योग) मा २० अर्ब भन्दा बढी लगानी भएको छ । समाचारअनुसार झण्डै एक दर्जन नयाँ होटेल र रिसोर्ट गत वर्ष मात्रै सञ्चालनमा आएको हो ।

हुनत गएको पुस २० गते आएको अर्को समाचारअनुसार नेपाल उद्योग महासङ्घ अन्तर्गत रहेको पर्यटन तथा हवाई यातायात समितिको प्रतिनिधिहरुले नेपाल सरकारका तत्कालीन कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङलाई भेटेर होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकतामा राखेर उद्योगको मान्यता दिनुपर्ने माग राखेका थिए । मन्त्री धनराज गुरुङले नेपालका तारे होटलहरुलाई उच्च प्राथमिकतामा राखेर उद्योगका रुपमा समावेश गर्न आपूmले पहल गर्ने आश्वासन दिएका थिए । उनले होटल मात्रै नभएर नेपालका सबै उद्योग व्यवसाय सहज ढंगले सञ्चालन गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएउँदै व्यवसायीहरुको मागका सम्बन्धमा आपूm सकारात्मक रहेको भनी बताएका थिए ।

भनिन्छ, विसं २०८० मा मात्रै नेपालमा १७ वटा पाँचतारे होटल थपिनेवाला छ । त्यसरी नेपालमा थपिने अधिकांश नयाँ पाँचतारे होटलको व्यवस्थापन विदेशी (चेन) होटलले सम्हाल्ने पनि समाचारमा जनाईएको छ । अब नेपालमा नयाँ थपिएका पाँचतारे होटल र पहिलेदेखि नै सञ्चालन हुँदै आएका पाँचतारे होटल गरेर ३६ वटा पाँचतारे होटलको संख्या पुग्ने छ । साथै ती ३६ वटा पाँचतारे होटलको बेड संख्या पाँच हजार २३४ वटा पुग्ने छ । यसरी थपिएका पाँचतारे होटल र होटलको बेड संख्याले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरु जो ‘लक्जरी’ तथा ‘डिलक्स’ सेवा सुविधा उपभोग चाहन्छन्, त्यस्ता विदेशी पर्यटकहरुका लागि प्रशस्त बेड संख्या र सेवा सुविधा उपलब्ध हुने देखिन्छ ।

त्यसो त विश्वले होटलका साथै समग्र पर्यटन क्षेत्रलाई ‘धुवाँरहित उद्योग’को मान्यता दिएको छ । अथवा भनौं विश्वमा समग्र पर्यटन उद्योगलाई ‘धुवाँरहित उद्योग !’ भनेर चिन्ने गरिन्छ । सामान्यतया पर्यटन उद्योग भन्नाले होटल, मोटेल स्मरणीय छ, नेपालमा हालसम्म मोटेल नभएको जस्तो लाग्छ, यो पंक्तिकारलाई, त्यस्तै गरेर कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होम स्टेका साथै पदयात्रा, पर्वतारोहण, जलयात्रा, जमेको हिउँ जो नीलो ढीक्का चढ्ने (आईस क्लाईम्बिङ गर्ने), निकुञ्ज पर्यटन, बन्जी जम्पिङ, क्यानोईङ, स्की खेल, बर्ड वाचिङ, फिसिङ, शिकार पर्यटन, हट एयर बेलुनिङ, जिप प्mलाईएर, चट्टान आरोहण, स्काई वाक, कायाकिङ, साइक्लिङ, जंगल सफारी, मोटर ड्राईभिङ, बाइकिङ, हाईकिङ, स्काई डाइभ, माउन्टेन प्mलाईट, कल्चरल टुर, मेडिकल टुर, ध्यान पर्यटन, योग र योगा पर्यटन, गाउँ अवलोकन भ्रमण, एकल जातीय वस्ती भएकोगाउँको भ्रमण, प्राचीन सहरहरु, स्मारक, किल्ला, सांस्कृतिक सम्पदा, युद्घस्थलको भ्रमण, पुतली अवलोकन, जंगली जनावहरुको अवलोकन आदिलाई बुझिन्छ ।

नेपाली पर्यटनको मेरुदण्डको रुपमा रहेको होटेल क्षेत्रलाई सरकारले जति सक्दो अब उद्योगको मान्यता दिएर सोहीअनुसारको सहुलियतहरु होटलका सञ्चालकहरुलाई उपलब्ध गराउनु पर्छ । त्यसै पनि निजी प्रयासमा नेपालमा पाँचतारे, चारतारे, तीनतारे,दुईतारे, एकतारे र पर्यटकस्तरीय होटल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे बन्ने र थपिने क्रम देश व्यापी रुपमा बढ्दो क्रममा रहेको छ । कुनै पनि मान्छे आप्mनो देश छाडेर दोस्रो देश जाने बित्तिकै वा आप्mनो घर छाडेर अन्यत्र जाने बित्तिकै सबैभन्दा पहिले बस्ने व्यवस्था हुनु जरुरी हुन्छ । त्यसपछि मात्रै उसले के खाने के पिउने ? भन्ने चिन्ता गर्छ वा खाने/पिउनेको व्यवस्था गर्छ । अथवा कुनै पनि मान्छेले आप्mनै देशमा पनि आप्mनो घर छाडेर २४ घण्टा वा एक रात बिताउने गरी दोस्रो ठाउँ जाने बित्तिकै उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यक्ता पर्छ । यस्तो खालको भ्रमणमा निक्लने मान्छेलाई नै पर्यटक मान्ने गरिन्छ । अर्को महत्वपणर् कुरो के भने, जसले आप्mनो घर वा देश छाडेर एक रात एक दिन (२४ घण्टा) बाहिर गएर बिताउँछ, उसलाई पर्यटक (आन्तरिक र बाह्य पर्यटक) मान्ने भन्ने संयुक्त राष्ट्र संघसँगको मातहत रहेको ‘विश्व पर्यटन संगठन (युएन-डब्लुटिओ)’ को मान्यता वा भनौं परिभाषा रहेको छ । त्यसरी हेर्दा त कहिलेकाँही भारतीय सीमा क्षेत्रको होटल वा लजमा बसेर दिउँसो एकैछिन नेपाल घुमेर बास बस्न भारततिरै जाने विदेशी (विशेषतः बौद्ध धर्मालम्बीहरु) पर्यटकहरुलाई हामीले पर्यटक मान्ने कि नमान्ने ? खास गरी हाल भगवान मानिएको र बुद्ध धर्मका प्रवद्र्धक मानिएका गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा घुम्न एक छिन नेपाल आउने र सोही दिन भारततिरै फर्किने विदेशी पर्यटकहरुलाई हामीले पर्यटकको सूचीमा राख्ने कि नराख्ने ? यस बारेमा हामीले गम्भीर भएर सोच्ने दिन पनि आई सकेको छ ।

समग्र नेपालको पर्यटन उद्योगको पनि विशेषतः होटल क्षेत्रको कुरो गर्दा (कोभिड-१९) को महामारीअघि ‘दिन दुई गुणा रात चौ गुणा’ले उन्नति वा भनौं प्रगति भई रहेको थियो । तर पनि (कोभिड-१९) पछि सन् २०२२ र सन् २०२३ मा भने नेपालमा पर्यटनले अपेक्षा गरेभन्दा राम्रो प्रगति गर्यो । किनभने (कोभिड-१९) पछि, सन् २०२३ मा मा १० १४ ८७६ जना विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेको तथ्यांक हालै प्रकाशित भएको छ । त्यसो त नेपाली होटल क्षेत्रको कुरो गर्दा लगभग पाँच वर्षअघि आएको समाचारअनुसारमा नेपाली होटल उद्योगमा लगभग ११ खर्ब लगानी भैसकेको थियो । त्यसको आधारमा हेर्दा हाल १८/१९ खर्बभन्दा बढी नेपाली होटल उद्योगमा लगानी भैसकेको हुनु पर्छ । हुन पनि काठमाण्डौ बाहिर मात्रै १३ वटा पाँचतारे होटल खुलिसकेको छ ।

हो, सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक मुस्ताङ जिल्लामा रहेको हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ बाबा धामको भ्रमण गरेका थिए । त्यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङ जिल्लामा रहेको हिन्दु धर्मालम्बीहरुको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ बाबा धामको भ्रमण गरेपछि हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा भ्रमण गर्न आउने भारतीय पर्यटकहरुको घुइँचो सोचेभन्दा बढी नै लाग्न थालेको थियो । तर कोरोना महामारीसँगै सो क्रमम पनि रोकियो । तर अब हामीले फेरि पनि आगामी वर्षहरुमा भारतीय पर्यटकहरुको त्यो घुईँचो कामय हुने छ भन्ने आशा गरौं । हो, त्यसरी भारतीय लगायत अन्य देशका पर्यटकहरुको चाप बढ्न थालेपछि त्यो वेला नै मुुस्ताङ जिल्लाको मुक्तिनाथ लगायत माथिल्लो मुस्ताङ क्षेत्रमा नयाँ होटल बन्ने, खुल्ने क्रम बढ्दो क्रममा रहेको थियो, छ । अलि पूरानो समाचारअनुसार (विसं २०७६ साउनमा रातोपाटी अनलाइन पोर्टलमा छापिएको समाचारमा उल्लेख भएको) एक तथ्यांकअनुसार सन् २०१५ मा मुक्तिनाथ क्षेत्र वरिपरि केवल १५ वटा पर्यटकस्तरीय होटल थिए । अहिले मुक्तिनाथ क्षेत्र र वपिरि पर्यटकस्तरीय होटलको संख्या बढेर २६/२७ वटा पुगेको छ ।

अर्को महत्वपूणर् कुरो भनेको काठमाण्डौ, ललितपुर, भक्तपुरलगायत सुविधा सम्पन्न सहर-बजार क्षेत्रमा ‘होस्टेल’ र ‘होम स्टे’ चलाउन दिनु हुँदैन ! भनी पाँचतारे, चारतारे, तीनतारे, दुईतारे, एकतारे होटलका साथै पर्यटकस्तरीय होटल, कटेज, रिसोर्ट, गेस्ट हाउस र लजका सञ्चालकहरुले लामो समयदेखि राख्दै आएको मागलाई पनि सरकारले सम्बोधन गर्नुपर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार