काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न पूर्वप्रधानमन्त्री खनाल मंगलबार बिहान बालुवाटार पुगेका हुन्।
इलामबाट काठमाडौँ आएका चिया उद्योगीहरूलाई लिएर आफू प्रधानमन्त्री प्रचण्डलाई भेट्न गएको पूर्वप्रधानमन्त्री खनालले जानकारी दिए।
‘उहाँहरू (चिया उद्योगी) को डेलिगेसनको नेतृत्व गरेर म प्रधानमन्त्रीकहाँ पुगेको हुँ’, भेटवार्तापछि नेपालखबरलाई प्रतिक्रिया दिँदै खनालले भने, ‘अहिले भारतले नेपालमा उत्पादित चिया खरिद गरिरहेको छैन, त्यो खुला गराउनपर्यो भनेर प्रधानमन्त्रीलाई अनुरोध गर्यौँ।!