नयाँ वर्ष तिमीले यो सन्देश देउ
देश लुट्ने लुटेरालाई सखाप पारी देउ
गरीब जनतामा शान्ति ल्याउ मुहारमा हाँसाे देउ
रित्तो हुन लाग्यो देश युवा बिदेशीएर खोई? बुझेको तिमीले नर पिशाचलाई
जन्म भुमिको अस्मिता बार, बार लुटे यो बर्ष तिमीले लुट्न नदेउ
बदलामा छानीछानी यमराजले झै तेलमा भुट
फेरि फर्काउदै फर्काउदै फेरि भुट
गरीब जनतामा शान्ति ल्याउ मुहारमा हाँसो देउ
कति गाउँ त सुनसान छन्
मलामी जाने मान्छेलेको खडेरी पर्ने भोखोइ ?बुझेको तिमीले
यी नर भक्षिहरुलाई
कति दिन थाम्छन् युवाले देश
विश्वकै कंगाल बनाए यो मातृभुमि, गरीब जनतामा शान्ति ल्याउ मुहारमा हाँसाे देउ
न्याय मर्यो कस्ले दिने न्याय?न त गोरखामा न्याय छ न सम्झना पृथ्वीनारायण को
सम्झना छ अलि अलि परिबन्धले चोर साधु हुन्छ र साधु चोर यहाँ
देखियो यहाँबिकासको मोह देखाउने ढाेङ्गी चोरै चोर, त्यसैले छानी, छानी कुट पछाडी बाट हान बुट
त्यसैले जनतामा शान्ति ल्याउ, मुहारमा हाँसाे देउ
नलेखु भन्यो शब्द बटारिन्छ छाल आउँछ र लेखक लेख्छ,त्यस्तै देख्छ
आमाहरु ती नाबालक चेलीहरुको आत्मा
बुद्धको देशमा भिक्षु कुटेकाे , दरिलो अभिभावक छुटेकाे
बर्णमालामा अटाउँदैन काब्य र महाकाब्य जन्मन्छ युगान्तकारी घट्ना बोक्दै
त्यसैले गरीब जनतामा शान्ति ल्याउ ,मुहारमा हाँसो देउ नयाँ वर्ष ।।
लेखकः तारा अबिरल
सुर्योदय नगरपालिका- ३,इलाम
हालः झापा विर्तामोड