हो, गएको अप्रिल ९ तारिखका दिन विक्म संवत् २०८१ सुरु भएको छ । हुन पनि हाम्रो नेपाल संवत्हरुमा धेरै नै धनी रहेको देखिन्छ । किनभने अहिले पनि हाम्रो देश नेपालमा कम्तिामा पनि १३, १४ वटा सवत्हरु प्रचलनमा रहेको देखिन्छ । ती सबै संवत्हरु नेपालका विभिन जातजाति, भाषाभाषी र धार्मिक समूहहरुले आप्mनो जीवन चक्रअनुसारमा प्रयोगमा ल्याउने गर्छन् । अथवा भनौं प्रयोग गरिरहेका छन् । अहिले विक्रम संवत्अनुसार पहिलो महिना अर्थात् वैसाख महिनाको दोस्रो हप्ता चरिलरेको छ । त्यस्तै नेपाल संवत्को ११४४ को चौला महिना चलिरहेको छ । उता ईस्वी संवत्को चौथो महिना अर्थात् अप्रिलको तेस्रो हप्ता चलिरेको छ भने किरात-किरातीहरुको भने ‘यले दोङ-५०८४’ चलिरहेको छ । अरु किरात-किरातीहरुको अहिले कुन महिना चलिरहेको छ ? थाहा नभए तापनि कुलुङ जातिको चाहिँ ‘बोतोङ्गाली’ महिना चलिरहेको छ ।
नेपाल सरकारले हालसम्म राज्यस्तरमा आधिकारिक रुपमा मान्यता दिएको र आम प्रचलनमा रहेको संवत् विक्रम संवत् हो । त्यस्तै ‘नेपाल संवत्’लाई पनि राज्यले मान्यता दिएर सरकारी चिठीपत्र आदि आदानप्रदान गर्दा त्यस्ता चिठीपत्रहरुमा ‘नेपाल संवत्’ समेत लेख्न र उल्लेख गर्न थालिएको छ । यसरी हेर्दाखेरि राज्यले नेपालका सबै संवत्हरुलाई सरकारी स्तरमा मान्यता नदिए तापनि नेपालका अधिकांश आदिवासी जनजाति, भाषाभाषी र धार्मिक समूहका साथै अन्य समुदायले आआप्mनै ढंगले आप्mनो संवत्हरुलाई आआप्mनो जनसमुदायका बीच प्रचलनमा ल्याएका छन् । यसरी सबै जातजाति भाषाभाषी, धार्मिक समूह र समुदायको संवत् आम रुपमा प्रचलनमा नरहे तापनि नेपालका विभिन्न समुदाय र जातजातिमा प्रचलित रहेको तथा नेपालको इतिहासको विभिन्न कालखण्डमा प्रचलित रहेका विभिन्न साल र संवतहरुका बारेमा छोटो जानकारी दिने प्रयास गरिएको छ ।
यले दोङ/किरात संवत्ः माथि उल्लेख गरे झैं नेपालका विभिन्न साल-संंंवतहरुमध्ये हालसम्मको पुरानो साल-संवत् हो- ‘किरात वा भनौं यले दोङ । कुलुङ जातिले यले दोङ भन्छन् भने अरु किरातीहरुले येले दोङ, यले दोङ, यले तङबे, यले थोचे आदि भन्छन् । जस्तै लिम्बुले यले तङ्बे, सुनुवारले यले थोचे भन्छन् । किरातीभित्रका कुलुङ जातिको मान्यताअनुसार (पुस १५ गते, विसं २०८० देखि) यले दोङ-५०८४ लागू भएको छ । स्मरणीय छ, कुलुङ जातिको पहिोलो महिनाको नाम ‘चाक्चाकूर’ हो, वैसाख भनेभैmँ । यो संवत् सबै किराती जातिलगायत हायु, थामी, सुरेल, जिरेल, धिमाल आदिले पनि मान्छन् । तर, यले दोङ/संवत्लाई मूलधारका मिडियाहरुले अपेक्षि रुपमा प्रचार नगरी दिनाले सबैभन्दा पूरानो भएर पनि ओझेलमा परेको छ । हुन त सबैभन्दा पूरानो संवत्को कुरो गर्दा नेपालको सबैभन्दा पूरानो संवत् कलिगत संवत् हो भन्ने गरिन्छ ।
विक्रम संवत्ः हाल नेपाल र भारतको राष्ट्रिय संवतको रुपमा प्रचलनमा रहेको यो संवत् भारतको तत्काली उज्जैन राज्यका राजा विक्रमादित्यले चलाएको वा विक्रमादित्यको नाममा चलाएको संवत् मानिन्छ । यो संवत् वैशाख महिनाबाट सुरु भई चैत्रमा अन्त्य हुन्छ । चन्द्रशमशेर नेपालको श्री ३ महाराज हुनुअघि नेपालमा ‘नेपाल संवत्’लाई नेपालको राष्ट्रिय संवत्को रुपमा प्रचलनमा रहेको देखिन्छ । जे भए तापनि चन्द्रशमशेर नेपालको श्री ३ महाराज भएदेखि यता नेपालमा यही विक्रम संवत्लाई नै राष्ट्रिय संवतको रुपमा लगातार प्रचलनमा रहेको छ । यो संवत् यही वैशाख १ गतेदेखि २०८१ सुरु भयो ।
बुध्द संवत्ः तत्कालीन कपिलवस्तुका राजा शुद्धोधनका छोरा अर्थात् युवराज सिद्धार्थ गौतमपछि गौतम बुद्ध भए । उनले राजकाज र ऐयसी जीवनलाई त्यागेर बुद्धत्व प्राप्त गरेका थिए । उनले त्यो बेलाको मान्छेको दुःख, कष्ट, बुढ्यौली, मृत्यू आदि देखेर नै सान्सारकि जीवन त्यागेर ध्यानमा लीन भई बुद्धत्व प्राप्त गरेका हुन भन्ने भनाइ रहेको छ । त्यसैले पछि गएर उनलाई बुद्ध भनियो भने उनका चेलाहरुले बुद्धको नाममा बुद्ध संवत् चलाए । यो संवत् हरेक जेठ पूणर्ीमामा सुरु हुन्छ भने अहिले २५६७ औं वर्षमा चलिरहेको छ ।
नेपाल संवत्ः यो संवत् भक्तपुरका महाजन शङ्खधर शाख्वाले चलाएका हुन् भन्ने भनाइ छ । कथनअनुसार, लिच्छवीकालमा राज ज्योतिषीले भचाकुसी (टेकु दोभान) को बालुवा सुनमा परिणत हुन्छ भनेर राजालाई सुनाएपछि राजाले भरियाहरु पठाई टेकु दोभानको वालुवा आफ्नो दरबारमा ल्याउन पठाएका थिए । तर, उक्त कुरो शङ्खधर शाख्वाले पहिले नै चाल पाएकाले उनले ती भरियाहरुलाई फकाएर वा भनौं लालचमा पारेर भरियाहरुलाई आफ्नो घरतर्पm लगे । त्यसपछि उनले सबै गरीबहरुलाई ऋण मुक्त गराएकाले उनको नाममा राजा राघवदेवले चलाएका हुन् । यो संवत् गत कात्तिकको ‘म्ह पूजा’देखि ११४४ सुरु भयो ।
ईस्वी संवत्ः यो संवत् जिसस क्राईष्टका प्रर्वतकहरुले सुरु गरेको मानिन्छ । हाल संसारभरिका अधिकांश देशले यो संवतलाई राष्ट्रिय संवत्का रुपमा चलाएर आत्मसाथ गरेका छन् भने, स्वर्गीय डाक्टर हर्क गुरुङले नेपालले पनि यो संवत्लाई नै मान्दा सहज हुने बताउने गरेका थिए । उनले गुरुङ जातिलाई पनि ईस्वी संवत्लाई नै मान्नुपर्ने सुझाव दिएका छन्, उनले लेखेको ‘जननाति सेरोफेरो’ नामक किताबमा । यो संवत् गत जनवरीदेखि २०२४ सुरु भएको छ ।
बिसीः यो संवत् जिसस क्राईष्ट जन्मिनुभन्दा अगाडि प्रचलनमा थियो । र, नै बिसी अर्थात् ‘बिफोर क्राईष्ट’ अर्थात् बिसी भनिएको हो ।
अंशुबर्मा संवत्ः यो संवत अंशु बर्माले आफू महासामन्त भएपछि राजा शिवदेवको पालामा चलाएका हुन् । केही इतिहासकारहरुका अनुसार, ललितपुरको बुङमती नजिकको शिलालेखमा अंशुबर्मा संवत् २९ लेखिएको भेटिएको छ ।
मानदेव संवत्ः राजा मानदेवले चलाएका हुन् । यो संवत् चाँगुनाराणयको स्तम्भमा पनि अंकित रहेको छ ।
माथि उल्लेख गरिएबाहेक नेपालमाअन्य संवत्हरु पनि रहेका थिए, छन् । जस्तो कि शक संवत्, पृथ्वी संवत, कलिगत संवत्, लक्ष्मण संवत्, मिथिला संवत्, थारु, राजवंशी, तामाङ, गुरुङ, शेर्पा, हिजरी आदि । हेरौं त, हामी नेपालीहरु संवत्मा कति धनी रहेछौ ?!…