पाँचथरः रुखबाट लडेर फाल्गुनन्द गाउँपालिका ५ जिङ्जुवा निवासी एक पुरुषको मृत्यु भएको छ।
सोमबार दिउँसो घर नजिकै जंगलमा रुखबाट लडेर ५० वर्षीय खड्क बहादुर चेम्जोङ (खोला घरे माईला) को मृत्यु भएको प्रहरी चौकी फाक्तेप पाँचथरले जानकारी दिएको छ ।
दिउँसो अन्दाजी ४:३० बजेतिर घाँस काट्न घर नजिकै जंगल गएका उनी रुखमा चढेर घाँस काट्ने क्रममा ४० मिटर तल खसी घटना स्थलमै मृत्यु भएको प्रहरीले बताए । त्यस बेला श्रीमति र छोराछोरी कुम्मायकको यासोक बजारमा लागिरहेको त्रिशाली मेलामा गएको र घटना भएको थाहा पाएपछि घरमा तत्काल आइपुगेको जनाइएको छ ।
उनको शव पोष्टमार्टम गर्न इलाका प्रहरी चौकी रवि लगिएको तर डाक्टर नभएका कारण फिदिम लैजाँदै गरेको बताइएको छ ।