इलाम-२ को उपनिर्वाचनः जातीय भोट पो खस्ला कि ?

  निनाम लोवात्ती
49 Shares

आउँदो वैसाख १५ गते इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर-२ मा उपनिर्वाचन हुँदैछ । किनभने उक्त निर्वाचन क्षेत्रबाट विसं २०७९ मा भएको संसदीय निर्वाचनमा निर्वाचित भएर आएका तत्कालीन माननीय सभासद सुवास चन्द्र नेम्बाङ (प्रचार-प्रसारमा चाहिँ सुवास नेम्बाङ मात्रै भनिने, सुनिने) को गत भदौ महिनाको २५ गते रातको साढे १ बजे ह्रदयघातबाट निधन भएको थियो । सोही कारण खालि रहेको इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर-२ मा आगामी वैसाख १५ गते उपनिर्वाचन हुँदैछ । स्मरणीय छ, सभासद सुवास चन्द्र नेम्बाङ चार पटक त तत्कालीन संसद तथा संविधासभा र संघयी संसदको सभामुख एवम् सभाध्यक्ष वा भनौं अध्यक्ष नै भएका थिए । साथै उनी पछिल्लो समयमा नेकपा एमालेका उपाध्यक्ष र नेकपा (एमाले) कै संसदीय दलका उपनेता रहेका थिए ।

हो, उनै सुवास चन्द्र नेम्बाङले २०७९, मंसिर-४ मा भएको निर्वाचनमा तीस हजार वीस (३०,०२०) मत ल्याएर जितेको इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर-२ मा उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचन क्षेत्रमा त्यो वेला नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले उनन्तीस हजार ६ (२९,९०६) मत ल्याएर दोस्रा भएका थिए भने राट्र्रिय स्वतन्त्र पार्टी (रास्वापा) निर्वाचन चिन्ह् घण्टीले १३८०, मंगोल नेसनल अर्गनाइजेसन (मंनेअ) निर्वाचन चिन्ह् कुखुराको भालेले १३६३, राष्ट्रिय जन मुक्ति पार्टी (राजमुपा) निर्वाचन चिन्ह् घरले १२७२, जनता समाजवादी पार्टी (जसपा) निर्वाचन चिन्ह् छाताले ७२७, र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संलोराम) निर्वाचन चिन्ह् खुकुरीभित्रको दापले ६८४ मत ल्याएको थियो । माथि उल्लेखित बाहेक राप्रपा, नेपाली कांग्रेस (बीपी), लोकतान्त्रिक समाजवादी पार्टी र दुई स्वतन्त्र गरी लगभग ७०० मत अरु पनि रहेको थियो, विसं २०७९ मंसिर-४ मा भएको निर्वाचनमा । तर यहाँ राट्र्रिय स्वतन्त्र पार्टी, मंगोल नेसनल अर्गनाइजेस, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरेर यी चार पार्टीको चर्चा गर्नैपर्ने हुन्छ । किनभने यही वैसाख १५ गते इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर-२ मा हुने उपनिर्वाचनमा यी चार दलहरु पहिचानका नाममा र पहिचानवादीहरु जे जसरी हुन्छ, एकट्ठा हुने भन्ने भनाइअनुसार एक भएर चुनावी कार्यगत एकता हुने गरी  राट्र्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सघाउने भन्ने निणर्य भएको छ ।

जे होस्, यही वैसाख १५ गते इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर-२ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले) ले विसं २०७९ मा भएको संसदीय निर्वाचनमा निर्वाचित भएर आएका तत्कालीन माननीय सभासद सुवास चन्द्र नेम्बाङका छोरो सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले चाहिँ केही ढीला गरी उक्त निर्वाचन क्षेत्रमा पूरानै अर्थात् ऊ/उ वेलाका उम्मेदवार डम्बर बहादुर खड्कालाई नै पुनः उम्मेदवार बनाएको छ । हुनत निर्वाचन बझाङ-१ (१) मा पनि उपनिर्वाचन भई रहेको छ । तर सो निर्वाचनका सम्बन्धमा भने काठमाण्डौ केन्द्रीत आमसञ्चारहरुले कुनै प्रचारप्रसार गरेको छैन । हुनत एक्का-दुक्का अनलाइन न्युज पोर्टलले समाचार दिएका छन् भने पत्रपत्रिकाले चाहिँ यसो फिलर न्युज (कुनाकानीमा ठाउँ भर्नैपर्ने वाध्यताले दिईने स-सानो टुक्रे समाचार) दिने गरेको देखिन्छ । त्यस्तै गरेर नेपालकै सुविधा सम्पनन सहर (काठमाण्डौ) मा बसेर इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर-२ मा हुने उपनिर्वाचनका बारेमा ‘चिया गफ’ ‘चियाको कपमै तुफान ल्याउने’हरुको कुरै बेग्लै छ । उनीहरु घर बसी नेपल देख्ने  उखान झैँ काठमाण्डौमै बसेर भन्दैछन्, देख्दैछन् कि, यसपटक इलाम-२ मा हुने, हुँदै गरेको निर्वाचनमा पनि राट्र्रिय स्वतन्त्र पार्टी (रास्वपा) घण्टीले जित्छ, जितिसक्यो । हो, निर्वाचन हो केही भन्न सकिँदैन । तर यी ‘चिया गफडी’हरुको भनाइलाई पत्याउने र मान्ने हो भने इलाम-२ मा हुने, हुँदै गरेको निर्वाचनमा पनि राट्र्रिय स्वतन्त्र पार्टी (रास्वपा) घण्टीले जितिसकेको छ, निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न मात्रै बाँकी छ । हो, निर्वाचन हो केही भन्न सकिँदैन ।

यो लेखको लेखकको खास चासो चाहिँ २०७९, मंसिर ४ मा भएको निर्वाचनमा समानुपातिक अर्थात् लोकप्रिय मत परिणाममा ठूला र मूलधारका भनिने राजनीतिक दलहरु किन अनपेक्षित रुपमा खस्के ? भन्ने सम्बन्धमा हो । किनभने अहिलेसम्म कसैले पनि सो सम्बन्धमा भुईँ तहमा गएर बहस र छलफल चलाएनन् । हुन पनि सो निर्वाचन (विसं २०८०) मा भएको आम निर्वाचनमा प्रत्यक्षतर्पmको १६५ सिटमध्ये नेपाली कांग्रेस (नेका) ले ५७ सिट, नेकपा (एमाले) ले ४४ सिट, नेकपा (माके) ले १८ सिट र नेकपा (एस) ले १० सिट मात्रै जित्न सक्यो । प्रत्यक्षतर्पmको बाँकी सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ७ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ७ सिट, संघीय समाजवादी पार्टी (संसपा) ७ सिट, नागरिक उन्मुक्ति पार्टी (नाउपा) ३ सिट, जनमत पार्टी (जपा) १ सिट, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ४, राष्ट्रिय जन मोर्चा राजमो) १ सिट र स्वतन्त्र उम्मेदवारहरुले ५ सिट जितेको थियो ।

हुनत नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विसं २०७९ मा भएकोे निर्वाचनमा भएको उलटपुलट र नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको विजयलाई अस्वाभाविक रुपमा भएको विजय भन्ने आशय व्यक्त गरेका थिए । अझ उनै शंकर पोखरेलले ‘सहरिया मध्यम वर्ग अस्थिरताको कारक’ भनी आरोपसमेत लगाएका थिए । स्रोतः अनलाइन खबर, ४ पुस २०७९ । तापनि सो निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माके) ले समानुपातिक मत प्रणालीमा चार लाख २८ हजारदेखि एक लाखसम्म कम मत ल्याएका थिए । किन त्यस्तो भयो ? जबकि त्यस समयमा ती दलहरु नै पालैपालो सत्तामा रहेका थिए । त्यो अवस्थामा पनि उनीहरुले आप्mनो लोकप्रिय मत घटाउनु वा घटाउनु भनेको केको संकेत थियो ? जस्तै (एमाले) ले २०७९ को निर्वाचनमा २८ लाख ४५ हजार, नेकाले २७ लाख १५ हजार (माके) ले ११ लाख ७५ हजार लोकप्रिय मत मात्रै ल्याएका थिए । त्यसैले त्यो वेला निर्वाचनमा खसेको लोकप्रिय मतले केको संकेत गर्छ ? हामीले भूईँ तहमा गएर धेरथोर बहस र छलफल गर्ने हो कि ? हुन पनि नेपाली कांग्रेसले विसं २०७४ मा पाएको लोकप्रिय मतभन्दा विसं २०७९ मा चार लाख १३ हजार कम लोकप्रिय मत ल्याएको थियो । त्यस्तै (एमाले) ले पनि विसं २०७४ निर्वाचनमाभन्दा विसं २०७९ मा तीन लाख २७ हजार कम लोकप्रिय मत ल्याएको थियो । उता (माके) ले पनि विसं २०७४ को निर्वाचनमाभन्दा विसं २०७९ को निर्वाचनमा एक लाख २८ हजार कम लोकप्रिय मत ल्याएको थियो । अर्को महत्वपूणर् कुरो के थियो भने, (एमाले) बाट फुटेर बनेको र निक्कै ठूलो शक्ति रहेको र, लोकप्रिय मत २० लाख कटाउँछु-कट्छ भनेको नेकपा (एस) ले त विसं २०७९ निर्वाचनमा तीन लाख १८ हजार चानचुन मात्रै लोकप्रिय मत ल्ययाउन सक्यो जसले गर्दा नेकपा (एस) राष्ट्रिय राजनीतिक दल नै बन्न सकेन ।

त्यसैले अब राज्य पक्षका बुद्घिजीवी र मुलधारका भनिने मिडिया एवम् ती मिडियामा कार्यरत मिडियाकर्मीहरुले भन्ने गरेको ‘नेपालको जातीय मुद्धा कुनै मुद्धा नै होइन, वर्गीय मुद्घा समाधान हुने बित्तिकै सबै ठीक-ठाक हुन्छ, जातीय, भाषिक, धार्मिक, समानुपातिक समावेशीकरण, अल्पसंख्यक, तेस्रो लिंगी, भिन्न क्षमता भएका, महिला, दलित, मधेसी आदि भन्ने त भीड र समूह देखाएर खानेहरुको “लन्चिङ-प्याड” मात्रै हो भन्ने खालको जुन भनाइ र ब्ुझाई रहेको छ, सो कुरो सत्य हो होइन कि ? भनी समय छँदै परख गर्ने वेला आएको जस्तो देखिन्छ । त्यसैले कतै एकतर्फी रुपमा बाहुन, क्षेत्री, ठकुरी, दशनामी (आर्य-खस) हरुले नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्कालाई पो आप्नो मत दिने हुन कि ? किनभने आदिवासी जनजातिहरु चाहिँ बाहिरी रुपमा ‘पहिचान, पहिचान’ त भनी रहेका हुन्छन्, तर मत खसाल्ने वेला चाहिँ आआप्mनै पार्टीका उम्मेदवारलाई मत हाल्छन् । तर बाहुन, क्षेत्री, ठकुरी, दशनामी लगायत आर्य-खसहरु चाहिँ बाहिर हल्ला नगरिकनै भित्रभित्रै एकट्ठा भएर जातीय भोट पो कस्ने हो कि ? यसको रिजल्ट हेर्नका लागि चाहिँ वैसाख १७-१८ गतेसम्ममा थाहा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार