इलामकी अजया खत्री पूर्वी स्टार सिजन वानको टप-१० भित्र, अगाडी बढ्न सहयोगको अपिल

  युद्धबहादुर बोहोरा
28 Shares

इलामः धरानबाट संचालन भईरहेको पूर्वी स्टार सिजन वानको गायन प्रतियोगितामा इलाम फाकफोकथुम १ तमाखेकी अजया खत्री टप-१० मा पुगेकी छिन् । आफ्नो ११ महिनाको छोरी काखमा लिएर गत पुस १० गतेबाट ११३ जना प्रतिस्पर्धीसंग डिजिटल तीन राउण्डदेखि हालसम्को लाईभ राउण्डसम्म आइपुगेर टप-१० भित्र पर्न सफल भएकी हुन् । अब टप-५ मा पर्न उनलाई भोटिङको आवश्यक परेको छ । प्रतिस्पर्धीहरु मध्येमा उनी टप–१५ को शो मा वेष्ट पर्फमर उपाधीले सम्मानित भएपछि उनलाई टप वानसम्म पुग्ने साहस बढेको बताइन् । यसको लागि सबै शुभचिन्तकलाई सहयोग गरिदिन अपिल गरेकी छिन् ।

इच्छुक महानुभावले मोबाइल नम्बर ९८०४९८०८९८ मा सम्पर्क गरि विदेशबाट सहयोग गर्न सानिमा बैकको खाता नम्बर 068011060000226 र स्वदेशबाट क्यु आर कोड

मार्फत उनलाई सहयोग गर्न सकिने छ ।

गायन प्रतिभा भएर पनि ओझेलमा परेका प्रतिभाहरुको लागि सांगितिक क्षेत्रमा भविश्य स्थापना गर्ने उद्देश्यका साथ संचालन भएको यस गायन प्रतिस्पर्धालाई हाङ अनलाइन म्यूजिक प्रालिले आयोजना गरेको छ ।  हाल टप–१० मा ५ महिला र ५ पुरुष प्रतिस्पर्धा गरिरहेका छन् ।

उपत्यका भन्दा बाहिर पहिलोपटक हुदै गरेको रियालिटी शो पूर्वी स्टारको बिजेताले नगद ४ लाखको साथमा सुनको सिक्री, ट्रफी, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने छन् । दोश्रो हुनेले नगद एक लाख १ लाख ५० हजारको साथमा ट्रफि, एउटा गित रेकर्ड र प्रमाण पत्र र तेश्रो बिजेताले नगद ५० हजार, ट्रफी, एउटा गित रेकर्ड र प्रमाण पत्र पाउने छन् ।

यस शो को फाईलन नयाँ सालको बैशाखमा हुने आयोजकले जनाएको छ । https://youtu.be/-SwbH2pRY-M?si=5drJEqu1F09YvjWt

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार