मुटु रोगीहरुः खाने कुरामा ध्यान दिए आयु बढ्छ है !

  निनाम लोवात्ती
63 Shares

मुटु (ह्रदय) रोग सम्बन्धी अध्ययन गर्ने एक संस्था ‘वल्र्ड हेल्थ फेडरेसन (डब्लुएचएफ)’ का अनुसार विश्वमा वर्षेनी दुई करोड २० दशमलब पाँच मिलियन मान्छेहरु मुटु (ह्रदय) रोग ‘कार्डियोभास्कुलर डिजिज (सीभीडी)’ का कारण मर्ने गरेका छन् । स्मरणीय छ्, यो तथ्यांक दुई वर्षअघि अर्थात् सन् २०२१ सम्मको हो । त्यसरी मुटु (ह्रदय) रोग ‘कार्डियोभास्कुलर डिजिज (सीभीडी)’ का कारण मर्ने मान्छेहरुमध्ये पाँच जनामा चार जना मध्यम एवम् कम आयस्रोत भएका देशका रहेका छन् । अध्ययनकर्ताहरुले पछिल्लोपटक अध्ययन गरेको निश्कर्षअनुसार विश्वमा जति पनि मान्छेहरु अनेक खाले रोगका कारण मर्छन्, त्यसमा ह्रदय-मुटुरोगीहरु मर्ने मान्छेको क्रम पहिलो नम्बरमा रहेको छ । त्यसैले ह्रदय-मुटु रोगीहरुले आप्mनो आयु लम्ब्याउन केके खाने कुराहरु खाने, कति खाने ? केके खाने कुराहरु नखाने, किन नखाने ? मेरो आप्mनै अनुभवका आधारमा लेख्दै छु ।

हुनत मान्छेको जीवन भनेको उसको आप्mनै हातमा हुन्छ । त्यसैले ह्रदय-मुटु रोगीहरुले आपूmलाई ह्रदय रोग लागेको थाहा पाएपछि धेरै होसियार भएर केके खाने, केके नखाने ? कति खाने, कसरी खाने सो सम्बन्धमा ध्यान दिनुपर्ने देखिन्छ । किनभने त्यसरी खानपिनमा ध्यान दिन सके जीवनलाई केही बढी समय बचाउन सकिन्छ । खासमा मान्छेको मुख्य अंग नै मुटुलाई मान्ने गरिन्छ । हुन पनि आजभोलि मान्छेहरुले फोक्सो, मृगौला, कलेजो, फियो, आँखा, शरीका कुनै अंग बिग्रेमा, काम गर्न नसक्ने भएमा, जलेमा वा कुहिएमा फेर्न सक्छन् । त्यसका लागि प्रशस्त खर्च गर्न सक्ने हैसियत चाहिँ हुनु पर्यो । तर मुटु जस्तो मान्छेको एक मात्र प्रमुख अंग त हामीले हत्तपत्त फेर्न सक्दैनौं । विकशित तथा विकाशशील देशहरुमा चाहिँ लामो समयदेखि मुटु फेर्ने गरिएको छ । तर नेपालमा हालसम्म मुटु फेर्ने सम्बन्धमा कुनै ऐन, कानुन, नियम,…बनेको छैन । जानकारहरुका अनुसार दुई तरिकाले मान्छेको मुटु फेर्न सकिन्छ ।

१, अचानक कुनै दुर्घटनामा परेर मरेका मान्छेको मुटु फेर्न सकिन्छ ।

२, कुनै पनि मान्छेले आपूm मरेपछि मुटु दान गर्छु भनेर घोषणा गरेको छ भने त्यो मानिसको ब्रेन डेथ (दिमागले काम गर्न छाडेपछि, दिमागको मृत्यु भएपछि !) सो व्यक्तिको मुटु निकालेर मुटु फेर्नुपर्ने मान्छेको अंंगमा ट्रान्सप्लाट गरिन्छ ।

त्यसैले नेपालका मुटु रोगीहरुले आप्mनो आयु बढाउनका लागि ताजा र हरियो तरकारी, घ्यु सिमी, गुलाबी भिण्डी, गुलाबी रंगको बन्दाकोबी, गुलाबी रंगको मुला, चुकन्दर, फलपूmल, सलाद, नट्स, तोरीको तेल, जैतुन (ओलिभ आयल) को तेल, माछा, छाला फालेको सेतो मासु (कुखुरो, हाँस, बंगुर आदि) उवा, जौ, फापर, गहुँ, कोदो, मकै (धानजन्य खाना कम खाने) बाट बनेको खाने कुरो खाने गर्नु पर्छ । नेपालीहरुलाई चामलको भात नै खानुपर्ने बानी परेको हुन्छ । त्यसैले भात नै खाए तापनि अलि कम खाने, माछामासु, तेल, अण्डा, डिब्बामा बन्द गरिएका जुसहरु, फलपूmल, तरकारी, प्याकिङ गरेको अन्य खाद्य-पदार्थ र चिजबिजहरु, धेरै तातोमा खारेको घ्यु, पनीर, मोजिला, दही लगायत खानेकुरोहरु सकेसम्म खाँदै नखानु राम्रो हो । आपूmले सँधै खाने गरेको खानेकुरोहरु पाउँदै नपाएमा थोरै मात्रामा खानु पर्छ ।

आर्थिक रुपमा कमजोर मान्छेहरुलाई ह्रदय रोग लागेमा के गर्ने ? किनभने आर्थिक रुपमा कमजोर मान्छेले त्यसरी दैनिक रुपमा खानेकुरो बार्न संभव हुन्छ ? भन्ने पनि हुँदो रहेछ । त्यसको उदाहरण म आपैm छु । मुटु रोगीले सँधै त्यसरी हरियो तरकारी, फलपूmल, सलाद, नट्स, तोरीको तेल, जैतुन (ओलिभ आइल) को तेल, माछा, छाला फालेको सेतो मासु, उवा, जौ, फापर, गहुँ, कोदो, मकै खान नसेक तापनि सिस्नो, साग, आलु, आँटा, ठीकठीकै दाममा पाईने तरकारीहरु किनेर खान सकिन्छ । अझ भेगनहरुको भनाइनुसार त मान्छेले माछा-मासुबाट पाउने हरेक तत्वहरु, फलफु, सागपात, सलाद, नट्स आदिबाटै पाउन सकिन्छ । त्यसैले मुटु रोगीहरुले खानाको मात्रा मिलाएर दैनिक रुपमा फलफुल, सागपात, सलाद नट्स खाएमा माछा-मासुबाट पाउने हरेक तत्वह पाउन सक्छौं । तर खानेकुरो खाँदाखेरि मात्रा मिलाएर ठीक्क खाने गर्नु पर्छ ।

खासमा धेरै मान्छेहरु बिरामी हुने अनेक कारणहरुमा खानेकुराको मात्रा नमिलाएर, खान नजानेर र, समयमा नखाएर पनि हो । त्यसैले जो कोही मान्छेले खानेकुरो खाँदा सकेसम्म मात्रा मिलाएर र ठीक समयमा खाने गर्नु पर्छ । किन खानेकुराको मात्रा मिलाएर खाने, किन समयमा खाने, किन ठीक्क मात्रै खाने ? धेरैलाई थाहा नहुन सक्छ । त्यसको लागि हामीले मेसिन वा कल-कारखानालाई लिन सक्छांैं । किनभने निर्जीव मेसिन वा कल-कारखानालाई पनि निश्चित समयसम्म काम गरेपछि आराम चाहिन्छ । त्यसैले हाम्रो मुख्य र भित्री अंगहरु मुटु, कलेजो, मिर्गौला, फोक्सो, नसा, फियो, पित्त, आन्द्रा-भुँडी, पिसाब-थैली आदिले पनि दैनिक रुपमा ठीक समयमा ठीक्क काम मात्रै गर्नुपर्ने हुन्छ । त्यसो गर्यो भने बल्ल हाम्रो आयु पनि केही समयसम्म लम्बिन सक्छ, आयु बढ्न सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार