इलाम : उपनिर्वाचन अन्तर्गत इलाम र बझाङमा जारी मतदानको निर्धारित समय सकिएको छ।
इलामको प्रतिनिधि सभा क्षेत्र नम्बर २ र बझाङको प्रदेशसभा १(१)मा आज बिहान ७ बजेदेखि मतदान भएको थियो।
आयोगले साँझ ५ बजेसम्मका लागि तोकेको मतदानको समय सकिएको हो।
यसपछि बुथमा आउनेले मतदान गर्न पाउने छैनन्।
लाइनमै रहेकाले भने मतदान गर्न पाउनेछन्।
इलाममा सबै मतदानस्थल र केन्द्रहरूमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
कति मतदान भयो भन्नेबारे संकलन गर्न बाँकी रहेको उनले बताए।
उनका अनुसार अपराह्न साढे ४ बजेसम्म ५५ प्रतिशत मतदात भएको थियो।
बझाङमा ४ बजेसम्म ४६ प्रतिशतमात्रै मतदान भएको थियो।
मतदान सम्पन्न भएपछि सर्वदलीय छलफल राखेर मतगणनाको समय निर्धारण गरिन्छ।