बढेको अलैँचीको भाउ र किसानका खुसी !      

  निनाम लोवात्ती
217 Shares

हाम्रो देश नेपाल भूगोलको आधारमा विश्व कयौं देशसँग तुलना गरेर हेर्दा धेरै सानो छ भन्दा फरक पर्दैन । किनभने भूगोलविदहरुका अनुसार नेपालले विश्वको भूगोलको शून्य दशमल शून्य एक (०.०१) प्रतिशत मात्रै ओगटेको छ । त्यसो भए तापनि नेपाल हरेक क्षेत्र, हरेक चिजबिच र हरेक साधन-स्रोतहरुमा विश्वका कयौं देशहरुभन्दा धनी रहेको छ । त्यसमा पनि प्राकृतिक स्रोतहरु जस्तै वनस्पति, जडीबुटी, वन-जंगल, प्राकृतिक रुपमै रहेको हरियाली वन-जंगलका सवालमा पनि विश्वका कुनै देशभन्दा कम रहेको छैन । जस्तो कि नेपालले विश्वको भूगोलको शून्य दशमल शून्य एक (०.०१) प्रतिशत मात्रै ओगटेको भए तापनि विश्वमा पूmल फुल्ने बिरुवाहरुमध्ये दुइ दशमलब दुइ (२.२) प्रतिशत हाम्रो देश नेपालमा पाईन्छ । स्रोतः ‘नेपाल नखुलेका पाटाहरु’ नामक किताबमा डा. तीर्थबहादुर श्रेष्ठले लेख्नू भएको ‘कमलो पहाड, दुर्बल वासिन्दा’ शीर्षकको लेख ।

त्यस्तै गरेर हाम्रो देशमा हजारौं प्रकार जडीबुडी जन्य वनस्पती, भ्mयाउ, लेउ, बुट्यान, लहरा, ठूलठूला रुख जस्तै वर, पिपल, खयर, शमी आदि पाईन्छ । नेपालमा हुने वा भनौं गरिने धेरै प्रकारका नगदे बालीहरुमध्ये चिराइतो, अलैचीं, अम्रिसो आदि प्रमुख रहेका छन् । यस्तै यहाँ नगदे अलैचीका बारेमा केही लेख्दै छु ।

हुन पनि यस वर्ष नेपाली ‘अलैँची’को भाउ, प्रति मन (४० किलो) को ७८-७९ हजारदेखि ८३-८४-८५-८८ हजारसम्ममा (ठाउँअनुसार फरक फरक दाममा)  बिक्री भई रहेको छ । यो भनेको गएको वर्षको तुलनामा लगभग साढे दुई गुणाले बढेको हो । हुन पनि गएको भदौ महिनामै ‘अलैँची’को भाउ प्रति मन (४० किलो ग्राम) को ५९-६० हजारदेखि ६५-६८ हजारसम्म भाउ पाएको थियो । यसरी यो वर्ष अहिले नेपाली ‘अलैँची’को भाउ बढेर प्रति मन (४० किलो ग्राम) को ८६-८७ हजारदेखि ८८-८९-९१ हजारसम्म पुग्ने अनुमान र्न सकिन्छ । जे भए तापनि यसरी नेपाली ‘अलैँची’को भाउ बढ्नु नेपाली किसानहरुका लागि धेरै खुसीको कुरो हो ।

‘अलैँची’ मात्रै यस्तो एक नगदे बाली हो, जुन खेती गर्दा किसानले धेरै मेहनत नगरी र पसिना नबगाईकन सजिलैसँग धेरै भन्दा धेरै आमदानी गर्न सक्छन्, फाइदा लिन सक्छन् । तर त्यसका लागि केही सेपिलो, चिस्यान र मलिलो माटो भएको जग्गा हुनु चाहिँ जरुरी हुन्छ । अझ त्यसमा पनि उत्तिस जातको रुख मुनि ‘अलैँची’को बिरुवा छिटो हुर्कन्छ, राम्रोसँग सप्रिन्छ । त्यसो त विगतका दिनमा (२५-२६ वर्षअघि) पनि नेपाली ‘अलैँची’ खेती गर्ने  किसानले अलैँचीबाट धेरै राम्रो आमदानी गर्ने गरेका थिए । तर बीचमा भने अलैँची खेती गर्ने किसानहरुले खासै आर्थिक लाभ लिन सकेका थिएनन् । त्यसो हुनुमा एक त ‘अलैँची’को बोट नै ओईलिने, सुकेर जाने र बोट नै मर्नेसम्म भयो भने त्यही वेला भाऊ घटेर गटेर गयो । कल्पनै गर्न नसकिने गरी नेपाली अलैँचीको भाउ घटेर प्रति मन (४० किलो) को १४-१५ हजारदेखि १७-१८ हजार रुपैयाँमै बेच्नु परेको दुःखद र निराश लाग्दो अवस्था आई परेको थियो ।

नेपालमा अलैँची खेतीबाट किसानले धेरै राम्रो आमदानी गरेको देखेर नेपालका प्रायः सबै क्षेत्रमा, खास गरी पूर्वका किसानले मात्रै गर्दै आएको अलैँची खेती पश्चिम र मध्यपश्चिमसम्म पनि पैmलियो, विस्तार भयो । तर बीचको समयमा भने अलैँची खेती गर्ने किसानहरुले खासै आर्थिक लाभ लिन सकेका थिएनन् । जबकि विगतमा (२६-२८ अघि) नै एक मन अलैँचीको भाउ ८०-९० हजारदेखि एक लाख १० हजार पुगेको थियो । त्यसरी  राम्रोसँग बिक्री हुँदै आएको अलैँचीको भाउ घटेर एकाएक एक मन (४० किलो) अलैँचीको ११-१७ हजारदेखि २०-२१ हजार रुपैयाँमा बेच्नुपर्ने अवस्था आएपछि अलैँची खेत ीगर्ने किसानहरुमाको हदैसम्मको निराशा छायो । त्यसमाथि बीचको समय (१२-१५ देखि) अलैँचीमा अनेक खाले रोग लाग्न थाल्यो । जस्तै बोट नै सुक्ने, फुल नफुल्ने, फल नलाग्ने, अलैचीँको बोट मर्ने रोगले अलैँची खेती गर्ने किसानहरु हतोत्साही भए ।

नेपाल प्राकृतिक स्रोत र जडीबुटीमा जस्तै ‘झारपात, वनस्पति, लेऊ, भ्mयाऊ, लिसो, गम, टर्रोपन र अमिलोपन भएका ससाना, बुट्यान, जडीबुटी, वन-जंगल, प्राकृतिक रुपमै रहेको हरियालीपन, खोलानाला, हिमाल, पहाडबाट छङ्छङ् गर्दै बग्ने छहरा, छाँगा, टलक्क टल्कने हिमाल, पहाड एवम् सम्म परेका खेती योग्य टार, भित्री मधेस, दून, मध्यमदेखि ठूला उपत्यकाका साथै खेती योग्य मैदानी भूभाग, नदी किनार र चुरे क्षेत्रको फेदीमा रहेका मध्यस्तरका टारबारी अथवा दून (उपत्यका-मैदानी) जग्गा आदिमा पनि धेरै नै धनी रहेको छ । जसले गर्दा प्रकृतिक साधन-स्रोत आधारमा हामी धनी रहेका छौं ।

भनिन्छ, हाम्रो देश नेपाल वनस्पतिजन्य पूmल फुल्ने फुलहरु मात्रै लगभग सात हजार प्रकार छन् । यस सम्बन्धमा विषय वनस्पतिशास्त्रीहरु अध्ययन, अनुसन्धानकर्मीहरु अध्ययन गर्न को भनाइ रहेको छ । त्यति मात्रै होइन, अन्य प्राकृतिक साधन र स्रोतमा पनि हाम्रो देश नेपाल धेरै धनी देशको रुपमा रहेको विविधै छ । त्यसमा पनि जडीबुटीजन्य वनस्पतिमा नेपाल विश्वका अन्य देशहरुको तुलनामा कम धनी छैन । तर पनि हामी नेपालीहरुले अहिलेसम्म पनि नेपालका ती अधिकांश वनस्पति र वनस्पतिजन्य जडीबुटी वा भनौं औषधीजन्य जडीबुटीहरुलाई सही र पूणर् क्षमताका साथ सदुपयोग गर्न सकी रहेका छैनौं । त्यसरी प्रयोग गर्न नसकिएको अधिकांश वनस्पति र जडीबुटी वा भनौं औषधिजन्य वनस्पतिहरुको नाम सूची धेरै लामो हुन सक्छ । त्यस्ता अनेकौं औषधिजन्य वनस्पतिमध्ये यहाँ राष्ट्रिय रुपमा कम चर्चामा रहेको तर गाउँघरमा धेरै समय अघिदेखि घरेलु औषधिको रुपमा प्रयोग गर्ने गरेकोे एक जडीबुटी वा भनौं औषधिजन्य वनस्पति ‘अलैँची’बारे केही लेख्ने प्रयास गरिएको छ ।

नेपालमा ‘अलैँची’को खेती सात-आठ-नौ सय मिटरदेखि १५-१६-१७ सय मिटर उचाईसम्म गर्न सकिन्छ । जे भए तापनि विगत लामो समयदेखि नेपालको पूर्वी भेग जस्तै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा आदि जिल्लामा अलैँची खेती हुँदै आएको थियो भने हाल आएर भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, गोरखा, कास्की, लमजुङ, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत पश्चिमका जिल्लाहरुमा पनि अलैँची खेतीका लागि बिरुवा सार्ने, रोप्ने क्रम सुरु भएको छ, भई रहेको छ । अलैँचीको महत्व कति छ भन्ने त केही वर्ष अघिदेखि चीन, मध्यपूर्वका खाडी देशहरु, युरोप महादेशका देशहरु, उत्तर अमेरिकी महादेशका देशहरु, दक्षिण अमेरिकी महादेशका देशहरु र, अफ्रिका महादेशका देशहरुमा समेत निकासी हुने गरेकोले पनि देखाउँछ । तर भारतीय व्यापारीहरु र भारत सरकारले नेपालमा उत्पादन भएको अलैँची आपूmले मात्रै किन्ने र त्यही अलैँची अरु देशलाई आप्mनो देशको उत्पादन भनी बेच्ने गर्छ भन्ने नेपाली व्यापारीहरुको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार