गुल्मी : गुल्मीमा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
रेसुङ्गा नगरपालिका–१४ कि ५५ वर्षकी बिष्णु रानाको मृत्यु भएको र सोही स्थानकी ५४ वर्षकी हुमकला राना घाइते भएकी जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।
उनीहरुको उद्दार गरेर उपचारका लागि गुल्मी अस्पताल ल्याइएको थियो । घाइतेमध्ये विष्णु रानाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।