“सुनकेसरी” म्यूजिकल फिल्म बजारमा

  टिआर सेनेहाङ
336 Shares

पूर्वेली लोकभाकाको गित “सुनकेसरी” को म्यूजिकल फिल्म सार्वजनिक भएको छ । चर्चित गायिका सुनिता थेगिम र समिर सिंगकको आवाजमा रहेको गितको म्यूजिक भिडियो रोमियो फिल्मस्को अफिसियल च्यानल बाट आईतबार सार्वजनिक भएको हो । पत्रकार तथा गितकार टिआर सेनेहाङको शब्द,पछिल्लो समयका व्यस्त निर्देशक देउकृष्ण लिंखा याक्खा (राई) को निर्देशनमा निर्माण भएको यस म्यूजिक भिडियोमा रोमियो पंधाक र विमला खजुमको मुख्य भुमिका रहेको छ भने टिआर सेनेहाङ, निसाम तुम्बापो,आधुनिक देवान,सिता थेगिम,रविन नाल्बो लगायतको सहायक भूमिका रहेको छ ।

रोमियो फिल्म्ले निर्माण गरेको यस भिडियोमा कृष्ण सुवेदीको श्रृङगार तथा सुमन लामाको क्यामेरा रहेको छ । समाजमा भएको घटनालाई भिडियोमा यथार्थ चित्रण गर्न खोजिएको कथावस्तु समेटिएको फिल्मका प्रड्यूसर किसोर कुमार लिम्बुले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार