माङसेबुङ गाउँपालिकाको १८औँ गाउँसभा असार १० गते

  नयाँ बुलन्द
7 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशन आगामी असार १० गते बस्ने भएको छ ।

गाउँपालिका अध्यक्ष हेमन्त राईले गाउँसभा तथा नगरसभा सञ्चालन कार्यविधि ऐन, २०७५ को दफा ३ को उपदफा (२) बमोजिम अधिवेशन आह्वान गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत नवदीप राईद्वारा जारी सूचनाअनुसार अधिवेशन असार १० गते बुधबार बिहान ११ बजे गाउँपालिकाको सभाकक्षमा बस्नेछ । गाउँसभा सदस्यहरूलाई उक्त अधिवेशनमा अनिवार्य उपस्थितिका लागि आमन्त्रण गरिएको छ ।

अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम, बजेट तथा विभिन्न विधेयकहरूमाथि छलफल र पारित गरिने कार्यसूची रहेको छ । गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार अधिवेशनका मुख्य एजेन्डामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक २०८३ र विनियोजन विधेयक २०८३ रहेका छन्  ।

स्थानीय तहको वार्षिक योजना तथा बजेट निर्माण प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा रहेको गाउँसभाबाट आगामी आर्थिक वर्षका विकास प्राथमिकता निर्धारण हुने अपेक्षा गरिएको छ। गाउँसभाले स्वीकृत गर्ने नीति तथा कार्यक्रम र बजेटका आधारमा गाउँपालिकाले आगामी वर्षका विकास निर्माण, सेवा प्रवाह र सुशासनका कार्यक्रम कार्यान्वयन गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार