फाकफोकथुम गाउँपालिका २ नं. वडा कार्यालयको परिचय र आ.व. २०८२/०८३ को कार्यप्रगति विवरण

आ.व. २०८२/०८३ को जेठ मसान्त सम्मको फाकफोकथुम गाउँपालिका वडा नं. २ कोल्बोटे बाट सञ्चालित योजना तथा कार्यक्रमको प्रगति प्रतिवेदन-

परिचय-

 नेपालको कोशी प्रदेशको सुन्दर जिल्ला पहाडकी रानी, नगदे वालीको खानी उपनामले परिचित  इलामको पश्चिमी   भुभागमा रहेको फाकफोकथुम गाउँपालिकामा रहेका  ‍७ वटा वडाहरुमध्येको  एक वडा यस वडा नं. २ हो ।  बहुजातीय, वहुभाषिक, वहुधार्मिक, सांस्कृतिक विविधताले भरिपूर्ण यस फाकफोकथुम गाउँपालिकाको उत्तर पश्चिम दिशामा यस २ नं. वडा अवस्थित रहेको छ । संघीय संरचनाको निर्माण हुने क्रममा साविक फाकफोक गा.वि.स.को वडा नं. ५ देखि वडा नं ९ सम्मका वडाहरु मिलेर फाकफोकथुम गाउँपलिका वडा नं. २ निर्माण भएको हो । यस वडा नं. २ को क्षेत्रफल १३.५८ वर्ग किलोमिटर रहेको छ भने , घरधूरी संख्या ६४५ रहेको छ । वि.स. २०७८ सालको जनगणना अनुसार यहाँको कुल जनसंख्या २६३६  जना रहेको छ, जसमा पुरुषको संख्या १३२८ जना र महिलाको संख्या १३०८ जना र लैङ्गिक अनुपात १०१.६८ प्रति महिला रहेको छ । यस वडाको पूर्वमा फाकफोकथुम गाउँपालिकाको वडा नं. ६ र ७, पश्चिममा फाकफोकथुम गाउँपालिका को वडा नं. १, उत्तरमा पाँचथर जिल्लाको फाल्गुन्द गाउँपालिका र दक्षिणमा फाकफोकथुम गाउँपालिकाको वडा नं. ३ रहेको छ ।  यस वडा न. २ भौगोलिक हिसावले पहाडी क्षेत्रले ओगटेको छ । यहाँका अधिकांश बासिन्दाहरु कृषि  तथा पशुपालन पेशामा संलग्न रहेका छन् । व्यवसायिक रुपमा कृषि फर्महरु पशु फर्महरु दर्ता गरेर कृषि पशु र व्यपारलाई जिवन निर्वाह संगै आम्दानीको प्रमुख स्रोत बनाएका छन । यस क्षेत्रको मुख्य आर्थिक आय आर्जनका स्रोत अन्तर्गत घ्यू, छुर्पी, चिया, अम्लिसो, अदुवा, अकवरे खोर्सानी, किवि, अलैची, धानबाली र पशुपालन तर्फ गाई, बाख्रा, खसि , सुंगुर ,भैसि लगाएतका पशुजन्यहरुको उत्पादन बिक्रिवितरण र निर्यात   रहेको पाइन्छ ।  शैक्षिक क्षेत्र अन्तर्गत यस २ नं. वडामा ४ वटा सामुदायिक विद्यालयहरु रहेका छन् जसमा १ वटा माध्यमिक तहको विद्यालय रहेको छ भने बाँकि ३ वटा आधारभूत तहका विद्यालयहरु रहेका छन् । स्वास्थ्य तर्फ १५ शैयाको आधुनिक सुविधा सम्पन्न अस्पतालको निर्माण अन्तिम चरणमा पुगेको छ ।विकासशिल अवस्थामा रहेको यस वडा नं २ विकासको फड्को मार्ने अवस्थामा रहेको छ। यो वडा धार्मिक तथा प्रर्यटकिय रुपमा आफैमा एउटा अनुपम उदाहरण हो, यहाँ रहेका  धार्मिक तथा पर्यटकिय क्षेत्रमा चुहानडाँडा शिवालय मन्दिर , सिंहकाली देवी देवस्थल ,ढुलपुजे देवस्थल, एकचुले डाँडा, साब्लिथुम्कि डाँडा, फाकफोकखोला साप्तिन अन्तर्गत छाँगेटार झरना, खड्का गाउँ जोरधारा जस्ता  पर्यटकिय सम्भावना बोकेका स्थानहरुले फाकफोकथुम गाउँपालिकाको समग्र पर्यटन क्षेत्रलाई  प्रबर्द्धन गर्न सकिने अवस्था देखिन्छ ।

सेवा प्रवाह-

फाकफोकथुम गाउँपालिका वडा नं. २ को सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन निम्नानुसारको व्यवस्था गरिएको छः

  • सेवाग्राहीको हितलाई मध्यनजर गर्दै विभेद रहित सेवा प्रवाहको व्यवस्था मिलाईएको ।
  • पहिले आउने सेवाग्राहिलार्इ पहिलो सेवा प्रवाह गरिएको साथै अपाङ, जेष्ठ नागरिक तथा  वालवालिकाहरुको सेवाकोलागि पहिलो प्राथमिकतामा राखिएको छ ।
  • राजस्व प्रणाली अन्तर्गत भुमीकर, आम्दानी तथा सेवा शुल्कलार्इ अनलाइन मार्फत सेवा प्रदान गरिएको छ ।
  • योजना सम्झौतासँग सम्बन्धित आवश्यक कागजात वडा कार्यालयबाट नै तयार गरिदिने व्यवस्था मिलाइएको छ ।
  • सेवाग्राहीलाई सेवा लिदा आवश्यक पर्ने सम्पूर्ण कागजातका फोटोकपी र योजनासँग सम्बन्धित आवश्यक कागजातका फोटोकपी वडा कार्यायलबाट नै गरिदिने व्यवस्था रहेको ।
  • कामको शिलशिलामा जिल्ला सदरमुकाम, इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय तथा अन्य कार्यालय पुगेर प्रमाणित कागजाहरु आवश्यक परेका सेवाग्राहीलाई वडाबाट विद्युतीय मेलको माध्यमबाट कागजात पठाइ सेवा ग्राहिको हितमा कामकाज गरिएको छ ।
  • अत्यावश्यक कामको लागि सार्वजनिक विदाको दिन समेत सेवा प्रवाह  गरिएको छ ।
  • उपभोक्ता समितहरु गठन गर्दा वडा समितिले निर्णय गरेर मिति, समय र स्थान कम्तिमा ३ दिन अगावै सूचना सम्प्रेषण गरि गठन गर्ने गरिएको छ ।
  • सामाजिक सुरक्षा भत्ता नवीकरण तथा बायोमेट्रिक भेरिफिकेशनको लागि वडाको विभिन्न स्थानहरुमा शिविर सञ्चालन गरिदै आएको छ ।
  • सम्पूर्ण योजनाको कामको प्रत्यक्ष प्राविधिकको निगरानी बाट हुने र भुक्तानी हुनु अगावै वडाका प्रतिनिधिहरुबाट अनुगमन तथा मुल्याङ गरी र पाँच लाख भन्दा माथि का योजनाहरु अनुगमन समितिका संयोजक गाउँपालिकाको उपाध्यक्ष सहितको टोलीबाट अनुगमन गरेर मात्रै भुक्तानीको सिफारिस दिने गरिदै आएको छ ।
  • नागरिकताको प्रमाणपत्रको सिफारिसको लागि अनलाईन प्रणाली मार्फत सिफारिस गर्ने गरिएको छ ।

 यस वर्षमा  देखिएका हालसम्म भएको केहि मुख्य कार्य प्रगतिहरु

  • प्रदेश सरकारको सहयोगमा प्रति सडक ५० लाख भन्दा बढी लागत भएका ३ वटा प्रमुख सडकहरुको स्तरोन्नती कार्य अन्तीम चरणमा पुगेको छ।
  • भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीकोहरुको लगत संकलन कार्य सम्पन्न भएको छ ।
  • स्वास्थ्यमा निर्माणाधिन १५ शैयाको अस्पतालको  निर्माण कार्य अन्तिम चरणमा रहेको छ।
  • वर्षातका कारण वडा भित्रका बिग्रेका भत्केका सम्पुर्ण सडकहरुको मर्मत सम्धार तथा सरसफाई गरि सञ्चालन गरिएको छ ।
  • किसान सूचिकरण तथा गरिब घरपरिवार पहिचान कार्य सम्पन्न भएको छ।
  • अबिरल बर्षाले वडा भित्र पुर्याएको क्षतिको विवरण संकलन, सर्जिमिन मुचुल्का लगाएत आवशयक प्रक्रिया पुरा गरि राहतको लागि गाउँपालिका तथा जिल्ला पठाउने कार्य सम्पन्न भएको ।

राजश्व/ आम्दानी विवरण आ.व.२०८२/०८३(जेठ मसान्त सम्म)

फाकफोकथुम गाउँपालिका वडा नं. २ को आ.व.२०८२/०८३ को जेठ मसान्त सम्मको राजस्व विवरणः

क्र.सं. शीर्षक जम्मा
. भुमी/मालपोत शिर्षक बाट संकलित राजस्व रु. १,५२,४२२।-
. प्रशासनिक तथा विविध सेवा शुल्क बाट संकलित राजस्व रु. ८,३४,७३२।-
                                      जम्मा रु. ९,८७,१५४।

अक्षरुपी नौ लाख अठहत्तर हजार एक सय चौपन्न रुपिया मात्र।

व्यक्तिगत घटना दर्ता विवरण (जेठ मसान्त सम्म)

आ.व.२०८२/०८३ को २ नं वडाको व्यक्तिगत घटना दर्ता विवरणः

क्र.सं.  व्यक्तिगत घटना पुरुप महिला जम्मा
. जन्मदर्ता २१ जना २३ जना ४४ जना
. मृत्यु दर्ता ६ जना ५ जना ११ जना
. विवा दर्ता २३ जोडी २३ जोडी
. सम्बन्ध विच्छेद दर्ता ११ जोडी  
. बसाईँसराई आएको परिवार र संख्या           १ परिवार  ३ जना जना
. बसाईँसराई गएको परिवार र संख्या         ११ परिवार   २४ जना

 वडामा दर्ता भएका जम्मा पत्र  (जेठ मसान्त सम्म)

पत्र संख्या – दर्ता नं. १ देखी  ८८ सम्म- ८८ वटा

 

वडा कार्यालयबाट चलानी भएको  पत्र संख्या  (जेठ मसान्त सम्म)

 च.नं. ०१ देखी ५४८सम्म

क्र.सं. शीर्षक संख्या
नागरिकता सिफारिस ४७ थान
नागरिकता प्रतिलिपि सिफारिस ५६ थान
नाता प्रमाणित सिफारिस २१ थान
घर जग्गा सिफारिस( घरबाटो, चारकिल्ला ,घर कायम ,बाटो प्रमाणित आदि)               १२५ थान
बैंक खाता खोल्ने सिफारिस २६ थान
अंग्रेजी भाषाको सिफारिस               २५  थान
अन्य सिफारिस २४८
            जम्मा    ५४८

 

विकास निर्माण-

फाकफोकथुम गाउँपालिका वडा नं. २ को लागी विभिन्न निकायबाट  विनियोजन भएको बजेट शीर्षकहरु र त्यसको अवस्थाः

 प्रदेश सरकार बाट  बिनियोजित योजनाहरु

क्र.स. आयोजना  विनियोजित रकम रु लाखमा कैफियत
१५ शैयाको अस्पताल १८०० (क्रमागत बजेट)   सम्पन्नको अन्तिम चरणमा रहेको
पसल कोलबोटे साप्तिन सडक स्तरोन्नती ७० सम्पन्नको अन्तिम चरणमा
अम्बर जगत लोकमणि नेपाली संस्कार पर्यटन विकास केन्द्रको खेलमैदान निर्माण फाकफोकथुम ०२ काम सम्पन्न भएर भुक्तानी बाकि
फलाटे चुहान डाँडा खाम्बाङ सडक स्तरोन्नती ५० सम्पन्नको अन्तिम चरणमा रहेको
पसल फुस्रे हुदै साप्तिन सडक स्तरोन्नती ५० निर्माणाधिन
आमचोक त्रिवेणि हुदै कन्सिरि साप्तिन डोकान डाँडा सडक ५० कन्सिरि खण्डमा काम हुदै

 

फाकफोकथुम गाउँपालिका बाट विनियोजित आयोजनाहरु

फाकफोकथुम गाउँपालिका वडा नं २ को लागि आ.व. २०८२/०८३ को गाउँपालिकास्तरिय योजनाहरुः

क्र.स. योजना/ कार्यक्रम विनियोजित रकम रु हजार कैफियत
ढुलपुजे देवस्थल घेरवार २०० निर्माण सम्पन्न
साकेलाथान निर्माण ३५० निर्माण सम्पन्न
फाकफोकखोला देखि रुद्र थापाको घर छेउ सम्म ग्राभेल, सोलिङ र नाली ५०० निर्माण सम्पन्न
तरकारि पकेट बिकास कार्यक्रम  (नबकिरण सहकारी संस्थालाई प्रदान गरिएको ) ६०० सम्पन्न भएको
प्राङ्गारिक मल उत्पादन तथा उपयोग प्रवर्द्धन कार्यक्रम (इलामेली अर्गानीक कृषि तथा पशुपंछि फार्म लाई प्रदान गरिएको १२५ सञ्चालनमा रहेको
बृद्धिमुखि कार्यक्रम( पानिधाप चिया प्रशोधन केन्द्रलाई प्रदान गरिएको) २०० सञ्चालनमा रहेको

 फाकफोकथुम गाउँपालिका वडा नं. २ को आ.व. २०८२/०८३ मा वडा सिलिङ बाट विनियोजित योजनाहरु

वडा कार्यालय , फाकफोक स्वास्थ्य चौकी,एकतप्पा प्रहरी चौकी  ( चालु खर्च )प्रशासनिक खर्च  जम्मा रु(प्रति हजारमा) ८,७४,।–

पुजिगत खर्च तर्फ

सामाजिक विकास तर्फः

क्र.स योजनाको नाम विनियोजित रकम रु हजारमा कैफियत
जनजाति लक्षित कार्यक्रम १०० सम्पन्न भएको
लक्षित वर्ग (दलित) कृषि आयआर्जन कार्यक्रम ५० कार्यक्रम सञ्चालनमा रहेको
अपाङ्ग एकता समाज झोल तथा डल्ले साबुनको लागि कच्चा पदार्थ खरिद ५० सम्पन्न भएको
महिला सञ्जाल लक्षित आयआर्जन मुलक कार्यक्रम १०० सम्पन्न भएको
धार्नेखोप आधारभुत विद्यालय घेरावार १०० सम्पन्न भएको
टोलगत खानेपानी २५० उपभोक्ता समिति सक्रिय नहुदा सञ्चालन हुन नसकेको
  जम्मा ६५०  

वातावरण तथा विपद व्यवस्थापनः

क्र.सं.  योजनाको नाम  विनियोजित रकम रु हजारमा कैफियत
बर्षातका कारण क्षतिग्रस्त सडक मर्मत संभार ५५० सम्पन्न भएको

 

 आर्थिक विकास अन्तर्गत

पुर्वाधार विकास तर्फः

क्र.सं.  योजनाको नाम  विनियोजित रकम रु हजारमा कैफियत
बालशिक्षा देखि बलरामको घर हुदै देउरालि जोड्ने सडक स्तरोन्नती २०० विपद्ले बजेट कटौती भएको
फुएल गाउँ भट्टराई गाउँ हुदै तिवाखोला जाने सडक स्तरोन्नति २०० सम्पन्न भएर भुक्तानी बाँकि
पिपलबोट टहरो हुदै कन्सिरी घाट जाने मोटरबाटो स्तरोन्नति २०० विपद्ले बजेट कटौती भएको
आस बहादुर राईको घरदेखि सिंह देवि देवस्थल जोड्ने सडक स्तरोन्नति २०० विपद्ले बजेट कटौती भएको
सिंहदेवी बाल विकास व्यवस्थापन ५० सम्पन्न भएको
वडा कार्यालय देखि राना गाउँ हुदै भाजिमान डाँडा सडक स्तरोन्नति २०० विपद्ले बजेट कटौती भएको
  जम्मा १०५०  

 

 संस्थागत सेवा प्रवाह र सुशासन तर्फः

क्र.सं.  योजनाको नाम  विनियोजित रकम रु हजारमा कैफियत
गमला, टेबल, दराज र कार्पेट खरिद ७५ सम्पन्‍न भएको
योजना अनुगमन ,मुल्याङ्कन तथा व्यवस्थापन ५० सञ्चालनमा रहेको
            जम्मा १२५  

 आर्थिक विकास तर्फ

कृषि तथा पशु तर्फ

क्र.सं.  योजनाको नाम  विनियोजित रकम रु हजारमा कैफियत
गोठ सुधार योजना  

७५०

सम्पन्न भएर अनुगमन र भुक्तानी बाँकि
मोटर सहितको च्याप कटर खरिद( २५% लागत साझेदारीमा ) खरिद भई वितण सम्पन्न भएको
कृषि प्रवर्द्धन कार्यक्रम(२५% लागत साझेदारीमा प्लाष्टिक टनेल खरिद ) १५० खरिद भई वितण सम्पन्न भएको
जम्मा ९००  

पशुतर्फ खोप कार्यक्रम सञ्चालनमा- ४०३० साना ठुला  पशुलाई भ्याक्सिन लगाईयो ।

जसमा-

  • १२०० पशुलाई खोरेत विरुद्धको खोप लगाईएको
  • ४५० पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको
  • २००० साना पशुलाई PPR भ्याकसिन महामारी बिरुद्धको खोप लगाईएको
  • ८० वटा पशुलाई रेबिज बिरुद्धको खोप लगाईएको
  • ३०० पशुलाई स्वाइन फिभर बिरुद्धको खोप लगाईको

 राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम तर्फ

क्र.स. योजनाको नाम विनियोजित रकम रु  हजारमा कैफियत
राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम ६७९ २ नं. वडा भित्रका रहेका अबिरल बर्षाको कारणले बिग्रिएका भत्केका  ७ वटा कुलोहरुको मर्मत सम्भार तथा पुनः निर्माण गरि सञ्चालन गरिएको ।

साना सिचाई तर्फः

क्र.स. योजनाको नाम विनियोजित रकम रु  हजारमा कैफियत
जौबारी सिचाई योजना १७२५ काम सम्पन्न भई भुक्तानी समेत भएको

 फाकफोकथुम गाउँपालिका वडा नं. २ मा सञ्चालन भएको  विभिन्न कार्यक्रमहरु

  • योजना सझौता सञ्चालन सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको ।
  • कृषि प्रवर्द्धन अन्तर्गत ३० जना कृषकलाई प्राष्टिक टनेलहरु बितरण गरिएको
  • उघम विकास मार्फत गरिवि निवारणका लागि लघु उघम विकास कार्यक्रम मेड्फा अन्तर्गत ७ दिने उघमशिलता विकास तालिम र प्रविधि हस्तान्तरण कार्यक्रम गरिएको ।
  • पशुपंन्छि विकास तथा प्रवर्द्धन तर्फ   १०  जना कृषकलाई मोटरसहिको च्यापकटर वितरण गरिएको  र १५ वटा कृषकलाई सुधारिएको गोठ निर्माण गरिएको ।
  • कृषि विकास शाखाको आयोजनामा किसान सूचिकरण शिविर सञ्चालन गरिएको ।
  • महिला उघमशिलता अन्तर्गत २ दिने पराले तथा मुडे च्याउ सम्बन्धि अभिमुखिकरण तालिम सञ्चालन संगै च्याउको बिउ वितरण गर्ने कार्य गरिएको ।
  • गाउँपालिकाको आयोजना तथा वडाको समन्वयमा एक दिने एकिकृत घुम्ति शिविर सञ्चालन गरिएको ।
  • सिकाई केन्द्र अन्तर्गत २ दिने अलैची बगान व्यवस्थापन अगुवा कृषक लालिम सञ्चालन गरिएको ।
  • गाउँपालिकाको आयोजनामा अपाङ्ग भएका व्यक्तिहरुको लागि ३ दिने झोल तथा डल्ले साबनु निर्माण सम्बन्धी तालिम सञ्चालन गरिएको ।

 सुशासन-

यस फाकफोकथुम गाउँपालिका वडा नं. २ बाट हुने सेवा प्रवाहलाई जनमुखी बनाई नागरिकको अपेक्षा अनुरुप प्रभावकारी ढंगबाट छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई सुखद अनुभूति दिलाउने प्रयास नै यस वडा नं. २ मा भएको सुशासनको थालनी हो । यस वडा नं. २ मा सुशासनलाई प्रवर्द्धन गर्न गरिएका प्रयासहरुलाई निम्नानुसार उल्लेख गरिएको छ –

  • जनशहभागितामूलक शासन व्यवस्थाको अभ्यास ।
  • नागरिक वडा पत्रको व्यवस्था ।
  • सूचना पाटी मार्फत सूचना सम्प्रेषणको व्यवस्था ।
  • सुझाव/उजुरी पेटिकाको व्यवस्था ।
  • वडाको सूचना, सेवा प्रवाहको विषयमा सामाजिक सञ्जाल फेसबुक/ वेवसाइड र सार्वजनिक स्थानहरुमा सूचना टाँस गरि प्रचारप्रसार गर्ने गरिएको ।

धन्यवाद ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार