
काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् ।
मंगलबार प्रधानमन्त्री शाहले २ मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् । प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गरेका हुन् ।
गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ र पुन स्वतन्त्र उम्मेदवार भइ म्याग्दीबाट निर्वाचित सांसद हुन् ।
उनीहरू दुवै जनाको सरकारमा दोस्रो इन्ट्री हो ।
गुरुङ गत चैत १३ गते गृहमन्त्री नियुक्त भएर वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । पुन भने जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बनेका थिए ।

















































