इलामको लेकाली क्षेत्रमा आलु भित्र्याउने चटारो

  नयाँ बुलन्द
28 Shares

इलाम : इलामको उच्च पहाडी क्षेत्रमा यतिबेला किसानहरू आलु खन्ने र भित्र्याउने चटारोमा छन्। विशेषगरी माईजोगमाई गाउँपालिका–६ स्थित प्याङको थुम्के रानी क्षेत्रमा किसानहरू खेतबाट आलु खनेर संकलन तथा भण्डारण गर्न व्यस्त देखिएका छन्। यस क्षेत्रको लेकाली भूभागमा आलु प्रमुख नगदे बालीका रूपमा खेती हुँदै आएको छ।

वर्षमा एकपटक मात्र उत्पादन हुने आलु यहाँका किसानको मुख्य आम्दानीको स्रोत बनेको छ। उत्पादन राम्रो हुने र बजारमा उचित मूल्य पाइने भएकाले अधिकांश किसानले व्यावसायिक रूपमा आलु खेती गर्दै आएका छन्। स्थानीय किसानहरूका अनुसार यस वर्ष मौसम अनुकूल रहेकाले उत्पादन सन्तोषजनक भएको छ।

आलु बिक्रीबाट प्राप्त आम्दानीले घरखर्च सञ्चालन, बालबालिकाको शिक्षा तथा अन्य कृषि कार्यमा लगानी गर्न सहज हुने गरेको उनीहरूको भनाइ छ। हाल उत्पादन भएको आलु स्थानीय बजारका साथै जिल्लाबाहिरका विभिन्न बजारमा समेत बिक्रीका लागि पठाउने तयारी भइरहेको छ। आलु खेतीले लेकाली क्षेत्रका किसानको आर्थिक अवस्था सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको स्थानीयवासी बताउँछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार