चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित कुल बजेटमध्ये असार १८ गतेसम्ममा ७५.१६ प्रतिशत खर्च गरेको छ । लेखा शाखा प्रमुख मिलनकुमार भट्टराईका अनुसार चालु तथा पुँजीगत शीर्षक गरी कुल वार्षिक बजेट ४८ करोड ७३ लाख ४४ हजार ७८ मध्ये ३६ करोड ४८ लाख १६८ रुपैयाँ खर्च भएको छ । खर्चपछि १२ करोड ५ लाख ४३ हजार ९१० रुपैयाँ मौज्दात रहेको छ ।
भट्टराईका अनुसार चालुतर्फ ३२ करोड ९ लाख १२ हजार ५७८ बजेट विनियोजन गरिएकोमा २६ करोड २ लाख ७४ हजार ५०५ रुपैयाँ खर्च भएको छ। यो चालु बजेटको ८१.०९ प्रतिशत खर्च हो । चालुतर्फ ६ करोड ६ लाख २८ हजार ७३ खर्च हुन बाँकी रहेको छ ।
त्यसैगरी पुँजीगततर्फ १६ कोड ६४ लाख ३१ हजार ५०० बजेट विनियोजन गरिएकोमा १० करोड ४५ लाख २५ हजार ६६३ रुपैयाँ खर्च भएको छ । पुँजीगत बजेटको खर्च प्रतिशत ६३.५७ रहेको छ भने ५ करोड ९९ लाख ५ हजार ८३७ रुपैयाँ मौज्दात रहेको छ ।
समग्रमा चालु र पुँजीगत दुवै शीर्षकको खर्च जोड्दा गाउँपालिकाले ३६ करोड ४८ लाख १६८ रुपैयाँ खर्च गर्दै ७५.१६ प्रतिशत वित्तीय प्रगति हासिल गरेको देखिन्छ । खर्चपश्चात १२ करोड ५ लाख ४३ हजार ९१० रुपैयाँ बाँकी रहेको छ ।















































