चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा आन्तरिक राजस्व संकलनतर्फ उल्लेखनीय प्रगति गरेको छ । गाउँपालिकाको राजस्व शीर्षकअनुसारको विवरण अनुसार उक्त अवधिमा विभिन्न कर, दस्तुर, सेवा शुल्क तथा अन्य स्रोतबाट कुल रु. १,०१,६५,७८८.१९ आन्तरिक राजस्व संकलन भएको छ ।


















































