विश्वकपमा आयोजक अमेरिकाको शानदार सुरुवात

  नयाँ बुलन्द
21 Shares

काठमाडौं : आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ मा शानदार सुरुवात गरेको छ । अमेरिकाको लस एन्जल स्टेडियममा शनिबार बिहान भएको खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेमाथि ४–१ को जित निकालेको हो ।

अमेरिकाको जितमा फोलारिन बालोगुनले २ र जियोभानी रेयनाले एक गोल गर्दा एक गोल आत्मघाती रुपमा पायो । पाराग्वेका लागि मौरिसियाले सान्त्वना गोल गरे । खेलको ७ मिनेटमै आत्मघाती गोलमार्फत अमेरिकाले पहिलो अग्रता लिएको थियो ।

स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले हानेको बल आफ्नो गोलपोष्टमा छिरेपछि अमेरिकाले अग्रता लियो । त्यसपछि ३१औं मिनेटमा फोलारिन बालोगुन गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा फोलिरिनले नै व्यक्तिगत दोस्रो गोल गर्दे अमेरिकाको अग्रतालाई तेब्बर बनाए । पाराग्वेका मौरिसियोले ७१औं मिनेटमा गोल गर्दै खेलमा फर्किने प्रयास गरे ।

दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा अमेरिकाका जियोभानी रेयनाले गोल गर्दै टोलीलाई ४–१ को जितमा पु¥याए । जितसँगै अमेरिकाले समूह ‘डी’ मा ३ अंक जोड्दै शीर्ष स्थानमा छ ।

उक्त समूहमा अमेरिका र पाराग्वेसहित अस्ट्रेलिया र टर्की छन् । यसअघि आजै भएको खेलमा क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाले १–१ को बराबरी खेलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार