फाकफोकथुम गाउँपालिका वडा नं. ५ बाट सञ्चालित आयोजना तथा कार्यक्रमको प्रगति विवरण (आ.व. २०८२/०८३)

  नयाँ बुलन्द
49 Shares

परिचय

नेपालको कोशी प्रदेशको सुन्दर जिल्ला इलामको पश्चिमी भुभागमा पर्ने दुर्गम गाउँ हो लुम्दे । साविक लुम्दे गाविसको नाम कसरी रहन गयो भन्ने सम्बन्धमा स्थानीय बुढापाकाहरु यसो भन्ने गर्छन, प्राचिनतम् समयमा हाल साविक लुम्दे वडा नं.१ मा अचानक एउटा ढुंगा देखा पर्यो रे पहिले कहिल्यै त्यस ठाउँमा ढूंगा देखिएको थिएन रे त्यहाँ लिम्बू वस्ती रहेको कारणले त्यस ढुंगालाई लुङत्ये भनिएछ । लिम्बू भाषा अनुसार लुङ्गको अर्थ ढुंगा र त्यै को अर्थ आयो हुने हुनाले बोलचालको क्रममा लुङ्गत्ये बाट क्रमश अप्रभ्रंश भई लुम्दे हुन गएको हो भन्ने कथन छ । इलाम जिल्लाको दश स्थानी तह मध्ये एक हो फाकफोकथुम गाउँपालिका । फाकफोकथुम गाउँपालिकामा रहेको जम्मा ‍७ वटा वडाहरुमध्येको एक वडा यस वडा नं. ५ हो । जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधताले भरिपूर्ण यस फाकफोकथुम गाउँपालिकाको दश्क्षिणी क्षेत्रमा यस ५ नं. वडा अवस्थित रहेको छ । संघीय संरचनाको निर्माण हुने क्रममा साबिक लुम्दे गा.वि.स. वडा नं. १,२,३,४,५,६,७ र ९ मिलेर फाकफोकथुम गाउँपलिका वडा नं. ५ निर्माण भएको हो । यस वडा नं. ५ को क्षेत्रफल ११.८६ वर्ग किलोमिटर र जनसंख्या पुरुष १११५ महिला १०८६ गरि जम्मा  २२०१ जना रहेको छ । यस वडाको पूर्वमा फाकफोकथुम गाउँपालिकाको वडा नं. ७ सँग फाकफोकखोला, पश्चिममा पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नं. ४, रवि र कुरुम्वा, उत्तरमा फाकफोकथुम गाउँपालिका वडा नं.४ फूएतप्पा सँग थावाखोला, दक्षिणमा माङ्सेबुङ गाउँपालिका वडा नं.१ गजुरमुखी सँग फूङखोला रहेको छ । फाकफोकथुम गाउँपालिकाको वडा नं. ५ उपउष्ण र समसितोष्ण हावापानी रहेको पहाडी क्षेत्रमा अवस्थित छ ।   यहाँका अधिकांश बासिन्दा कृषि कार्यमा संलग्न रहेका छन् । फाकफोकथुम-५ निवासी अधिकांशको जिवनस्तर मध्यम रहेको छ  । विकासशील अवस्थामा रहेको वडा नं. ५ विकासको शिलशिलामा फड्को मारिहेको अवस्थामा छ ।  फाकफोकथुम-५ लुम्देमा सिंहदेवी मन्दिर माल्टेनी, जलकन्या मन्दिर जलाधार क्षेत्र, भुमरेगुफा, सूर्योदयको दृश्य अवलोकन गर्ने सकिन स्थानः खरानेथुम्का, जनैढुंगा, दुर्गा मन्दिर माङहिम, कुम्मायक कुस्यायक महादेव मन्दिर, सतीढुंगे र निर्माराधिनमा रहेको लुम्दे  खड्कुडे नवमी झिल अथाहा पर्यटकीय सम्भावना बोकेको स्थानहरु रहेका छन् । पर्यटन प्रवद्धन गर्ने उद्धेश्यका साथ जग्गेडांडा धार्मिक सांस्कृतिक तथा पर्यटन विकास समिति केहि अगाडि मात्र गठन भएको छ । जसले फाकफोकथुम गाउँपालिकाको समग्र पर्यटनलाई नै प्रबर्द्धन गर्न सक्ने सम्भावना रहेको देखिन्छ ।

सेवा प्रवाह

फाकफोकथुम गाउँपालिका वडा नं. ५ को सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन निम्नानुसारको व्यवस्था गरिएको छ –

  • सेवाग्राहीको हितलाई मध्यनजर गर्दै विभेद रहित सेवा प्रवाहको व्यवस्था मिलाईएको,
  • पहिले आउनेलाई पहिले सेवा प्रवाह गर्ने गरिएको छ,
  • राजश्व प्रणाली, नगदी रसिद दस्तुरलाई कम्प्युटरमा आधारित अनलाईन प्रणालीबाट सञ्चालन गरिएको, मालपोत वा भूमीकर रसिद पनि कम्प्यूटरमा आधारित अनलाइन सुत्र प्रणालीबाट सन्चालन भई रहेको,
  • उपभोक्ता समितिका अध्यक्ष कोषाध्यक्ष र सचिवलाई योजना सन्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सन्चालन भएको र योजना सम्झौता सम्बन्धी शिविर राखि मिति २०८ ३ बैसाख २४ गते वडा कार्यालयमा नै योजना सम्झौता गर्ने काम भएको,
  • कामको शिलशिलामा जिल्ला सदरमुकाम इलाम र मंगलवारे पुगेर अन्य प्रमाणित कागजात आवश्यक परेका सेवाग्राहीलाई वडाबाट विद्युतीय मेलको माध्यमबाट कागजात पठाइ सेवा प्रवाहलाई चुस्त, दुरुस्त र सरल बनाइने गरिएको ।
  • उपभोक्ता समितहरु गठन गर्दा वडा समितिले निर्णय गरेर मिति, समय र स्थान कम्तिमा ३ दिन अगावै वडा सदस्यबाट सम्बन्धित सेवा क्षेत्रको टोल संयोजक मार्फत सूचना सम्प्रेषण गरि गठन गर्ने गरिएको छ ।
  • सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर वडामा चार स्थानहरुमाः वडा कार्यालय, जालपा मावि भवन, महिला माछापुछ्रे बहुउद्धेशीय सहकारी भवनमा र माल्टेनी टोलमा शिविर राखि नवीकरण गर्ने कार्य सम्पन्न भएको  ।
  • मालपोत वा भूमिकर राजश्व संकलन घुम्ती शिविर चार स्थानमा सन्चान भएको ।
  • गापाबाट प्रदान गरिने सेवाहरु एकिकृत घुम्ती शिविर सन्चालन भई सेवा सन्चान भएको ।

सम्पूर्ण योजनाको कामको प्रत्यक्ष निगरानी प्राविधिकबाट हुने र भुक्तानी हुनु अगावै वडाका जनप्रतिनिधिहरुबाट र योजनाहरु अनुगमन समितिका संयोजक गाउँपालिकाको उपाध्यक्ष सहितको टोलीबाट अनिवार्य अनुगमन गरेर निकासा सिफारिसको प्रक्रया अघि बढाइने गरिएको । पञ्चमी अर्जेन्ट क्लिनिक दमकको प्राविधिक सहयोग र वडा कार्यालयको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य घुम्ती शिविर सन्चालन भएको, जसबाट महिला १२५ जना र पूरुष ६० जना गरि जम्मा १८५ जनाले घरदैलो नजिक विशेषज्ञ स्वाथ्य सेवाबाट लाभान्वित भएको ।

  • पञ्चमी अर्जेन्ट क्लिनिक दमकको प्राविधिक सहयोग र वडा कार्यालयको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य घुम्ती शिविर सन्चालन भएको, जसबाट महिला १२५ जना र पूरुष ६० जना गरि जम्मा १८५ जनाले घरदैलो नजिक विशेषज्ञ स्वाथ्य सेवाबाट लाभान्वित भएको ।

आ.व. २०८२/०८३ साउन देखि जेष्ठ मसान्त सम्मको राजश्व आम्दानी विवरणः

वडा नं. ५

क्र.सं. शीर्षक जम्मा
१. भूमिकर/मालपोत १,१०,३९६।०१
२. अन्य कर ६००।००
३. सिफारिस दस्तुर २,३१,२००।००
४. ब्यक्तिगत घटना दर्ता विलम्व शुःल्क /प्रतिलिपि दस्तुर ६८,७००।-
५. नाता प्रमाणित दस्तुर २,२००।-
६. अन्य आय ४५,७०८।४०
  कूल जम्मा ४,५८,८०४।४१

व्यक्तिगत घटना दर्ता विवरण( आ.व.२०८२/०८३ को साउन देखि जेष्ठ मसान्त सम्म)

क्र.सं.  व्यक्तिगत घटना पुरुप महिला जम्मा
१. जन्मदर्ता २५ १५ ४०
२. मृत्यु दर्ता ११
३. विवाह दर्ता २५ जोडी २५जोडी
४. सम्बन्ध विच्छेद दर्ता
५. बसाईँसराई आएको परिवार संख्या  छैन
६. बसाई सरि गएको दर्ता संख्या १८ परिवार
बसाईँसराई गएको परिवार संख्या ५६ जना

वडाबाट भएका सिफारिस र सेवा प्रवाहको विवरणः (२०८२ साउन देखि जेष्ठ मसान्त सम्मको)

क्र.सं. शीर्षक संख्या
नागरिकता सिफारिस ५९
नागरिकता प्रतिलिपि सिफारिस ३२
नावालक परिचयपत्र सिफारिस
घरजग्गा सम्बन्धी सिफारिस (चार किल्ला घरबाटो लगायत) २३
योजना सम्झौता सिफारिस १३
योजना तथा कार्यक्रम सम्पन्न सिफारिस
बैंक खाता खोल्ने बन्द गर्ने सिफारिस २७
संस्था ब्यावसाय फर्म दर्ता नवीकरण सिफारिस
हकवाला हकदार सिफारिस
१० वन मैदार सम्बन्धी सिफारिस/रुख कटान प्रक्रियाको सिफारिस
१० ब्यक्तिगत घटना दर्ता प्रतिलिपि/ब्यक्तिगत घटना दर्ता प्रमाणित

(जन्म-३० विवाह ९ सम्वन्ध विच्छेद २ वसाईसराई २ मृत्यू ४)

१४२
११ अन्य  सिफारिस ३१५
१२ जम्मा सिफारिस ६३२

 विकास निर्माण-

फाकफोकथुम गाउँपालिका वडा नं. ५ बाट विनियोजन भएको बजेट शीर्षकहरु-

आ.व.२०८२/०८३ बजेट उपशिर्षकः फाकफोकथुम गाउँपालिका वडा नं.५

वडा सिलिङ्ग अन्तर्गतका आयोजना तथा कार्यक्रमहरुः

कार्यक्रम/आयोजना सञ्चालन
क. आर्थिक विकास क्षेत्र तर्फः
क्र.सं. कार्यक्रम) आयोजना/ क्रियाकलाको विवरण विनियोजित बजेट कामको विविरण कैफियत

 

कृषि कलेक्सन केन्द्र फिनिसिङ्ग ,५०,००० फिनिसिङ्गको काम भएको कार्य सम्पन्न भएको

 

कृषि विकास प्रवर्द्धन कार्यक्रम ,००,००० बजेट घटेर आएको कारणले कार्यक्रम सन्चालन हुन नसकेको
च्यापकटर मेसिन खरिद तथा गोठ खोर सुधार कार्यक्रम ३,००,००० बजेट कटौती भएकोले कार्यक्रम सन्चानल नभएको
आर्थिक विकासको जम्मा ८ लाख ५० हजार मात्र ।
ख. भौतिक पुर्वाधार क्षेत्र तर्फः
क्र.सं. कार्यक्रम/ आयोजना/ क्रियाकलापको विवरण विनियोजित वजेट कामको विवरण कैफियत
जिजिसधारा अगौटे भालुखोप थापाखोला सडक ग्राभेल सोलिङ्ग ५,००,००० सडक सरसफाई, सरसफाई ,सोलिंग ग्रावेल  सोलिंग १४४ घन ,सम्पन्न
शाखा सडकहरु मर्मत सम्भार ३,००,०००   वाढि पहिरो विपदमा खर्च भएको
इन्धन खरिद वडा नं.५ ३,००,००० सडक मर्मतको काम सम्मन्न
नेत्र अधिकारीको घर हुदै जनैढुंगा फुङखोला सडक २,००,००० सडक मर्मतको काम अन्तिम चरणमा
ट्यांगाबोटे कुलो मर्मत संम्भार १५०००० योजना सन्चालन नभएको
भौतिक पूर्वाधार क्षेत्र जम्मा १४ लाख ५० हजार मात्र ।
ग. सामाजिक क्षेत्र तर्फः
क्र.सं. कार्यक्रम/ आयोजना/ क्रियाकलापको विवरण विनियजित बजेट कामको विवरण कैफियत
वडा नं.५ खेलकूद कार्यक्रम ३,००,००० खेलकूद कार्यक्रम सन्चालन सम्पन्न
महिला लक्षित कार्यक्रम/ब्यूटी पार्लर तालिम कार्यक्रम १,००,००० ब्यूटी पार्लर तालिम सन्चालन सम्पन्न
नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद् लुम्दे १००००० फर्निचरका सामान खरिद कार्यक्रम सम्पन्न भएको
दलीत लक्षित कार्यक्रम-वडा नं.५ ५०,००० दलीत समूदाय लक्षित गापा स्तरीय भवन निर्माणमा साझेदारी
अपाङ्गता लक्षित कार्यक्रम-वडा नं.५ ५०,००० अपाङ्गता सहायक सामाग्री वितरण सम्पन्न
खानेपानी मुहान संरक्षण,मर्मत तथा पाइप खरिद २,५०,००० खानेपानी पाइप खरिद सम्पन्न
सामाजिक विकास क्षेत्रको जम्मा ८ लाख ५० हजार मात्र ।
घ. संस्थागत सेवा प्रवाह तथा सुशासन तर्फः
क्र.सं. कार्यक्रम आयोजना क्रियाकलापको विवरण विनियोजित वबेट कामको विरण कैफियत
लुम्दे स्वास्थ्य चौकी कार्यालय ब्यवस्थापन ३०००० कार्यालय सन्चालन खर्च सम्पन्न
गजुरमुखी प्रहरी चौकी मौलो पूजा तथा इन्धन खर्च ३०००० इन्धन खर्च सम्पन्न
मेशिनरी औजार मर्मत सम्भार तथा सञ्चालन खर्च/कार्यालय ब्यवस्थापन १,७२,४०० प्रोजेक्टर, प्रिन्टर र फर्निचर कार्यालय ब्यवस्थापन, गाउँघर क्लिनिक फर्निचर सम्पन्न हुने प्रक्रियामा रहेको
संस्थागत सेवा प्रवाह तथा सुशासन तर्फः २ लाख ३२ हजार ४ सय मात्र ।

वडा नं.५ वडा बजेट सिलिङ्ग वाहेकको संघ/प्रदेश तथा गापाको योजनाहरुः-

क्र.सं. कार्यक्रम /आयोजना /क्रियाकलापको नाम   जम्मा विनियोन कार्य प्रगति कैफियत
१. छरछरे मुहान माल्टेनी सल्लेरी खानेपाली लिफ्टिङ्ग आयोजना ८० लाख निर्माणाधिन संघीय बजेट बिशेष अनुदान
२. अन्तरे डाँडा जालपा कैजले मूल सडक स्तरोन्नति प्रदेशको ७० लाख र गापाको ३० लाख जम्मा १ करोड निर्माणाधिन, सम्पन्न हुने प्रक्रिया मा रहेको गापा र कोशी प्रदेश समपुरक अनुदान
३. नवमी एथवा विसाउने वाख्रा फार्म२ ५ लाख सम्पन्न गापा
४. वडा नं.५ को फुङखोला जालपा पत्ताले सडक ५ लाख
५. सौधानी यथवा सिँचाई आयोजना २३ लाख ७६ हजार सम्पन भएको नेपाल सरकार,स्विस सरकार ,प्रदेश सरकार,स्थानीय सरकार, जल उपभोक्ता को लागत साझेदारी
६. प्रधानमन्त्री राष्ट्रिया रोजगार कार्यक्रम ५ लाख ३६ हजार निर्माणाधिन, सम्पन्न हुने प्रक्रिया मा रहेको अन्तिम चरणमा
७. राष्ठ्रपति शैक्षिक सुधार कार्यक्रमः माँगमा आधारित गाउपालिकाको अत्यावश्यक आयोजना कार्यक्रम अन्तर्गत जालपा मावि ४ कोठै पक्की भवन ७० लाख निर्माणाधिन संघीय बजेट सम्पन्न हुने क्रममा रहेको
८. नवमी जलकन्या मन्दिर पाङमी चोक कच्ची नालि  ग्राभेल ५ लाख निर्माणाधिन प्रदेश सरकार
९. माल्टेनी ग्याविङ्ग वाल ८ लाख निर्माणाधिन प्रदेश विवद् व्यवस्थापन शसर्त बजेट
   

 सुशासन

यस फाकफोकथुम गाउँपालिका वडा नं. ५ बाट प्रवाह हुने सवा प्रवाहलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरुप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई सुखद अनुभूति दिलाउने प्रयास नै यस वडा नं. ५ मा भएको सुशासनको थालनी हो । यस वडा नं. ५ मा सुशासनलाई प्रवर्द्धन गर्न गरिएका प्रयासहरुलाई निम्नानुसार उल्लेख गरिएको छ –

  • जनशहभागितामूलक शासन व्यवस्थाको अभ्यास,
  • नागरिक वडा पत्रको व्यवस्था,
  • उजुरी पेटिकाको व्यवस्था गरिएको,
  • सूचना पाटी मार्फत सूचना सम्प्रेषणको व्यवस्था,
  • वडाको सूचना, सेवा प्रवाहको विषयमा सामाजिक सञ्जाल फेसबुक पेज र टोल संयोजक मार्फत सूचना प्रचारप्रसार गर्नेगरिएको,
  • जनउत्तरदायी स्थानीय सरकार सञ्चालनको प्रयास गरिएको,
  • जवाफदेही शासन सञ्चालनको प्रयास भएको ।

(नोट : २०८३ असार ३ गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत प्रतिवेदन)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार