फाकफोकथुम गाउँपालिका-७ मा सञ्चालित योजना तथा कार्यक्रमको प्रगति प्रतिवेदन आ.व. (२०८२/०८३)

  नयाँ बुलन्द
42 Shares

परिचय :

कोशी प्रदेश को सुन्दर जिल्ला इलामको पश्चिम भुभागमा रहेको पहाडकी रानी, नगदे वालीको खानी उपनामले परिचित फाकफोकथुम गाउँपालिकामा रहेका ७ वटा वडाहरु मध्येको एक वडा यो वडा नं। ७ एकतप्पा हो । जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधताले भरिपूर्ण यस  फाकफोकथुम गाउँपालिकाको पुर्व क्षेत्रमा यो ७ नं। वडा अवस्थित रहेको छ । संघीय संरचनाको निर्माण हुने क्रममा साबिक एकतप्पा गा।वि।स। वडा नं। ५,६,७,८ र ९ मिलेर फाफोकथुम गाउँपलिका वडा नं। ७ निर्माण भएको हो । यस वडा नं। ७ को क्षेत्रफल १०.९७ वर्ग कि मि र राष्ट्रिय जनगणना २०७८ अनुसार जनसंख्या २८५८ जना रहेको  जसमा पुरुष १४१५ र महिला १४४३ रहेको छ । यस वडाको पूर्वमा देउमाई नगरपालिकाको वडा नं। १ र फाकफोकथुम गाउँपालिका वडा नं ६ रहेको छ । पश्चिममा फाकफोकथुम गाउँपालिकाको वडा नं। ४ र ५ रहेको छ । उत्तरमा  फाकफोकथुम गाउँपालिकाको वडा नं।२ रहेको छ र दक्षिणमा माङ्सेबुङ गाउँपालिका वडा नं.१ रहेको छ । फाकफोकथुम गाउँपालिकाको वडा नं। ७ पहाडी क्षेत्रमा अवस्थित छ ।  यो वडा को सम्पुर्ण  क्षेत्र पहाडी रहेको छ । यहाँका अधिकांश बासिन्दा कृषि कार्यमा संलग्न रहेका छन् । यस वडाका मुख्य उत्पादन धान, मकै ,कोदो ,अम्रिसो, अकबरे खोर्सानी अदुवा अलैचि कफी  तथा दुध जन्य उत्पादन अन्तर्गत दुध, छुर्पी पनिर, घिउ, तथा मासु जन्य उत्पादनमा खसी बाख्रा, हाँस कुखुरा ,बंगुर तथा निर्यात मा गाई गोरु भैसि लगायत छन । फाकफोकथुम गाउँपालिका वडा नं. ७ निवासी अधिकांशको जिवनस्तर मध्यम रहेको छ । शैक्षिक क्षेत्र अन्तर्गत यस ७ नं वडामा १ सामुदायिक अध्यन केन्द्र, १ बाहुमुखी क्याम्पस र ६ वटा सामुदायिक विध्यालयहरु  छन् । जसमा २ वटा माध्यमिक विध्यालयहरु रहेको छ भने  बाकी ४ वटा आधारभुत विध्यालयहरु रहेका छन् । स्वास्थ्य तर्फ १ स्वास्थ्य चौकी र १ आयुर्वेद औषधालय रहेका छन् ।  त्यसै गरि १ रेडक्रस उपशाखा र प्रहरी चौकी रहेको छ।  विकासशील अवस्थामा रहेको वडा नं। ७ विकासको शिलशिलामा फड्को मारिरहेको अवस्थामा छ । फाकफोकथुम गाउँपालिका वडा नं ७ मा  निर्मार्णधिन एकतप्पा रङ्गशाला र निर्माणधिन राके गैडे सडक लाई ७ नं वडा को विकासको मुल आधार स्तम्भ मानिएको छ ।फाकफोकथुम  ७ मा सिद्द किराँत हाङ्साम युमा माङ्हिम रुपाटार, खाम्बुवा साम्ब्रीबुङ झरना, साप्लाथुम्का,कुम्भदेवि तुम्बेबुङ जस्ता अथाहा पर्यटकीय सम्भावना बोकेका स्थानहरु रहेका छन् , जसले फाकफोकथुम गाउँपालिका वडा नं.७ को समग्र पर्यटनालाई नै प्रबर्द्धन गर्न सक्ने देखिन्छ ।

सेवा प्रवाह

फाकफोकथुम गाउँपालिकामा वडा नं. ७ को सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन निम्नानुसारको व्यवस्था गरिएको छ ।

  • सेवाग्राहीको हितलाई मध्यनजर गर्दै विभेद रहित सेवा प्रवाहको व्यवस्था मिलाईएको ।
  • पहिले आउने सेवाग्राहिलार्इ पहिलो सेवा प्रवाह गरिएको साथै अपाङ्ग, जेष्ठ नागरिक तथा  वालवालिकाहरुको सेवाकोलागि पहिलो प्राथमिकतामा राखिएको छ ।
  • राजस्व प्रणाली अन्तर्गत आम्दानी तथा सेवा शुल्कलार्इ अनलाइन मार्फत सेवा प्रदान गरिएको छ ।
  • योजना सम्झौतासँग सम्बन्धित आवश्यक कागजात वडा कार्यालयबाट नै तयार गरिदिने व्यवस्था मिलाइएको छ ।
  • सेवाग्राहीलाई सेवा लिदा आवश्यक पर्ने सम्पूर्ण कागजातका फोटोकपी र योजनासँग सम्बन्धित आवश्यक कागजातका फोटोकपी वडा कार्यायलबाट नै गरिदिने व्यवस्था रहेको ।
  • कामको शिलशिलामा जिल्ला सदरमुकाम, इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय तथा अन्य कार्यालय पुगेर प्रमाणित कागजाहरु आवश्यक परेका सेवाग्राहीलाई वडाबाट विद्युतीय मेलको माध्यमबाट कागजात पठाइ सेवा ग्राहिको हितमा कामकाज गरिएको छ ।
  • अत्यावश्यक कामको लागि कार्यलय समय बाहेक पनि सेवा प्रवाह  गरिएको छ ।
  • उपभोक्ता समितहरु गठन गर्दा वडा समितिले निर्णय गरेर मिति, समय र स्थान कम्तिमा ३ दिन अगावै सूचना सम्प्रेषण गरि गठन गर्ने गरिएको छ ।
  • सामाजिक सुरक्षा भत्ता नवीकरण तथा बायोमेर्टिक भेरिफिकेसनका लागि वडाको विभिन्न स्थानहरुमा शिविर सञ्चालन गर्नुका साथै अशत्त विरामिहरुका लागि वायोमेर्टिक भेरिफिकेसन घर घरमा गएर गरिदै आएको छ ।
  • नागरिकता सिफारीस, ब्यतिगत घटना दर्ता , सामाजिक सुरक्षा भत्ता अनलाईन प्रणालि बाट संचालन गरिएको छ ।
  • सम्पूर्ण योजनाको कामको प्रत्यक्ष जनप्रतिनिधि र प्राविधिकको निगरानी बाट हुने र भुक्तानी हुनु अगावै वडाका प्रतिनिधिहरुबाट अनुगमन तथा मुल्याङ्कन गरी र पाँच लाख भन्दा माथि का योजनाहरु अनुगमन समितिका संयोजक गाउँपालिकाको उपाध्यक्ष सहितको टोलीबाट अनुगमन गरेर मात्रै भुक्तानीको सिफारिस दिने गरिदै आएको छ ।

यस वर्षमा  देखिएका हालसम्म भएको कार्य प्रगतिहरु

  • वर्षाको कारण वडा भित्र विग्रिएको भत्किएको सडकहरुको मर्मत सम्भार तथा सरसफाई गरिएको छ ।
  • भुमिहिन दलित सुकुमबासी अब्यवस्थित बसोबासिहरु को लगत सकंलन गर्ने काम भएको छ ।
  • जनजाती चेतना कार्यक्रम आदिबासी जनजाती मार्फत ७ नं वडा वासी लाई ३ दिने अचार बनाउने तालिम सन्चालन भएको छ।
  • एकतप्पा आयुर्वेद औषधालय को नागरिक आरोग्य अभियान कार्यक्रम मार्फत स्वास्थ्य जिबन शैलि  सम्बन्धि १ दिने अभिमुखिकरण  तथा ७ दिने निशुल्क योग शिविर कार्यक्रम  सन्चालन भएको छ।
  • महिला सचेतन कार्यक्रम महिला सन्जाल मार्फत ७ नं वडा का महिलाहरु लाई १ दिने लैगिक हिंसा तथा नेतृत्व विकास तालिम र कतृत्वकला तालिम सम्पन्न भएको छ ।
  • एकतप्पा दुतिया बजार तथा कक्फेवातङनाम भब्ताका साथ सम्पन्न गरिएको छ ।

राजश्व/ आम्दानी विवरण आ.व.२०८२/०८३ (जेठ मसान्त सम्म)

क्र.सं. शीर्षक जम्मा
१. नगदी रसिदबाट आम्दानी रु. ३५६१६८.१४।-
२. मालपोतबाट आम्दानी रु. २०५६९९.६९।-
जम्मा रु. ५,६१८६७.९३।-

 

व्यक्तिगत घटना दर्ता विवरण (जेठ मसान्त सम्म)

क्र.सं.  व्यक्तिगत घटना पुरुप महिला जम्मा
१. जन्मदर्ता १८ जना १७ जना ३५ जना
२. मृत्यु दर्ता ११ जना ९ जना २० जना
३. विवा दर्ता २० जोडी १६ जोडी
४. सम्बन्ध विच्छेद दर्ता ७ जोडी
५. बसाईँसराई आएको परिवार ६ परिवार  १४ जना  सदस्य
६. बसाईँसराई गएको परिवार १० परिवार  २३ जना   सदस्य

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण अन्तर्गत सामाजिक सुरक्षा कार्यक्रम

प्रथम त्रैमासिक द्वितिय त्रैमासिक तृतिय त्रैमासिक
ज्येष्ठ नागरिक अन्य २२९ ज्येष्ठ नागरिक अन्य २२६ ज्येष्ठ नागरिक अन्य २२२
ज्येष्ठ नागरिक दलित ०९ ज्येष्ठ नागरिक दलित ०९ ज्येष्ठ नागरिक दलित ०९
ज्येष्ठ नागरिक विधुवा २६ ज्येष्ठ नागरिक विधवा ३२ ज्येष्ठ नागरिक विधवा ३३
विधुवा महिला ४३ विधवा महिला ३८ विधवा महिला ४०
अति अशक्त अपाङ्ग १७ अति अशक्त अपाङ्ग १७ अति अशक्त अपाङ्ग १७
पुर्ण अपाङ्ग ११ पुर्ण अपाङ्ग ११ पुर्ण अपाङ्ग १७
दलित बालबालिका दलित बालबालिका दलित बालबालिका
जम्मा ३४१ ३४० ३४०

 वडाकार्यालयबाट चलानी भएको  पत्र संख्या (जेठ मसान्त सम्म)

 च.नं. ०१ देखी ४०३सम्म

क्र.सं. शीर्षक संख्या
नागरिकता सिफारिस ४७ थान
नागरिकता प्रतिलिपि सिफारिस ५२ थान
नाता प्रमाणित सिफारिस १३ थान
घरजग्गा सिफारिस(चारकिल्ला, घरबाटो ,घरकायम, नामसारि आदि) ४७ थान
बैंक खाता खोल्ने सिफारिस २६ थान
अंग्रेजी भाषाको सिफारिस ९थान
योजना सम्बन्धी सिफारिस २९
अन्य सिफारिस २३४
                             जम्मा सिफारिस ४०३

फाकफोकथुम गाउँपालिका वडा नं. ७ बाट आ व २०८२।०८३ मा विनियोजन भएको बजेट शीर्षकहरु-        

 क. आर्थिक विकास क्षेत्र

क्र स योजनाको नाम शिर्षक विनियोजित रकम कैफियत
कृषि प्रवर्धन कार्यक्रम १५००००।००
पशु प्रवर्धन कार्यक्रम ६०००००।००
जम्मा ७५००००।००

ख. सामाजिक विकार क्षेत्र

क्र स योजनाको नाम शिर्षक विनियोजित रकम कैफियत
  १ सब ब्यवास्थापन गर्न चाहिने औजार १५००००।००
जनजाती सचेतना कार्यक्रम १०००००।००
महिला सचेतना कार्यक्रम १०००००।००
अपाङ्ग लक्षित कार्यक्रम ५००००।००
 दलित लक्षित कार्यक्रम ५००००।००
खानेपानि पाईप खरिद ३०००००।००
मालिङ्गे खानेपानि ट्याङ्की निर्माण १५००००।००
एकतप्पा द्वितिया बजार कक्फेवा तङ्नाम बजार व्यवस्थान १२५०००।००
धर्तिमाता मन्दिर ब्यवास्थापन २५००००।००
१० खेलकुद सामाग्री तथा वितरण ९५०००।००
११ किरातेश्वार आ वि ब्यवास्थापन ५००००।००
१२ जन आ वि  व्यवस्थापन ५००००।००
१३ मदन ज्योती आ वि  व्यवस्थापन ५००००।००
१४ गुरुदय आ  वि व्यवस्थापन ५००००।००
१५ मिकतोक आ वि ब्यवस्थापन ५००००।००
१६ प्रहरी चौकी ईधन खरिद ३००००।००
१७ स्वास्थय चौकी ब्यवास्थापन २००००।००
१८ शिकारिभन्ज्याङ दोकान डाँडा बजार ब्यवास्थापन ३००००।००

जम्मा                १६५००००।००

 ग.  पुर्वधार तर्फ

क्र स योजनाको नाम शिर्षक विनियोजित रकम कैफियत
देउमाई फाकफोक खोला दोभान घाट जाने सडक मर्मत २०००००।००  
वडा नं ७ भित्रका सडक मर्मत ५०००००।००  
खनाल धारा मुख भई धमला गाउँ गैरिखेत सडक मर्मत १२००००।००  
  जम्मा ८०००००।००  

घ.  वडा कार्यलय प्रशासनिक खर्च रु ८०००००।००

             जम्मा ७ नं वडा को बजेट रु ४००००००।००

७ नं वडा कार्यलयको प्रसाशनिक खर्च विवरण

क्र. स कार्यक्रमको नाम खर्च शिर्षक कैफियत
पदाधिकारि बैठक १४४०००।००
ईन्धन ९०००००।००
पत्रपत्रिका छपाई तथा सुचना प्रकासन १५०००।००
भ्रमण खर्च ९००००।००
पानि तथा विजुलि १५०००।००
मेसिनरि औजार मर्मत सन्चालन खर्च ३००००।००
कार्यकर्म खर्च ३००००।००
मसलन्द तथा कार्यलय सन्चालन खर्च ७००००।०० कार्यलय सन्चालन सामनग्री फोटोकपि पेपर आदि
विविध खर्च १०००००।००
१० ईन्टरनेट सन्चार खर्च २००००।००
११ सवारी साधन मर्मत ९००००।००
१२ कार्यलय ब्यवास्थापन २००००।०० कार्यलयको लागि टेबल खरिद गरिएको
जम्मा ८०००००।००

 विकास निर्माण-

फाकफोकथुम गाउँपालिका वडा नं. ७  को लागी विभिन्न निकायबाट  विनियोजन भएको बजेट शीर्षकहरु

गाउँपालिका तथा अन्य निकायबाट  बिनियोजित योजनाहरु को प्रगति अवास्था

क्र स योझना को नाम विनियोजित रकम प्रगति अवस्था कै
पेलेवा खम्बुवा सिलागु खानेपानि मर्मत ३०००००।०० सम्पन्न
कोईराला गाउँ खानेपानि मर्मत १५००००।०० सम्पन्न
कुम्भदेवि देवस्थल १०००००।०० सम्पन्न
सालघारी मलामि टहरो ३५००००।०० सम्पन्न
तिवाखोला मालिङ्गे गाउँ सडक ४०००००।०० सम्पन्न
युवा सस्वारोजगार कार्यक्रम ४७२०००।००  १७० मिटर सोलिङ सम्पन्न
मदनज्योति आ वि भवान निर्मार्ण को लागि वडा र पालिकाको पहलमा अपर देउमाई जलविघुत आयोजना को आर्थिक सहयोग ३०००००।०० पालिकाको २०००००० वडा को ५००००।०० गरि ५५००००।०० भवन निर्माण सुरु भएको छ ।

 

 

 

 

 

 

 

विपदमा काटिएका योजना तथा कार्यक्रमहरु

क्र स योजना को नाम विनियोजित रकम कैफियत
देउमाई फाकफोक खोला दोभान घाट जाने सडक मर्मत २०००००।००  
सब  ब्यवास्थापन गर्न चाहिने औजार खरिद १५०००००।००  
मालिङ्गे गाउँ खानेपानी ट्याङ्की निर्माण १५००००।००  
  जम्मा ५०००००।००  

 फाकफोकथुम गाउँपालिका वडा नं. ७ को वडा सिलिङ अन्तर्गत सम्पन्न भएको योजनाको तथा कार्यक्रमको  नाम

क्र.सं.  योजनाको नाम रकम कैफियत
जनजाती सचेतना कार्यक्रम १०००००।००  
महिला सचेतना कार्यक्रम १,००,०००।००  
एकतप्पा द्वितिया बजार कक्फेवा तङ्नाम बजार व्यवस्थान १२५००००।००  
धर्तिमाता मन्दिर ब्यवास्थापन २५००००।००  
प्रहरि चौकी ईन्धन खरिद ३००००।०० अर्थमन्त्रलय को परिपत्र अनुसार स्थानिय तहले सघ अन्तर्गत को कार्यलय लाई बजेट भुत्तानि गर्न नमिल्ने भएकोले  हिउदे अधिवेशन बाट धर्तिमाता मन्दिर ब्यवास्थापन मा संसोधन गरिएको ।
स्वास्थ्य चौकी ब्यवास्थापन २००००।००  
किरातेश्वार आ वि ब्यवास्थापन ५००००।००  
गुरु उदय आ वि ब्यवास्थापन ५००००।००  
जन  आ वि ब्यवास्थापन ५००००।००  
मदन ज्योती आ वि ब्यवास्थापन ५००००।००  
०९ मिकतोक आ वि ब्यवास्थापन ५००००।००  

१४   प्रशासनिक खर्च  सवारि साधन तथा मेसिनरि औजार भाडा  रु ८६०००।०० वाट दोकान डाँडा हूदै कमेर मंगलबारे  सडक मा ४०० मिटर ग्रबल लगायने काम सम्पन्न भएको छ ।

सम्झौता भई कार्यान्वयनको चरणमा रहेका कार्यक्रमहरु-

  • अपाङ्ग लक्षित कार्यक्रम रु.५००००।
  • दलित लक्षित कार्यक्रम रु.५००००।००
  • शिकारि भन्ज्याङ दोकान डाँडा बजार ब्यवास्थापन रु ३००००।०० डस्विन वितरणको प्रक्रियामा रहेको छ ।

 आर्थिक विकास तर्फ सञ्चालनरत भएको योजना कार्यक्रम-

  • कृषि प्रबर्धन कार्यक्रम- रु. १५००००।०० को ७५ प्रतिशत कार्यलयको र २५ प्रतिशतको कृषक तर्फ बाट लागत साझेदारिमा पलाष्टिक टनेल खरिद भई ३० जना कृषक लाई वितरण को प्रक्रियामा छ।
  • पशु प्रवर्धन कार्यक्रम रु ६००००००।०० को ५० प्रतिशत कार्यलयको र ५० प्रतिशत कृषकको तर्फबाट लागत साझेदारिमा १० वटा गोठ र १५ वटा खोर निर्माण हुने प्रक्रियामा छ ।

सन्चालन हुन बाकी कार्यक्रम तथा योजनाहरु

खाने पानि पाईप खरिद रु ३०००००।००

खेलकुद सामाग्रि तथा वितरण रु ९५०००।००

संघ/प्रदेश अन्तर्गत सञ्चालन भएका योजना-

क्र.सं. कार्यक्रम/आयोजना/क्रियाकलापको नाम जम्मा विनियोना कैफियत
१. शिकारि भञ्ज्याङ डुङ्गेपानी सडक स्तरउन्नति २००००००।०० प्रदेश अन्तर्गत
२. जटेश्वार रुपटार खबुवा  आङचेरेङ सडक स्तर उन्नती ५००००००।००

सुशासन

यस फाकफोकथुम गाउँपालिका वडा नं. ७ बाट हुने सेवा प्रवाहलाई जनमुखी बनाई नागरिकको अपेक्षा अनुरुप प्रभावकारी ढंगबाट छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई सुखद अनुभूति दिलाउने प्रुयास नै यस वडा नं. ७ मा भएको सुशासनको थालनी हो । यस वडा नं. ७ मा सुशासनलाई प्रवर्द्धन गर्न गरिएका प्रयासहरुलाई निम्नानुसार उल्लेख गरिएको छ ।

  • जनशहभागितामूलक शासन व्यवस्थाको अभ्यास ।
  • नागरिक वडा पत्रको व्यवस्था ।
  • सूचना पाटी मार्फत सूचना सम्प्रेषणको व्यवस्था ।
  • वडाको सूचना, सेवा प्रवाहको विषयमा सामाजिक सञ्जाल फेसबुक वडाको सूचना पाटीमा सुचना टाँस गरि प्रचारप्रसार गर्ने गरिएको ।

(नोट : २०८३ असार २ गते आयोजित सार्वजनिक सुनुवाइमा प्रस्तुत प्रतिवेदन)

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार