कुरुम्बाङ सङ्जुम्भो हिमको सिलान्यास

  टिआर सेनेहाङ
581 Shares

धरान,

धरान उपमहानगरपालिका–५ स्थित आँपटारमा कुरुम्बाङ सङ्जुम्भो हिमको सनिवार सिलान्यास गरिएको छ । लिम्बु जातीको कुरुम्बाङ थरीको एकताको निम्ती सामुहिक भवनको धरान उपमहानगरपालिका–५ का वडाध्यक्ष मन प्रसाद थलङ र याक्थुङ कुरुम्बाङ सङ्जुम्भोका केन्द्रिय अध्यक्ष तेजेन्द्र कुरुम्बाङले एक कार्यक्रमका बिच हिमको सिलान्यास गर्नुभएको हो ।

भवन निर्माण को लागि सन्सार भर छरिएर रहेका कुरुम्बाङ वंशहरु बाट आहिले सम्म ६० लाख रकम जम्मा भएको र कुल १ करोड ५० लाखको लागतमा भवन निर्माण हुन लागेको गायक सुमन कुरुम्बाङले जानकारी दिनुभयो ।

कार्यक्रममा याक्थुङ कुरुम्बाङ सङ्जुम्भोका कोषाध्यक्ष तथा भवन निर्माण समितीका संयोजक हर्कजङ कुरुम्भङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल लगायत बिभिन्न मुलुकमा बसोबास गर्दै आएका कुरुम्बाङ वंसजको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार