बौद्धमार्ग, गिताङ, टोड्के र जमुना विजयी

  विविसी हाङखिम
0 Shares

सन्दकपुर : इलामको सन्दकपुर गाउपालिका-२ माइमझुवामा जारी खुल्ला पुरुष अकआउट फूटबल प्रतियोगितामा बौद्धमार्ग, गिताङ, टोड्के र जमुना विजयी भएका छन् ।

श्याम्बल माविको खेलमैदानमा भएको पहिलो खेलमा गिताङ ‘बी’ लाई ३-१ गोलले बौद्धमार्ग माबु विजयी बन्यो ।

दोस्रो खेलमा गिताङ ‘ए’ प्रतिस्पर्धी मिरिक स्पोर्टिङ क्लबको अनुपस्थितिमा स्वत बिजेता घोषित भयो।

तेस्रो खेलमा माइहाइड्रोपावर एफसीलाई २-१ गोलले टोड्के झर्ना ‘ए’ विजयी बन्यो ।

चौथो तथा अन्तिम खेलमा सेतो गुलाफ माबुलाई २-० गोलले हराउदै साबिक बिजेता जमुना स्पोर्टिङ क्लब विजेता बन्यो ।

शनिबारको पहिलो खेल देउराली स्पोर्टिङ क्लब देउराली र किरात स्टार ‘बी’ सायाङ्बा, दोस्रो खेल किरात स्टार ‘ए’ सायाङ्बा र आलुबारी एफसी, तेस्रो खेल आयोजक छिन्तापु स्पोर्टिङ क्ल्ब र लुदिन एफसी पाचथर र चौथो खेल पुवामझुवा स्पोर्टिङ क्लब र स्वतन्त्र एफसी रानिटार बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल विजयदशमीको दिन हुनेछ ।

प्रतियोगिताको बिजेता टिमले नगद ६१ हजार र उपबिजेताले नगद ३१ हजार सहित, ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन ।

छिन्तापु स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार