त्रिभुवन आर्मी फुटबल क्लब बन्यो पाँचथर गोल्डकपको बिजेता

twitter sharing button
पाँचथर: पाँचथरमा आयोजित पाँचथर गोल्डकपको  शनिवार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले उपाधी हात पारेको छ ।

पहिलो पटक  पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको हो । ए डिभिजन क्लब आर्मीले  चाैथाे पाँचथर गाेल्डकप प्रतियाेगिताकाे फाइनलमा पाँचथर क्लबलाई शनिबार ४-२ ले हराउँदै आर्मीले उपाधि जितेको हो ।पाँचथरको मैदानमा आर्मी पहिलो पटक च्याम्पियन बनेको हो । २०७४ सालमा भएको दशैं फाल्गुनन्द गोल्डकपमा उपबिजेता बनेको आर्मी ६ वर्ष पछि फाइनलमा आर्मी विजेता बनेर फर्कदैछ । फिदिम माबिको खेलमैदानमा आर्मीलाई जित दिलाउन कप्तान दिपकुमार लामा, पदम तामाङ र सन्तोष केसि गोल गरे । आर्मीको जितमा कप्तान दिपकुमार लामाले २ गोल गरे ।

३१ औं मिनेटमा पेनाल्टी बक्समा कसैको निगरानीमा नरहेका पदम तामाङले फष्टबार च्याप्दै प्रहार गरेको बल पाँचथरका गोलरक्षक मिराक खजुमले बचाउने क्रममा रिबाउन्ट भएर आएको बल वानटच प्रहारमा पदमलेनै गोल गरेर आर्मीलाई सुरुबाती अग्रता दिलाएका थिए ।
खेलको ३९ औं मिनेटमा पाँचथरका दिनेश शेर्माको पासमा आशीष चापागाइले गोल गर्दै बराबरी गोल फर्काएका थिए ।
दोश्रो हाफको ७ औं मिनेटमा पाँचथरका प्रशान्त लक्समले गोल गर्दै पाँचथरलाई २- १ को अग्रता दिलाएका थिए । तर, पाँचथरको अग्रता लामो समय टिक्न सकेन । ५३ औं मिनेटमा आर्मीका सन्तोष केसिले फ्रिकीक मार्फत गोल गर्दै खेल बराबरी गरेका थिए । डि एरिया बाहिर पाँचथरका आशिष चापागाईले फाउल गरे पछि आर्मीले फ्रिकिक पाएको थियो ।६१ औं मिनेट र ६९ औ मिनेटमा आर्मीका दिपकुमार लामाले गोल गर्दै आर्मीको जित निश्चित पारे ।

फाईनल खेलको म्यान अफ दी म्याच आर्मीका पदम तामाङ चेम्जोङ घोषित भए उनल नगद ५ हजार प्राप्त गरे । उत्कृष्ट डिफेन्डर आर्मीका बसन्त तामाङ, उत्कृष्ट गोलकिपर आर्मीका नबिन तामाङ , उत्कृष्ट मिड फिल्डर आर्मी रुपेश क्षेत्री, उत्कृष्ट प्रशिक्षक आर्मीका आर्दश मल्ल घोषित भए । उत्कृष्ट सबैले समान १० हजार प्राप्त गरे । खेलको सर्वोकृष्ट खेलाडी पाँचथरका रोशन आङदेम्बे बने । प्रतियोगिताको उदयमानी खेलाडी आयोजक पाँचथर क्लबका मनिष क्षेत्री बने । सर्वोकृष्ट खेलाडी र उदयमानी खेलाडी समान १५ हजार प्राप्त गरे ।

मुमिन नेम्बाङ खेलको फ्यान अफ दि म्याच भए । सुटआउट हिरो ( खेलमैदानको बिचबाट गोल गर्ने दर्शक) खेलकुद विकास समिती पाँचथरका अध्यक्ष सन्तोष मोक्ताङ भए । दुबैले समान २ हजार ५ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अबधि भर सबै खेल हेरेर ७२ वर्षिय नरेन्द्रकुमार सम्हाफे फ्यान अफ दि टुनामेन्ट बन्दै २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

बिजेता बनेको आर्मी उपाधि सहित ५ लाख ५ हजार र दोस्रो हुने टोलीले २ लाख ५५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतिगिताको फाइनलमा पुख्यौली घर पाँचथर भएका यु २३ का खेलाडी प्रशान्त लक्समलाई दोसल्ला ओडाएर कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सम्मान गरेका थिए ।-केन्जो खबरबाट।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार