पवित्रहाङमा कप : फाइलन प्रवेश गर्न दिपेन्द्रशिखर इलाम र कनकाई नगरपालिका झापा भिड्दै (भिडियोसहित)

  नयाँ बुलन्द
147 Shares

इलाम : इलामको धार्मिक क्षेत्र माङसेबुङमा जारी १४ औं संस्करणको पवित्रहाङ्ममा कप महिला फुटबल प्रतियोगिताको फाइलनमा प्रवेशका लागि आज (सोमबार) दिपेन्द्रशिखर फुटबल क्लब इलाम र कनकाई नगरपालिका झापाबीच प्रतिष्पर्धा हुँदैछ । प्रस्तावित आत्मानन्द रङ्गशालामा दिउँसो ३ बजे इलाम र झापाको भेट हुँनेछ ।

यसअघि हिजो (आइतबार) भएको पहिलो सेमिफाइनलमा विजेता बन्दै डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत फाइनलमा प्रवेश गरिसकेको छ । माङसेङ गाउँपालिका इलामलाई २-१ गोल अन्तरमा रोक्दै मानेभञ्ज्याङ उपाधिनजिक पुगेको हो ।

पहिलो हाफमा २ गोलले पछि परेको माङसेबुङ दोस्रो हाफमा खेलमा फर्कन कोसिस गरेपनि पर्याप्त हुन सकेन । पहिलो हाफमा अग्रता बनाएर मनोबल उच्च बनाएको मानेभञ्जाङका लागि सुरुवाती अग्रता नै जितका लागि पर्याप्त बन्यो ।

खेलको ११ औं मिनेमा पेमा डुक्पाले गोल गरी टिमलाई अग्रता दिलाइन् । इन्जुरी समयमा कुसुम क्षेत्रले अग्रता दोब्बर बनाइन् । दोस्रो हाफमा माङसेबुङले पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गोल अन्तर घटाउन सफल बन्यो ।

खेलको उत्कृष्ठ खेलाडी विजेता मानेभञ्ज्याङकी पेमा डुक्पा घोषित हुँदै नगद पुरस्कार प्राप्त गरिन् ।

विजेताले नगद तीन लाख एक सय ६८ र उपविजेताले नगद दुई लाख एक सय ६८ रुपैँया पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही नगद पुरस्कार पाउनेछन् ।

किरात धर्मगुरुआमा साँवा पवित्रहाङ्मा लिङदेनको ६८ ‍औं जन्मोत्सवको अवसरमा सञ्चालित प्रतियोगितामा नेपाल, भुटान र भारतका ८ वटा महिला टोलिको सहभागितामा थियो ।

पूर्वी पहाडको सर्वाधिक पुरस्कार राशी भएको महिला फुटबल प्रतियोगिताको फाइलन बुधकार हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार