पवित्रहाङमा गोल्डकपको उपाधि मानेभञ्ज्याङलाई (भिडियोसहित)

इलाम : डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १४ औं संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

बुधबार प्रस्तावित आत्मानन्द रङ्शालामा भएको फाइनल खेलमा कनकाई नगरपालिका झापालाई ३-१ गोल अन्तरमा स्तब्ध पार्दै मानेभञ्ज्याङले उपाधि हात पारेको छ । मानेभञ्ज्याङले अघिल्लो संस्करणमा समेत मिक्लाजुङ मोरङलाई रोक्दै उपाधि जितेको थियो ।

खेलको २२ औं मिनेटमा मानेभञ्ज्याङकी सिम्रन गुरुङले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाइन् । दोस्रो हाफको दोस्रो मिनेटमा मानेभञ्ज्याङकी सुस्मिता लेप्चाले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाइन्

तर, सातौं मिनेटमा झापाकी कुमारी तामाङले गोल गर्दै खेल २-१ मा ल्याइन् । मानेभञ्ज्याङकी खेलाडीले फाउल बनाएपछि पाएको फ्रिकिकलाई सदुपयोग गर्दै तामाङले सजिलै जाली चुमाइन् । तर त्यो गोल बराबरीका लागि समेत पर्याप्त भएन ।

इन्जुरी समय पुनः दार्जिलिङकी सिम्रन गुरुले गोल गरी टिमलाई ३-१ को जितमा उपाधि दिलाइन् । उता झापाले पनि खेलको उत्तरार्धमा पाएको केही अवसरलाई सदुपयोग गर्न नसक्दा उपविजेतामा चित्त बुझाउँदै घर फर्कन बाध्य बन्यो ।

राष्ट्रिय लेखाडीसहित मैदान उत्रेको दुवै टिमका खेलाडहीरको खेल प्रदर्शन निकै रोचक र प्रतिष्पर्धात्मक रहेको थियो । सुरुवाती अग्रता लिएको मानेभञ्ज्याङलाई रक्षात्मक खेल नै उपाधिका लागि पर्याप्त भयो । उता सुरुवातमा २ गोल खाएको झापाका लागि सोही गोल बाधक बनेको थियो ।

फाइनल खेलको उत्कृष्ट खेलाडी विजेता मानेभञ्ज्याङकी सिम्रन गुरुङ घोषित भइन् । उनले नगद रु पाँच हजार प्राप्त गरिन् ।

उपाधिसँगै विजेता मानेभञ्ज्याङले नगद तीन लाख एक सय ६८ रुपैयाँसहित ट्रफी हात पार्यो । उपविजेता बनेको झापाले नगद दुई लाख एक सय ६८ रुपैयाँमा चित्त बुझायो ।

किरात धर्मगुरुआमा साँबा पवित्रहाङमा लिङदेनको ६८ औं जन्मोत्सवको अवसरमा आत्मा-पवित्र हक्चात यक्चुमको आयोजनामा माघ २४ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपाल, भारत र भुटानका आठवटा महिला टोलिको सहभागिता रहेको थियो ।

फाइनल खेलको पूरा भिडियो यहाँ छ, क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार