जिल्ला स्तरीय कार्यशाला तथा अध्यक्षता हस्तान्तरण कार्यक्रम

  नयाँ बुलन्द
21 Shares

इलाम : ‘स्थानीय न्यायिक समितिको कार्यसम्पादनमा एकरूपता र गुणस्तरीय बनाउन हाम्रो साझा प्रयास’ विषयक जिल्ला स्तरीय कार्यशाला तथा जिल्ला स्तरीय न्यायिक समिति सञ्जालको अध्यक्षता हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

माङसेबुङ गाउँपालिका न्यायिक समितिको सचिवालयले सदरुकामस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरेको कार्यक्रममा जिल्ला अदालतका न्यायाधीस रोशनसहित दशवटै पालिकाका उपप्रमुख, उपाध्यक्ष, न्यायिक समिति सदस्य, उजुरी प्रशासक, मानj अधिकार मञ्च नेपालका प्रतिनिधिलगायतको सहभागिता थियो ।

कार्यक्रममा न्यायिक समितिको अधिकार क्षेत्र, मेलमिलाप प्रक्रिया, उजुरी व्यवस्थापन, निर्णय लेखन, अभिलेख व्यवस्थापन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो । सहभागीहरूले अनुभव आदानप्रदान गर्दै स्थानीय न्याय सम्पादनमा देखिएका चुनौती, अवसर तथा सुधारका उपायबारे सुझाव प्रस्तुत गरेका थिए ।

कार्यक्रमका न्यायाधीस गजुरेलले स्थानीय सरकारमार्फत प्रवाह हुने न्यायिक सेवाको गुणस्तर अभिवृद्धिका लागि स्थानीय तहहरूबीच सहकार्य, अनुभव आदानप्रदान र कानुनी प्रक्रियामा एकरूपता आवश्यक रहेकोमा जोड दिएका थिए ।

सोही अवसरमा जिल्ला स्तरीय न्यायिक समिति सञ्जालको अध्यक्षता माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङबाट रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेललाई हस्तान्तरण गरियो । जिम्मेवारी ग्रहण गर्दै भुजेलले न्यायिक समितिहरूबीच समन्वय, क्षमता अभिवृद्धि तथा साझा सिकाइलाई थप सुदृढ गर्दै नागरिकलाई सहज, छिटो र निष्पक्ष न्याय प्रदान गर्न सञ्जाललाई सक्रिय रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

तत्कालनी न्यायिक समिति सञ्जाल अध्यक्ष बिनोदकुमार नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उजुरी प्रशासक विपिन खुलाले गरेका थिए भने सञ्चालन कर्मचारी सुनिल शेर्माले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार