माई नगरपालिकाको बजेट ७३ करोड ७० लाख

इलाम : इलामको माई नगरपालिका इलामको २१ औँ नगरसभाको अधिवेशन आ.व. २०८३/८४ को नीति कार्यक्रम सहित र७३ करोड ७० लाख ५९ हजार ६०० को बजेट प्रस्तुत गर्दै बुधबार सम्पन्न भएको छ ।

नगरसभाका अध्यक्ष तथा माई नगरपालिका प्रमुख खम्वा सिं लिम्बुको सञ्चालन, अध्यक्षता एवम नीति तथा कार्यक्रम प्रस्तुत, उपमेयर हिमा भण्डारीकबाट आर्थिक बर्ष २०८३/०८४ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत र प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी भट्टराईको समन्वयमा सभा सम्पन्न भएको हो । सभाले आर्थिक बर्ष २०८३/०८४ को लागि आय तर्फ संघीय समानीकरणतर्फ १२ करोड १७ लाख, प्रदेश तर्फ १ करोड ८लाख गरि जम्मा १३ करोड २५ लाख, १३ हजार, राजश्व वाडफाँड संघीय १३ करोड ११ लाख ८० हजार, प्रदेशवाट ९२ लाख ५३ हजार ५६६, गरि १४ करोड ४ लाख ३३ हजार ५६६ , समपुरक अनुदान १ करोड ९९ लाख, सशर्त अनुदान २७ करोड ५ लाख ५० हजार गरि ७३ करोड ७० लाख ५९ हजार ६ सय आय अनुमान गरेको छ ।

सभामा आगामी बर्षको व्याय तर्फको प्रशासनिक सेवा प्रवाह पारिश्रमिक लगायत वडाका योजना सुशासन प्रवर्धन क्षेत्रमा १६ करोड ७८ लाख १० हजार, कृषि तथा पशुपंक्षी मत्स्य विकास कृषि प्रवर्धनका लागि १ करोड ४७ लाख, स्वास्थ्य क्षेत्र स्वास्थ्य बीमा १५ शैयाको अस्पताल लगायतका लागि २ करोड १२ लाख, शिक्षा तर्फ ५ करोड ६० लाख, उद्यम विकास कार्यक्रम सहकारी व्यवस्थापन लगायतका लागि ५० लाख ९७ हजार, भौतिक पूर्वाधार तथा सडक निर्माणका लागि वडा स्तरीय ३ करोड, नगरस्तरीय पूर्वाधार निर्माणका लागि ९ करोड ८२ लाख लगायत बिन्योजन गरिएको छ ।

सभामा बार्षिक नीति तथा कार्यक्रम अन्र्तगत चालु आर्थिक बर्ष २०८२/०८३ को आम्दानी ५२ करोड ९६ लाख ९० हजार ४ सय २८ रहेको हाल सम्म ३४ करोड १४ लाख ६० हजार २ सय ८४ रुपैयाँ अर्थात ६२ प्रतिशत खर्च भएको जानकारी गरिएको थियो ।

यसरी नै सभामा माई नगरपालिका वडा नम्बर-३ का वडा अध्यक्ष देवकुमार तामाङको प्रस्तावक र वडा नम्बर २ का वडा अध्यक्ष उर्द बहादुर राई समर्थक रहेको माई नगरपालिका छात्रवृत्ति सम्बन्धी विधेयक २०८३, वडा नम्बर ८ का वडाध्यक्ष अमृत मोक्तान प्रस्तावक र वडा नम्बर १ का वडाध्यक्ष राम राई समर्थक रहेको भाइ नगरपालिका सिँचाइ विधेयक २०८३ सर्वसम्मत पारित भएको थियो ।

सभामा न्यायिक समितिको प्रतिवेदन २०८३ न्यायिक समिति सदस्य शेर बहादुर बस्नेतले, अनुगमन प्रतिवेदन कार्यपालिका सदस्य राजेन्द्र राई (अर्जुन), लेखा समिति प्रतिवेदन ४ नम्बर वडा सदस्य महेन्द्र बुढाथोकी, राजस्व परामर्श समिति २०८३ को प्रतिवेदन वडा नम्बर ७ का वडा अध्यक्ष बुद्धिप्रसाद खनाल र माई नगरपालिकाको संगठन तथा व्यवस्थापन ओएनएम प्रतिवेदन कार्यपालिका सदस्य तेजकुमारी लिम्बुले प्रस्तुत गर्नुभएको थियो। सबै प्रतिबेदन तथा नीति कार्यक्रम ध्वनी मतका साथ पारित भएको मेयर लिम्बुले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार