चुलाचुली गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को बजेट बक्तव्य (पूर्ण पाठ)

  नयाँ बुलन्द
35 Shares

चुलाचुली गाउँपालिकाको गाउँसभाको १८ औँ अधिवेशनमा २०८३ असार १० गते  उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक दिलकुमारी लिम्बू योङहाङले प्रस्तुत गर्नु भएको

चुलाचुली गाउपालिका

गाउँ कार्यपालिकाको कार्यालय

चुलाचुली इलाम, कोशी प्रदेश

गाउँ सभा अध्यक्षज्यू,

गाउँ सभाका सम्पुर्ण सदस्यज्यूहरु,

  • चुलाचुली गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८३/०८४ को बार्षिक बजेट तर्जुमा गर्ने सन्दर्भमा यसको पुर्व शर्त तथा मार्गदर्शनको रुपमा रहेको नीति तथा कार्यक्रम सभाको बैठकमा प्रस्तुत भई पारित भई सकेको छ ।यसका निम्ति म यस सम्मानित सभा प्रति आभार प्रकट गर्दछु । गाउँ सभाको यस बैठकमा आगामी आर्थिक बर्ष २०८३।८४ को बजेट पेश गर्नु पुर्व अग्रगामी परिवर्तनका साथै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनासम्मको लागि जीवन वलिदान गर्नु हुने सम्पूर्ण शहीदहरु प्रति सम्मानपुर्वक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
  • स्थानीय तहको सबै भन्दा नजिकको सरकारको रुपमा रहेको स्थानीय तहको सरकार निर्माण पछि स्थानीय शासन र विकास प्रकृयामा प्रत्येक नागरिक आफैं संलग्न हुने वातावरण अझ सुदृण बनेको छ । यो समयलाई आर्थिक, सामाजिक तथा सास्कृतिक रुपान्तरणको रुपमा उपयोग गरी जनचाहना पुरा गर्ने दायित्व र अवसर प्राप्त भएको छ ।
  • नेपाली जनताले आफ्नै घरदैलोमा आफैँले निर्वाचित गरी निर्माण गरेको अधिकार सम्पन्न स्थानीय सरकार पाएका छन् । यसअघि केन्द्रमा मात्र निहित रहेको अधिकारहरुलाई संविधानद्धारा स्थानीयतहलाई प्रदान गरे अनुरुप निर्वाचित दोस्रो स्थानीय सरकारले आफ्नो काम शुरु गरेको चौथो बर्ष व्यतित भई सकेकोछ । आज यही स्थानीय सरकारको तर्फबाट चुलाचुली गाउँपालिकाको आर्थिक बर्ष २०८३/८४ को बार्षिक बजेट प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित छु।
  • आर्थिक बर्ष २०८३/८४ को बजेट आमजनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने साथै सिमान्तकृत तथा पछाडि परेका वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई आर्थिक लाभको पहुँचमा पुर्याई आर्थिक समृद्धि, सुशासन र सामाजिक न्याय कायम गर्न लक्षित हुनेछ ।

सभाका अध्यक्ष महोदय,

सभाका सदस्यज्यूहरु,

  • यस चुलाचुली गाउँपालिकामा गाउँसभाबाट स्वीकृत चालु आर्थिक बर्ष २०८२।०८३ को बार्षिक बजेट तथा कार्यक्रम अहिले कार्यान्वयनको अबस्थामा छ । अब म आर्थिक बर्ष २०८२।०८३ को संशोधित बार्षिक बजेट तथा कार्यक्रमको कार्यान्वयनको समिक्षा र प्रगती संक्षिप्त रुपमा प्रस्तुत गर्न चाहन्छु ।
  • आ[र्थिक बर्ष २०८३।८४ को लागि चुलाचुली गाउँपालिकाको कुल आयको संशोधित अनुमान ४८ करोड ५३ लाख ४४ हजार ७८ रुपैया रहेको छ ।जस मध्ये संघीय शसर्त अनुदान चालु १६ करोड ४१ लाख ५ हजार, संघीय शसर्त अनुदान पुजिगत १ करोड ५९ लाख, संघीय समानिकरण अनुदान 9 करोड ७१ लाख, संघीय राजश्व बांडफांड ८ करोड ७८ लाख ७२ हजार, संघीय समपुरक अनुदान पुजिगत ८७ लाख, संघीय विषेश अनुदान १ करोड २७ लाख, प्रदेश समानिकरण अनुदान ८६ लाख ५२ हजार, प्रदेश सवारी साधन कर बांडफांड ६२ लाख ८३ हजार, प्रदेश समपुरक अनुदान १ करोड, प्रदेश शसर्त अनुदान चालु १९ लाख ५० हजार, प्रदेश शसर्त अनुदान पुजिगत १ करोड २६ लाख, आन्तरिक श्रोत ३ करोड ८५ लाख ६६ हजार, वन रोयल्टी १५ हजार, दहत्तर बहत्तर बिक्री १ करोड ५१ लाख रहेको छ ।
  • उक्त संशोधित आय मध्ये २०८२ जेष्ठ मसान्तसम्मको वास्तविक आय ४२ करोड ८७ लाख १० हजार भई कुल आयको ८८.३३ प्रतिशत रहेको छ ।
  • आर्थिक बर्ष २०८२/८३ को कुल व्यय अनुमान मध्ये आर्थिक विकास क्षेत्रमा ३ करोड २८ लाख २९ हजार विनियोजन भएकोमा जेष्ठ मसान्त सम्म भएको खर्च 1 करोड १३ लाख ३७ हजार रहेको छ । त्यसै गरी सामाजिक विकास क्षेत्रमा २३ करोड ९१ लाख ८७ हजार विनियोजन भएकोमा जेष्ठ मसान्तसम्म भएको खर्च १५ करोड ४५ लाख ६२ हजार रहेको छ । चालु आर्थिक बर्षमा पुर्बाधार विकास क्षेत्रमा १० करोड ११ लाख ४४ हजार विनियोजन भई जेष्ठ मसान्तसम्मको खर्च ६ करोड ६० लाख ४५ हजार रहेको छ । त्यस्तै सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा चालु आर्थिक बर्षमा १ करोड ६९ लाख ०६ हजार विनियोजन भई जेष्ठ मसान्तसम्म ६४ लाख ७८ हजार खर्च भएकोमा कार्यालय सञ्चालन तथा प्रशासनीक क्षेत्रमा ९ करोड ५२ लाख ७६ हजार विनियोजन भई उक्त अबधिमा 5 करोड ७८ लाख ९० हजार खर्च भई कुल खर्च प्रतिशत ६१.०५ रहेको छ ।

सभाका अध्यक्ष महोदय,

सभाका सदस्यज्यूहरु,

. अब म यस सम्मानित सभामा आगामी आर्थिक बर्ष २०८३।८४ को बार्षिक बजेट तथा कार्यक्रम निर्माणमा लिएका आधार प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

  • नेपालको संविधानमा निर्दिष्ट सिद्धान्त तथा नीति,
  • स्थानीय तहको अधिकार क्षेत्र,
  • दीगो विकास लक्ष्य,
  • आबधिक योजनाले तोकेका प्राथमिकताहरु,
  • संघीय र प्रदेश सरकारबाट प्राप्त आर्थिक बर्ष २०८३/८४ को बजेट कार्यान्वयन सम्बन्धि मार्गदर्शन,
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी भएका मार्गदर्शन, परिपत्र तथा दिग्दर्शनहरु,
  • स्थानीय जनताको माग, चाहना तथा आवश्यकता,
  • स्थानीय स्रोतको उपलब्धता,
  • आर्थिक बर्ष २०८३/८४ को बार्षिक निति तथा कार्यक्रम ।

  • बजेटका चुनौतिहरु

आर्थिक बर्ष २०८३/८४ को बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न निम्न चुनौतीहरु रहेका छन् ।

  • गाउँपालिकाको कमजोर र कठिन भु-बनोट,
  • भौतिक पुर्वाधारको न्युनता,
  • उत्पादनशिल जनशक्तिको अभाव,
  • छरिएका बस्तीहरु,
  • कमजोर शासकीय क्षमता,
  • सार्वजनिक निर्माणमा गुणस्तर कायम गर्ने,
  • बजेट कार्यान्वयन क्षमता अभिबृद्धि गर्ने,
  • जनताले प्रत्याभुत गर्ने गरी सुशासन कायम गर्ने
  • स्रोत साधनको अपर्याप्तता
  • बजेटका उदेश्यहरु

उपर्युक्त चुनौतिहरुको सामना गर्दै समृद्ध चुलाचुली गाउँपालिका निर्माण अभियानलाई अघि बढाउन बजेटका उदेश्यहरु निम्नानुसार निर्धारण गरिएको छ ।

  • दीगो, समावेशी र उच्च दरको आर्थिक बृद्धि हासिल गर्ने,
  • कृषिमा आधुनिकीकरण गरी उत्पादकत्व बृद्धि गर्ने,
  • गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्ने,
  • गाउँपालिकाबाट प्रवाह गर्ने सेवामा आम नागरिकको पहुंच बृद्धि गरी सुशासन कायम गर्ने,
  • योजनाबद्ध रुपमा द्रुत गतिमा पुर्वाधारको विकास गर्ने,
  • सबै प्रकारका विकासमा दीगोपन कायम गर्ने,
  • व्यबसायिकता बृद्धि गर्ने,
  • सिप विकास तथा आय आर्जनका क्रियाकलाप सञ्चालन गरी आम नागरिकको आर्थिक, सामाजिक अबस्था सुधार गर्ने ।
  • बजेटका प्राथमिकताः

बजेटले निम्न बिषयहरुलाई प्राथमिकतामा राखेको छ ।

  • कृषिको आधुनिकीकरण र व्यबसायीकरण,
  • दीगो संरचनाको निर्माण,
  • उत्पादन र उत्पादकत्वमा बृद्धि,
  • सामाजिक, आर्थिक बिकास मार्फत जीवनस्तरमा बृद्धि,
  • सडक, खानेपानी, निर्माण र स्तरउन्नती,
  • सार्वजनिक प्रशासन र सेवा प्रवाहमा सुधार तथा सुशासनमा जोड,
  • शैक्षिक गुणस्तरमा सुधार,
  • रोजगारीका अवसरमा बृद्धि,
  • स्वास्थ्य सेवाको पहुंच र गुणस्तरमा सुधार ।

सभाका अध्यक्ष महोदय,

सभाका सदस्यज्यूहरु,

सर्वप्रथम म यिनै चुनौती, उदेश्य र प्राथमिकताको सेरोफेरोमा रहेर आर्थिक बर्ष २०८३।८४ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु । आयको मुल श्रोत गाउँपालिकाबाट लगाइएका कर र गैर कर राजश्व, संघीय सरकारबाट प्राप्त हुने समानिकरण अनुदान, राजश्व बांडफांड, सशर्त र बिशेष अनुदान तथा प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण अनुदान, राजश्व बांडफांड, सशर्त अनुदान र समपुरक अनुदान रहेको छ । यी सबै शिर्षकबाट प्राप्त हुने रकम समेतका आधारमा आर्थिक बर्ष २०८३।८४ को लागि रु. 4९ करोड १0 लाख ८5 हजार रुपैंया आम्दानी हुने अनुमान गरिएको छ । आयको संक्षिप्त अनुमान अनुसुची १ र व्ययको संक्षिप्त अनुमान अनुसुची २ मा समावेश गरिएको छ ।

 १०.अब म आर्थिक बर्ष २०८३।८४ मा विनियोजन भएको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दछु ।

  • आर्थिक विकास क्षेत्रः

गाउँपालिकाको आर्थिक विकासको मेरुदण्ड कृषि, पशुपालन तथा पर्यटन हो । कृषिलाई परम्परागत निर्वाहमुखी प्रणालीबाट आधुनिक व्यबसायिक प्रणालीमा रुपान्तरण नगरेसम्म यस क्षेत्रको विकास असम्भब छ । तसर्थ पालिका स्तरीय कार्यक्रम अन्तर्गत आर्थिक विकास क्षेत्र को कृषि,  पशुसेवा, सहकारी तथा संघसंस्था र पर्यटन कार्यक्रमहरुमा रु.  ६४ लाख बजेट विनियोजन गरिएको छ ।

  • सामाजिक विकास क्षेत्रः

शिक्षा, स्वास्थ्य र स्वच्छ पिउने पानीको सहज पहुंच नागरिकको नैसर्गिक अधिकार हो । यसै गरी सबै किसिमका धर्म संस्कृतीको सम्बर्धन र प्रबर्धन हुनु पर्छ । तसर्थ शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाई,  सामाजिक समावेशिकरण, सामाजिक सास्कृतिक प्रवर्द्धन लगायत सामाजिक विकास क्षेत्रमा सबैको पहुंच स्थापित गर्न रु. २ करोड ९१ लाख ४८ हजार बजेट विनियोजन गरिएको छ ।

  • पुर्वाधार विकास क्षेत्रः

गाउँपालिकामा कृषि पर्यटनसंगै पुर्बाधार विकास पनि महत्वपुर्ण पक्ष हो । गाउँपालिका भित्र भवन, आवास, यातायात पुर्वाधार शिर्षकमा संचालन हुने योजनाहरुको निर्माण र स्तरउन्नती सम्पन्न भएपछि गाउँपालिकाको पुर्बाधार क्षेत्रमा सम्बृद्धिको ढोका खोल्न एक खुड्किलो थप हुने विश्वास लिईएको छ। यही विश्वासका साथ पुर्बाधार क्षेत्र अन्तर्गत सडक, क्रमागत योजना र मर्मत सम्भार कोष सहित रु. ६ करोड ४५ लाख बजेट विनियोजन गरिएको छ ।

  •           वातावरण र विपद व्यबस्थापनः

गाउँपालिकामा वातावरणको संरक्षण र विपत व्यबस्थापन कार्य चुनौतीपुर्ण रहेको छ । उत्तर दक्षिण भएर बग्ने खोला तथा खोल्सीहरुको कारण विपद व्यस्थापन कार्य हरेक बर्ष चुनौतीपुर्ण बन्दै गईरहेको छ । प्राकृतिक तथा मानव सृजित कारणबाट हुन सक्ने विपदको व्यबस्थापन तथा वातावरण संरक्षणका लागि भुसंरक्षण र विपद् व्यवस्थापनका लागि रु ५५ लाख बजेट विनियोजन गरिएको छ ।

  • सस्थागत विकास तथा सुशासन

संस्थागत विकास तथा सुशासन क्षेत्र अन्तर्गत रु २७ लाख ५० हजार  विनियोजन गरिएको छ ।

  • कार्यालय संचालन तथा प्रशासनिकः

गाउँपालिका तथा वडा कार्यालयहरुको आन्तरिक व्यबस्थापन संस्थागत क्षमता र मावन संसाधनको विकासको अबस्था सामान्य रहेको छ । यसको क्रमशः सुधार तथा व्यबस्थापन गरी गुणस्तरीय सेवा प्रवाह माध्यमबाट सुशासन कायम गर्न जरुरी रहेको छ । गाउँपालिकाको स्वीकृत दरबन्दीमा रहेका कर्मचारीको पारिश्रमिक तथा सुविद्या, निर्वाचित जनप्रतिनिधिहरुको कानून अनुसारको सुबिद्या तथा करार सेवामा नियुक्त गरिएका कर्मचारीको सम्झौता बमोजिमको रकम भुक्तानी गर्न, गाउँपालिका, वियषगत शाखा तथा वडाको अन्य दैनिक प्रशासनीक कामकाज सुचारु गर्न कार्यालय संचालन तथा प्रशासनीक क्षेत्रमा आवश्यक रु। १० करोड ५७ लाख ८७ हजार विनियोजन गरिएको छ । ।

  • कोषको व्यबस्थाः

नेपाल सरकार, प्रदेश सरकारसंग गर्नु पर्ने साझेदारीका कार्यक्रममा लगानी गर्न तथा विकासका साझेदार संघ/संस्थाहरुको सहायताबाट लाभ लिन र त्यस्ता साझेदारहरुलाई पुर्वाधारमा लगानीको प्रोत्साहन समेत गर्न रु. २ करोड ५५ लाख समपुरक कोषको लागि विनियोजन गरिएको छ ।

(ज)   वडा कार्यालयको प्रशासनिक तथा कार्यालय संचालनको प्रत्येक वडा कार्यालयलाई रु. ८ लाखको दरले  रु. ४८ लाख र वडा स्तरीय योजना तथा कार्यक्रमका लागि रु. २ करोड ५५ लाख बिनियोजन गरिएको छ । साथै न्यायिक समिति सहित अन्य कार्यक्रममा रु २५ लाख बिनियोजन गरिएको छ ।  गाउँपालिकाको चालु तथा प्रशासनीक खर्च, वडा तथा पालिका स्तरीय आर्थिक बर्ष २०८३।८४ मा सञ्चालन हुने योजना, कार्यक्रम तथा विनियोजित रकमको विस्तृत विवरण अनुसुची-३ मा समावेश गरिएको छ ।

(झ)   संघीय तथा प्रदेश अनुदानः

आर्थिक बर्ष २०८३/८४ को लागि संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने शसर्त अनुदान, बिशेष अनुदान तथा समपुरक अनुदान र प्रदेश सरकारबाट प्राप्त हुने समपुरक अनुदान र शसर्त अनुदान तर्फ २१ करोड ७० लाख बिनियोजन प्राप्त भएको छ । यसको विस्तृत विवरण अनुसुची-४ मा समावेश गरिएको छ ।

सभाका अध्यक्ष महोदय,

सभाका सदस्यज्यूहरु,

११.मैले यस सभा समक्ष पेश गरेको उल्लेखित कार्यक्रम र बजेटको कार्यान्वयन निम्नानुसार हुनेछ ।

(क)चालु तर्फः यस शिर्षक अन्तर्गत शिक्षक, कर्मचारी तथा निर्वाचित पदाधिकारीहरुको सेवा, र अन्य सुविधा, गाउँ कार्यपालिका, वडा कार्यालय, बिषयगत शाखा संचालन खर्च तथा चालु प्रकृतीका अन्य खर्चहरुको लागि आन्तरीक श्रोत, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बांडफांडको रकमबाट विनियोजन गरिएको छ ।

(ख)पुंजीगत तर्फः यस शिर्षक अन्तर्गतका प्रस्तावित बिभिन्न योजना तथा कार्यक्रम संचालनको लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण अनुदान, चालु खर्च विनियोजन गरी बाँकी रहेको राजश्व बांडफांडको तथा आन्तरीक श्रोतको रकम तथा संघीय प्रदेश सरकारबाट प्राप्त शसर्त अनुदान, समपुरक र बिशेष अनुदानका योजनाहरु समावेश गरिएको छ ।

ग) स्वीकृत योजना तथा कार्यक्रमहरु चौमासिक कार्य योजना अनुसार कार्यान्वयन गरिनेछ ।

घ) संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाबाट स्वीकृत योजना नदोहोरिने गरी कार्यान्वयन गरिनेछ

सभाका अध्यक्ष महोदय,

सभाका सदस्यज्यूहरु,

१२. आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको ? $( s/f]8 !) nfv *% xhf/ ?k}of खर्च व्यहोर्ने श्रोतको व्यवस्था देहाय बमोजिम रहेको छ  5′ M

s_    राजस्व बाँडफाँड तर्फ –

संघीय सरकारबाट प्राप्त राजश्व बाडँफाँडबाट रु. ९ करोड १४ लाख २६ हजार

प्रदेश सरकारबाट प्राप्त राजश्व बाडँफाँडबाट रु ७२ लाख ७० हजार २ सय ५०

v_    वित्तिय समानिकरण अनुदान तर्फ –

संघीय सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदानबाट रु ९ करोड ८० लाख

प्रदेश सरकारबाट प्राप्त वित्तिय समानिकरण अनुदानबाट रु ८६ लाख ७ हजार

             u_    शसर्त अनुदान तर्फ –

संघीय सरकारबाट प्राप्त शसर्त अनुदानबाट रु. १८ करोड ७ लाख

प्रदेश सरकारबाट प्राप्त राजश्व बाडँफाँडबाट रु ४० लाख

3_    समपुरक र विषेश अनुदान तर्फ –

संघीय सरकारबाट समपुरक अनुदानबाट रु. १ करोड ५५ लाख

संघीय सरकारबाट विषेश अनुदानबाट रु. ४५ लाख

प्रदेश सरकारबाट समपुरक अनुदानबाट रु. १ करोड

ª_   स्थानीय राजश्व बाडँफाँड तर्फ – रु. ३ करोड ५० लाख

च)    आन्तरिक स्रोत तर्फ -‍ रु. २ करोड १ लाख ९५ हजार

छ)    संचित कोष मौज्दात तर्फ – रु. १ करोड १८ लाख ८६ हजार ७ सय ५०

ज)    जनसहभागिता तर्फ – रु ४० लाख

१३.विनियोजित बजेट खर्च गर्न र बजेटलाई पुर्णता दिन यसै बजेटको अभिन्न अंगको रुपमा यस सम्मानित सभा समक्ष चुलाचुली गाउँपालिकाको आर्थिक वर्ष २०८३।८४ को सेवा र कार्यहरुको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ र चुलाचुली गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक,  २०८३ समेत यसैसाथ पेश गरेको छु ।

१३.यस गाउँपालिकालाई प्राप्त अनुदान, राजश्व बांडफांड र आन्तरीक श्रोतबाट मात्र संचालन गर्न सम्भब नभएका ठुला विकास योजना/परियोजनाहरु संचालनको लागि प्रदेश सरकार, संघीय सरकार र दातृ निकाय समेतलाई अनुरोध गरिनेछ । त्यस्ता ठुला र महत्वपुर्ण योजनाहको सुची गाउँ कार्यपालिकाले तयार गरे बमोजिम हुनेछ ।

१४.प्रस्तुत बजेट तथा कार्यक्रम निर्माण कार्यमा आफ्नो महत्वपुर्ण सुझाव उपलब्ध गराउनु हुने गाउँ कार्यपालिकाका पदाधिकारी तथा सदस्यहरु, वडा समितिका पदाधिकारी तथा सदस्यहरु, राजनीतिक दल, अन्य प्रबुद्ध वर्ग, संघ/संस्थाहरु लगायत सम्पुर्ण चुलाचुलीबासी लाई धन्यवाद दिन चाहन्छु ।

१५.अन्त्यमा, चुलाचुलीको विकास र सम्बृद्धिमा निरन्तर सहयोग पुर्याउनु हुने सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दै आर्थिक बर्ष २०८३/८४ को बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनमा सम्बद्ध सबै पक्षबाट आवश्यक सहयोग, सद्भाव र सहकार्य हुनेछ भन्ने विश्वास लिएको छु ।

धन्यबाद !

नोगेन सेवारो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार