लायन्स क्लब अफ बिर्तामोड लेडीको अध्यक्षमा दुर्गा देवी अधिकारी पौडेल

  युद्धबहादुर बोहोरा
14 Shares

बिर्तामोडः लायन्स क्लब अफ बिर्तामोड लेडीको लायन वर्ष २०२६/२७ का लागि अध्यक्षमा दुर्गा देवी अधिकारी पौडेल निर्विरोध निर्वाचित भएकी छन्। शुक्रबार बिर्तामोडस्थित आँगन होटल पार्टी प्यालेसमा आयोजित भव्य हेण्ड ओभर-टेक ओभर (पद हस्तान्तरण) कार्यक्रममार्फत नयाँ कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी ग्रहण गरेको हो। नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा सिसम शाह, द्वितीय उपाध्यक्षमा सङ्गीता चिमरिया, तृतीय उपाध्यक्षमा मुना देवी पौडेल, सचिवमा सीता देवी ढकाल खरेल तथा कोषाध्यक्षमा तारा उप्रेती चयन भएका छन्।

अध्यक्षमा निर्वाचित भएपछि पौडेलले आफूलाई विश्वास गर्दै नेतृत्वको जिम्मेवारी सुम्पिएकोमा सम्पूर्ण क्लब परिवारप्रति आभार व्यक्त गर्दै लायन्सको मूल मन्त्रलाई आत्मसात् गरी समाजसेवाका कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले स्वास्थ्य, शिक्षा, महिला सशक्तीकरण, वातावरण संरक्षण, मानवीय सहायता तथा समुदायको आवश्यकता अनुसारका सेवामूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने बताइन्। अध्यक्ष पौडेल सफल व्यवसायीका रूपमा परिचित हुनुका साथै इलाम-झापा मैत्री समाजकी निवर्तमान कार्यसमिति सदस्य समेत हुन्। उनले विभिन्न सामाजिक तथा व्यावसायिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै सामाजिक सेवाको क्षेत्रमा लामो अनुभव हासिल गरेकी छन्।

लायन्स क्लब अफ बिर्तामोड लेडीले स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। क्लबले रक्तदान, निःशुल्क स्वास्थ्य शिविर, शैक्षिक सहयोग, वातावरण संरक्षण, विपद् राहत, सरसफाइ अभियान, महिला सशक्तीकरण, लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतनामूलक अभियान तथा विभिन्न मानवीय सेवामूलक गतिविधि सञ्चालन गर्दै समुदायमा सकारात्मक योगदान पुर्‍याउँदै आएको छ। कार्यक्रममा वक्ताहरूले नयाँ नेतृत्वको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समाजसेवाका क्षेत्रमा क्लबले अझ प्रभावकारी र उदाहरणीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए। नयाँ नेतृत्वसँगै क्लबका सेवामूलक गतिविधि अझ व्यापक, प्रभावकारी र समुदायमुखी बन्ने अपेक्षा गरिएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार