आजदेखि सदरमुकाममा ‘प्रथम ओएसिस महिला गोल्डकप’ हुँदै

इलाम : आज (विहीबार) देखि इलाम सदरमुकाममा ‘प्रथम ओएसिस महिला गोल्डकप’ सुरु हुँदैछ ।

ठूलो टुँडीखेलमा १ बजे हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक क्लब ओएसिस र मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारतबीच हुँदैछ ।

त्यस्तै, दोस्रो खेल अपराह्न ३ बजे पाँचथर र इलामको दीपेन्द्रशिखरबीच हुने तालिका छ । प्रतियोगितामा सप्तरीको नमोबुद्ध, इलामको देउमाई युनाइटेड, झापाको बिर्तामोड युनाइटेड र भारतको पटना सिटी पनि सहभागी छन् ।

क्लब ओएसिस इलामको आयोजनामा हुने प्रतियोगिताको फाइनल आउँदो ७ गते हुनेछ । विजेताले नगद दुई लाखसहित मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेताले नगद एक लाखसहित ट्रफी र प्रमाणपत्र पाउने आयोजक समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार