मानेभञ्ज्याङले जित्यो प्रथम ओएसिस महिला गोल्डकपको उपाधि

इलाम : इलाम सदरमुकाममा सञ्चालित प्रथम ओएसिस महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको दार्जिलिङस्थित मानेभञ्ज्याङ फुटबल क्लबले जितेको छ ।

आज (सोमबार) भएको फाइनल खेलमा इलामको दिपेन्द्रशिखर फुटबल क्लब ३-० गोलको फराकिलो अन्तरमा पराजित गर्दै मानेभञ्ज्याङले उपाधि चुमेको छ ।

मानेभञ्ज्याङलाई उपाधि जिताउन सिम्रन गुरुङ र सुस्मिता लेप्चाको योगदान रह्यो । खेलको नवौं मिनेटमा नै मानेभञ्ज्याङकी सिम्रन गुरुङले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाइन् । २५ औं मिनेटमा सुस्मिता लेप्चाले गोल गर्दै अग्रता दोब्बर बनाइन् । ६७ औं मिनेटमा पुन: सिम्रन गुरुले दोस्रो गोल गर्दै टिमलाई ३-० को जितमा उपाधि दिलाइन् ।

उपाधि जितेको मानेभञ्ज्याङले नगद रु दुई लाखसहित ट्रफी हात पार्यो । उपविजेता बनेको दिपेन्द्रशिखरले नगद रु एक लाखमा चित्त बुझायो ।

क्लब ओएसिस इलामको आयोजनामा फागुन ३ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपाल र भारतका आठवटा महिला टोलिको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार