पवित्रहाङमा कपको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङसँग कनकाई नगरपालिका भिड्दै

इलाम : इलामको धार्मिक क्षेत्र माङसेबुङमा जारी १४ औं संस्करणको पवित्रहाङ्ममा कप महिला फुटबल प्रतियोगिताको उपाधिका लागि डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र कनकाई नगरपालिका झापाबीच प्रतिष्पर्धा हुँदैछ ।

आज (बुधबार) माङसेबुङ गाउँपालिका-५ स्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा दिउँसो ३ बजे हुने फाइनल खेलमा कनकाईले मानभञ्ज्याङको सामना गर्नुपर्नेछ ।

मानेभञ्ज्याङले १३ संस्करणको पवित्रहाङ्ममा कप महिला फुटबल प्रतियोगितामा मिक्लाजुङ मोरङलाई पराजित गर्दै उपाधि चुमेको थियो ।

कनकाई नगरपालिका  सोमबार भएको अन्तिम सेमिफाइनल खेलमा दिपेन्द्रशिखर फुटबल क्लब इलाम विरुद्ध १-० गोलको कठिन जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो । उता मानेभञ्ज्याङले आइतबार भएको पहिलो सेमिफाइनलमा माङसेबुङ गाउँपालिका इलामलाई २-१ गोल अन्तरमा रोक्दै फाइनल प्रवेश गरेको थियो ।

विजेताले नगद तीन लाख एक सय ६८ र उपविजेताले नगद दुई लाख एक सय ६८ रुपैँया पाउनेछन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरलाई जनही नगद पुरस्कार पाउने आयोक आत्मा पवित्र हक्चात यक्थुमका अध्यक्ष मनकुमार आङबुहाङले बताए ।

किरात धर्मगुरुआमा साँवा पवित्रहाङ्मा लिङदेनको ६८ ‍औं जन्मोत्सवको अवसरमा गत २४ माघेखि सञ्चालित प्रतियोगितामा नेपाल, भुटान र भारतका ८ वटा महिला टोलिको सहभागितामा थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार