काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिको फाइनल खेल आज हुने भएको छ । फाइनल खेलमा नेपाल र भारत भिड्दैछन् । माल्दिभ्सको मालेस्थि राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजे बजे हुनेछ ।
नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हालि गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।
नेपाल साफ च्याम्पियनसीपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको हो । निकै बलियो टिम मानिएको भारतलाई हराउन नेपालका सहज भने छैन । उता भारतले पनि नेपाललाई आफूले बलियो प्रतिष्पर्धीको रुपमा मानेको छ ।