बुद्ध आज नभए नि इतिहास गहिरो छ
उनकै जन्मभूमिमा आज ठुलो पहिरो छ ।
लाग्छ मलाई उनको अर्ती व्यर्थै सोच दिनाले
निमुखालाई अन्यायको हदै बोझ दिनाले ।
पानी विना माछा कहाँ एक्लै बाँच्न सक्छ
नलिएको ऋण तिर्दा कस्ले सहन सक्छ ।
पिता पू्र्खा नजान्नेले सारा धर्ती पाईसके
औंठा छाप लगाउनेले पक्का जागीर खाइसके ।
चोरी गर्ने भ्रष्टलाई दोसल्ला ओढाइन्छ रे
धर्म कर्म गर्नेलाई प्रार्थना छोडाइन्छ रे ।
शान्ति गाना गाई सक्यो, अब के गाउनुपर्छ
फेरि पिन बुद्ध पाउन, हामी कहाँ धाउनुपर्छ ?


















































