इटहरी । गायक तथा संगीतकार सेमिहाङ सिङ्गकको “हाक्पारे भाकैमा” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गायक सिङ्गक र सुनिता थेगिमको स्वर रहेको गीतको शव्द संगीत गायक सिङ्गककै रहेको छ । गायक सिङ्गककै नाममा रहेको युटुब च्यानलमा शनिवार सार्वजनिक गरिएको “हाक्पारे भाकैमा” बोलको गीतमा क्रिस गुरुङ र रेनु राई मुख्य भूमिकामा देखिएका छन् ।

भूपेन्द्र तुम्बाहाम्फे लिम्बूको निर्देशनमा बनेको भिडियोको छायाङ्कन तुम्बाहाम्फे आफैले गरेका हुन् । पूर्वी नेपालको धरान र तेह्रथुमको बसन्तपुरलगायत विभिन्न ठाउँमा छायाङ्कन गरिएको भिडियोमा लिम्बू संस्कृति प्रस्तुत गरिएको छ ।

म्युजिक भीडियोमा लिम्बू समुदायमा बैवाहिक कार्यमा पाहुना आउने युवतीसँगको प्रेमलाई मुख्य विषय बनाइएको छ ।
(भिडियो)
























































