माङसेबुङ गाउँपालिकामा भाषिक सहजकर्ताको लिखित परीक्षा भदौ ४ गते

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले भाषिक सहजकर्ता (सहायक पाँचौँ) पदको लिखित परीक्षाको मिति सार्वजनिक गरेको छ । गाउँपालिका कार्यालयद्वारा बुधबार जारी सूचनाअनुसार परीक्षा आगामी २०८२ भदौ ४ गते बुधबार दिउँसो २ बजे माङसेबुङ गाउँपालिका कार्यालय, इलाममा सञ्चालन हुनेछ ।

२०८१ भदौ २५ गते प्रकाशित विज्ञापनका आधारमा दरखास्त स्वीकृत भई संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूलाई मात्र परीक्षा दिने व्यवस्था मिलाइएको छ । परीक्षामा सहभागी हुने उम्मेदवारहरूमा माङसेबुङ–३ का सन्जु इङनाम, लाकनहाङ केरुङ र विरेन्द्रबहादुर सेर्मा, माङसेबुङ–५ का सुनिता सेर्मी, तान्छोहाङ केरुङ र जानु लिम्बु रहेको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईद्वारा हस्ताक्षरीत सूचनामा उल्लेख छ ।

माङसेबुङले करारमा भाषिक सहजकर्ता (सहायक पाँचौँ) नियक्ति गर्न लागेको हो । माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा कामकाजी कार्यान्वयन गर्नका लागि भाषिक सहजकर्ता नियुक्त गर्न लागेको हो ।

माङसेबुङले यसअघि २०७५ सालमा वडा नं. ५ मा भाषिक सहजकर्ता (सहायक चौथो) नियुक्त गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनमा ल्याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार