लेखक श्याम सिंघकको नयाँ उपन्यास ‘कोइलाखाद’माथि पाँचथरमा पुस्तक चर्चा गरिन्दै

  युद्धबहादुर बोहोरा
98 Shares

पाँचथर : साहित्यकार श्याम सिंघकद्वारा लेखिएको नयाँ उपन्यास ‘कोइलाखाद’ माथि एक विशिष्ट पुस्तक चर्चा परिचर्चा कार्यक्रम हुने भएको छ। फाल्गुनन्द प्रज्ञा-प्रतिष्ठानको आयोजनामा आगामी भदौ ७ गते शनिबार बिहान ११ बजे पाँचथरको निबुखोला स्थित बत्तिसे रिसोर्टमा कार्यक्रम आयोजना हुनेछ।

कार्यक्रममा फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेको प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। उपन्यास ‘कोइलाखाद’ पूर्वी नेपालको पुरानो जीवनशैली,भारतको मेघालयमा पुगेर पूर्वी पहाडका नेपालीहरू कोइला खन्दै जीविकोपार्जन गर्छन्। कोइलाखाद यही कथामा आधारित छ। यसै कृतिबारे विभिन्न कोणबाट विश्लेषण, समीक्षा र संवाद गरिने फाल्गुनन्द प्रज्ञा-प्रतिष्ठानका कुलपति समदर्शी काईंला (मनकुमार लावती) ले जानकारी दिए ।

कार्यक्रममा  साहित्यकार तथा समालोचक प्रकाश थाम्सुहाङ, उपप्राध्यापक तथा लेखक मधुराज केरुङ ‘केवाफुङ’, साहित्य कार तथा योगी एलबी नेम्बाङ जस्ता चर्चित व्यक्तित्वहरूले उपन्यासबारे आफ्ना धारणा राख्नेछन्। साहित्यको माध्यमबाट समाज, संस्कृति र समयलाई बुझ्ने प्रयास स्वरूप हुने यो कार्यक्रममा साहित्य, भाषा र समकालीन समाजबारे बहस र अन्तरक्रिया हुने अपेक्षा गरिएको छ। आयोजकले साहित्यमा रुचि राख्ने पाठक तथा सरोकारवालालाई कार्यक्रममा सहभागी भइदिन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार