गाँजेमाजे जनगणनाको तथ्यांक र थर लेख्ने प्रचलन

  निनाम लोवात्ती
154 Shares

निनाम लोवात्ती

केन्द्रीय तथ्यांक विभाग (केतवि) ले हरेक १०-१० वर्षमा राष्ट्रिय जनगणना गर्ने गरेको छ । सोही जनगणनामा आएको तथ्य-तथ्यांकलाई आधार मानेर नै सरकारले नीति, तथा कार्यक्रमहरु तर्जुमा गर्ने गर्छ । साथै औसत राष्ट्रियस्तर भन्दा कम आय भएका शिक्षामा कमजोर रहेका आदि जातजाति, भाषाभाषी, समुदाय, धर्म, लैंिगकता, भूगोल, वर्ग, मजदुर, पिछडिएको क्षेत्र आदिलाई लक्षित गरेर उनीहरुका उत्थानका लागि विभिन्न ‘कार्यदल, समिति, प्रतिष्ठान, आयोग, प्राधिकरण’ आदि गठन गरेर उनीहरुको कार्य क्षमता बढाएर अगाडि बढाउने काम गर्छ, सरकारले । उदाहरणका लागि नेपाल सरकारले गठन गरेको समावेशी आयोग, महिला आयोग, आदिवासी जनजाति आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, खासमा आदिवासी विषय हेर्नका लागि सरकारले आयोग नै गठन गरी सकेपछि आदिवासी जनजाति हेर्ने अलग्गै प्रतिष्ठान आवश्यक रहेको देखिँदैन, अलग्गै प्रतिष्ठानको औचित्य छैन । त्यसैले आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्नुपर्ने देखिन्छ । त्यस्तै सरकारले थारुलाई अलग्गै मान्यता दिएर थारु आयोग, दलित आयोग, मधेसी आयोग, सुकुम्बासी आयोग आदि पनि गठन गरेको छ ।

हुन त नेपालको सन्दर्भमा, राष्ट्रिय जनगणना हरेकपटक विवादित हुने गरेको छ, अविश्वासिलो हुने गरेको छ । फलतः विसं २०७८ मा भएको १२ औं जनगणनाको नतिजा पनि अधुरो र अपुरो ढंगले सार्वजनिक गएिको छ । भनाइको मतलब नेपालका जातजातिको जातिगत संख्या, नेपालमा बोलिने भाषाहरु (खास गरी मातृभाषा) वक्ताको संख्या र मातृभाषा बोल्नेहरुको जनसंख्या संख्या, धार्मिक समूह र धर्म माननेहरुको संख्या आदि बेगर नै प्रकाशित गरेको छ । यसो हुनुमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय मातहत रहेको राष्ट्रिय योजना आयोगले हेर्ने केन्द्रीय तथ्यांक विभाग (केतवि) र हाल प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय मातहत रहेको केन्द्रीय तथ्यांक कार्यलयको लाचारी र ठूलो कमजोरी हो । राज्यको अबौं रकम लगानी भएको लाखौं मानव पुँजी प्रयोग गरिएको जनगणानाको नतिजा तलतल (वडा र गाउँ तह) बाट आएको जस्ताको तस्तै प्रकाशित नगरेर नेपालका जातजाति, भाषाभाषी, धार्मिक समूह आदिलाई ठूलो धोका र खेलबाड गरिएको छ । यसो हुनुमा नेपालका कथित् ठूला भनिने जातीय समूह, भाषिक समूह र धार्मिक समूहको स्वार्थले काम गरेको छ । जस्तै धर्मको हकमा हिन्दु धर्मालम्बीका अगुवाहरु, भाषाको हकमा कथित् ‘राई !’ जाति, तामाङ जाति, गुरुङ जाति, थारु जाति, शेर्पा जाति, मगर जाति लगायत मैथिली, अवधी, भोजपुरी भाषाका अगुवाहरु त्यस्तै गरेर जातिको हकमा पनि ‘राई !’ जाति, तामाङ जाति, गुरुङ जाति, थारु जाति, शेर्पा जाति, मगर जाति आदिका अगुवाहरु नै ठूलो वाधकका रुपमा रहेका छन्, थिए ।

र धर्म माननेहरुको संख्या आदि बेगर नै प्रकाशित गरेकोबाट धेरै जसोले (आप्mनो स्वार्थ अनुकूल नभएको वा नहुने थोरैले) जनगणनाको तथ्यांकलाई तथ्यांक नभएर मिथ्यांक भन्ने गरेका छन् । यस्तो हुनुमा केही तथ्यगत कारणहरु पनि छन् । जस्तै यो पंक्तिकार तेह्रथुम जिल्लाको स्थाई वासिन्दा हो । तेह्रथुम जिल्लामा मोराहाङ भन्ने गाविस/गाउँ छ, सो गाउँ हाल ‘मेन्छ्यायाम गाउँपालिका’मा पर्छ । विसं २०६८ मा गरेको ११ औं राष्ट्रिय जनगणनाअनुसार सो गाउँमा बादी जातिको बसोवास रहेको/देखाईएको छ । तर, मोराहाङ त के संभवतः तेह्रथुम जिल्लाभरिमै बादी जातिको स्थाई बसोवास छैन ! यस्तो तथ्यांकलाई मिथ्यांक नभनेर….

नेपालको जनगणनामा थर लेख्न कहिले सुरु भयो ?

हो, नेपालको जनगणनामा थर लेख्ने प्रचलन कहिलेदेखि सुरु भयो ? भन्दा विसं १९७६ को जनगणनामा पहिलो पटक थर लेख्ने प्रचलन सुरु भएको देखिन्छ । विसं १९७६ को जनगणनाको सन्दर्भमा जारी गरिएको इस्तिहारमा ‘गणकले जात जाति छुटाउन गाह्रो भयो भने “तालुकदारका चित्तले जुन सह्रलेख्ने ठहर हुन्छ सो लेखे हुन्छ, मानिस गन्तीमा फरक परेमा बात लाग्छ” भनिएको छ । त्यस्तै त्यो वेला जारी गरेको सो इस्तिहार (हालको राजपत्र जस्तै होला, त्यो वेला इस्तिहार भनेको) मा गणक वा सुपरभाइजरलाई ‘व्राम्हणजातको कुनै पनि थर अनुरुपको जनसंख्या नछुटाई ल्याउने आदेश/उर्दी !’ जारी गरिएको थियो । सन्दर्भ स्रोतः ‘जनजाति’ वर्ष १, अंक १-२ मा प्रकाशित बालकृष्ण माबुहाङको लेख । यसरी हेर्दा आजभन्दा लगभग एकसय वर्षअघि नै बाहुनहरुको थर राज्यस्तरबाटै लेख्ने प्रचलन सुरु गराएको/भएको देखिन्छ ।

तर, नेपालका अन्य जातजातिहरुका सम्बन्धमा विशेष गरी आदिवासी जनजातिका सन्दर्भमा भने जनगणनामा थर लेख्ने, लेखाउने सम्बन्धमा के हो, कसो हो ? किटेर यसै हो भन्न सकिने अवस्था रहेन । तापनि केही आदिवासी जनजातिलगायतका मान्छेहरुले व्यक्तिगत रुपमा विसं २००७ सालको परिवर्तन लगत्तै आप्mना पिता-पूर्खाले पाएको ‘पद, पदवी वा पगरी’ जस्तै ‘उमराव, ‘मुख्तियार, ‘काजी, ‘चौतरिया, ‘राई, ‘मीर सुब्बा, ‘सुब्बा, ‘चौधराई’/‘चौधरी’, ‘गोवा’, ‘मुखिया, ‘दिवान’/‘देवान’, ‘मझिया’, ‘तोहले’, ‘कारबारी’, ‘थरी’, ‘डिट्ठा’, ‘डोके’, ‘खर्पने’, ‘मोते’, ‘सईस’, ‘छाते’, ‘हुक्के’ ‘खरदार’, ‘सरदार’, ‘ढाक्रे’, ‘रैती’, ‘गौरुङ’, ‘माथा’, ‘करता, ‘बैठके’ आदि त्यागेर आप्नो असली जात वा जाति लेख्ने प्रचलन सुरु गरेको देखिन्छ । जस्तै उदाहरणका लागि यहाँ उललेख गर्नु पर्दा जीबी याक्थुङ्बा, नारदमणि थुलुङ, शमशेरबहादुर तुम्बाङहाफे आदिलाई लिन सकिन्छ । वास्तवमा त्यसपछि (विसं २०१५ सालपछि) केही खम्बुका सन्तान किरातीहरु जस्तै मकरबहादुर बान्तावाले अप्mनो थरले नभए तापनि बान्तावा जातले चिनाए । तर, लिम्बु किरातीहरुले भने जातले होइन थरले नै चिनाउन थाले । जस्तै तेजमान तुबाहाङ्फे, प्रेमराज आङदेम्बे आदिले आप्mनो थरले चिनाए । हुन त पञ्चायतकालमा धेरै जसो लिम्बुहरुले आप्mनो थरले नै चिनाए आए । हाल आएर धेरै जसो किरातीहरुले पनि खम्बु, लिम्बु, याक्खा, सुनुवार आदिले आ-आप्mनो थर लेख्न र थरले चिनिन थालेका छन् । उदाहरणका लागि लिम्बु जातिलाई लिऊँ । लिम्बु जातिका मान्छेहरुले आजभोलि आप्mनो नामको पछाडि ‘नेम्बाङ, शेर्मा, कन्दङवा, तुम्बाहाङफे, थेबे, पालुङवा, इङनाम, फुदोङ, खापुङ, खेवा, चेमजोङ, लुम्फुङ्वा, चोङबाङ, मादेन, बोखिम’ आदि लेख्न थालेका छन् । यसरी उनीहरुले आप्mनो थर लेखे तापनि अरु जाति वा समुदायले उनीहरुलाई लिम्बु हुन् भनेर चिन्दछन्, जान्दछन् । अझ क्षेत्री-बाहुनहरुले त आप्mनो उपथर लेख्न र उपथरले चिनिन थालेका छन् । जस्तै खड्का क्षेत्रीभित्रको लकाई, पुँवार, बस्नेतभित्रको खप्तरी, कार्कीभित्रको मुडुला आदिलाई लिन सकिन्छ भने दाहालभित्रको बाहुनले रुपाखेती, पोख्रेलभित्रको पानी पोख्रेल आदि ।

तर, हामी कथित् ‘राई !’ भन्नेहरुले भने अहिलेसम्म पनि विगतमा विभिन्न शासकहरुले स्थानीयस्तरमा शासन गर्न दिएको ‘राई !’ पद, पदवी वा पगरीलाई नै जात वा जाति लेख्नुपर्ने/मान्नुपर्ने वाध्यतात्मक स्थितिमा छौं ! वा ‘राई !’ हौं भन्दै आएका छौं भने कुलुङ, बान्तावा, चाम्लिङ, आठपहरिया, जेरो, याम्फु आदिचाहिँ राईको थर हो भन्ने गरेका छौ. । त्यसैले हामीले ‘कुलुङ राई होइन, “कुलुङ” पनि नेपाल अन्य जात वा जातिसरह अलग्गै जाति हो !’ भन्यौं भने, ‘कहाँ हुनु कुलुङ त राईभित्रकै एक थर हो नि !’ भन्नेहरु ब्रगेल्ती भेटिन्छ । यस्तो बुझाई नेपालका धेरै जातजाति र मान्छेहरुमा रहेको छ । यस्तो किन भयो ? भन्दा राई के हो ? भन्ने सम्बन्धमा अरु त अरु नै भई गए, प्रा., डा., प्राडा, भाषाविद, जातिविद, संस्कृतिविद, समाजशास्त्री, मानवशास्त्री आदि भनी विज्ञ भनिनेहरु नै ‘कन्प्mयुजन’मा परेका छन् । तर ‘राई’ शब्दको व्युत्पत्ति ‘राया’/राय’/‘राइ’ हो भने नेपाल सुरुमा कणर्ाली प्रदेशमा यो शब्दको प्रचलन सुरु भएको मानिन्छ । पूर्वमा सेनकालमा यो ‘राया’/राय’/‘राइ’ शब्दको प्रचलन वा भनौं प्रयोगमा आएको देखिन्छ । हुन पनि कुलुङ जातिभित्रै लगभग ३८० वटा थर र उपथरहरु छन् । तर, कुलुङलगायत अन्य किरातीहरुले कहिले बाहुन, क्षेत्री, ठकुरी, सन्यासी, लिम्बु आदि जातजातिले जस्तो आप्mनो थर पोखरेल, निरौला, सुवेदी, घिमिरे, थापा, कटुवाल, बस्नेत, कार्की, सिंह, मल्ल, हमाल, गिरी पुरी, भारती, इङनाम, खेवा, लुम्फुङ्वा आदि लेखे जस्तै लेख्ने ?

जस्तै यहाँ उदाहरणका लागि कुलुङ जातिको केही थरहरु प्रस्तुत गरिएको छः “थीम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बू, होबेर्मी, थोरेप्पा, मोरोखू, होनीत्ती, बूक्खो, सोम्फोरु, देउराम, रोतेम्बू, सूर्बा, रेम्नीसीङ, सैमालूङ, लाम्लछा, ताम्बूछा, तोर्ङो, पीदीसै, राजीत्ती, थोप, वारोखू, गोक्तूलू, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बू, मोल्थो, येइसा, रीबीत्ती, रुखूपो, कूबीत्ती, ङोपोचो, बीजीदेउ, तोङेर्बू, थोप, रीन्हो, छेन्हो, वादीरी, गदूहो, देमाखू, हीमार, दवार, खाप्चीसीङ, छाम्नीहो, नीछीती, पायात्ती, मोरोमूल, मोरोखू, फोनीबू, पोखोथी, ओखोथी, मूम्हो” आदि । स्मरणीय छ, माथि उल्लेख भएभैmँ कुलुङ जातिभित्रै ३८० वटाभन्दा बढी थर/उपथरहरु रहेकै कारण कुलुङ-कुलुङबीचमै विवाहवारी हुन्छ । साथै ‘कुलङ जातिको थर’हरुमा “थीम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बू, होबेर्मी, थोरेप्पा, मोरोखू, होनीत्ती, बूक्खो, सोम्फोरु, देउराम, रोतेम्बू, सूर्बा, रेम्नीसीङ, सैमालूङ, लाम्लछा, ताम्बूछा, तोर्ङो, पीदीसै, राजीत्ती, थोप, वारोखू, गोक्तूलू, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बू, मोल्थो, येइसा, रीबीत्ती, रुखूपो, कूबीत्ती, ङोपोचो, बीजीदेउ, तोङेर्बू, थोप, रीन्हो, छेन्हो, वादीरी, गदूहो, देमाखू, हीमार, दवार, खाप्चीसीङ, छाम्नीहो, नीछीती, पायात्ती, मोरोमूल, देउराम, वारोखू, फोनीबू, पोखोथी, ओखोथी, मूम्हो, राङ्गेन्दा, चारखूस,छाप्दूलू, मोरोमूल” आदि गर ि३८० भन्दा बढी थर/उपथरहरु रहेका छन् । स्मरण रहोस्, केन्द्रीय तथ्यांक विभाग (केतवि) गएको १२ औ. जनगणनामा कुलुङ जातिलाई अलग्गै जातिगत कोड-६२ र अलग्गै भाषागत कोड-२९ उपलब्ध गराएको थियो, छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार